IMG-LOGO

प्रधानमन्त्रीको थाइल्यान्ड भ्रमण

 बुध, चैत २६, २०८१  --

      प्रधानमन्त्री केपी शर्मा ओली गत चैत १९ देखि २३ गतेसम्म थाइल्यान्डको औपचारिक भ्रमण तथा बिम्स्टेकको छैटौँ शिखर सम्मेलनमा सहभागी भएर २३ गते स्वदेश फर्किए । ओलीलाई थाइल्यान्डको कार्यक्रम अवधिसम्म भब्य स्वागत भयो । भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीसंग छुट्टाछुट्टै ३५ मिनेट बार्ता भए पनि उपलब्धि शुन्य भयो । थाई प्रधानमन्त्री फेथोङथान सिनावात (पैटोङ्टार्न शिनावात्रा)को मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओलीले भ्रमण सकेर स्वदेश फर्किएपछि  थाइल्यान्डको औपचारिक भ्रमण शानदार भएको बताए ।     प्रधानमन्त्री ओलीको थाइल्यान्ड भ्रमणबाट नेपाल र थाइल्यान्डबीच ८ वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । द्विपक्षीय भेटवार्तामा राजनीतिक तथा द्विपक्षीय सम्बन्ध, व्यापार तथा आर्थिक सहकार्य, उद्ययन, पर्यटन तथा संस्कृति, विकास सहकार्य, तथा क्षेत्रीय र बहुपक्षीय मुद्दाका सम्बन्धमा छलफल भएको थियो । समझदारीपत्रमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र थाइल्यान्डका संस्कृतिमन्त्री सुडवान वाङसुफाकिज्कोसोलले सांस्कृतिक क्षेत्रमा सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । यो हुनु नेपाल र नेपालीका लागि खुशीको कुरा हो । सम्झौता भएका गैरसरकारी संस्थामा नेपाल नेत्रज्योति संघ र थाइल्यान्डको महिदोल विश्वविद्यालय अन्तर्गतको रामाथिवोदी अस्पतालबीच सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।     उक्त समझदारी पत्रमा नेपाल नेत्रज्योति संघका अध्यक्ष प्रा.डा चेतराज पन्त र महिडोल युनिभर्सिटीका चिकित्सा संकाय, रामाथिबोडी अस्पतालका डिन प्राध्यापक आर्टिट उंकानन्तले हस्ताक्षर गरेका छन् । अर्को खुसीको कुरा काठमाडौं विश्वविद्यालय र थाइल्याण्डको सियाम विश्वविद्यालय सहकार्यसम्बन्धी पत्रमा पनि हस्ताक्षर भएको छ । यसले भविस्यमा काभ्रेलीका लागि पनि उपलब्धि हुनेछ । सम्झौतालाई हेर्दा  प्रधानमन्त्रीको थाइल्यान्ड भ्रमणको उपलब्धि मान्न सकिन्छ तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री ओली बीचको एक्लाएक्लै बार्ता भए पनि  फलदायी हुन नसक्नु हाम्रो कुटनैतिक कमजोरी हो । हामी भारतबाट हेपिएका छौं भारतले हामीलाई जहिल्यै आफ्नो स्वार्थमा प्रयोग गरेको छ । ओली जस्तो अडान भएको नेताले मोदीसङ्गको वार्तामा पक्कै नेपालको हितमा कुरा राखेको हुनुपर्छ के कुरा भएको थियो समयक्रममा खुलस्त पार्नुपर्छ ।  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्