प्रधानमन्त्री केपी ओलीले इन्डियन एचष्mभ mष्लष्कतभच नरेन्द्र मोदीसँगको भेटलाई हर्षबढाई गर्नुको कुनै अर्थ छैन । झन् इन्डिया भ्रमणलाई नेपालले प्राथमिकतामा राख्नै हुन्न । नेपालको प्रधानमन्त्री इन्डिया भ्रमणमा नजानु नै श्रेयष्कर हुन्छ । यसका खास कारण छन् । १. धार्मिक अतिवादका कारण इन्डिया अहिले दक्षिण एसियामा एक्लो जस्तो छ । बंगलादेश, पाकिस्तान, माल्दिभ्स, श्रीलंका लगायत मुलुक इन्डियाबाट परेसान छन् । २. इन्डियाको संस्थापन इतरपक्ष बिजेपी र मोदीको कदमबाट उकुसमुकुसको अवस्थामा छन् । ३. हालै अमेरिकी राष्ट्रपति ट्रम्पले इन्डियन सामानमा भारी कर लगाएपछि मोदी सरकार निर्यातका लागि नयाँ बजारको खोजीमा छ । ४. मोदी सरकार सार्कलाइ समाप्त पार्न चाहन्छ । उस्को उद्देश्य भनेको चीनसँग बदला लिन बिम्स्टेकलाइ प्राथमिकता दिने र पूर्वी एसियामा आफ्नो पकड फैलाउने दाउमा छ । ५. विद्युत विस्तारका लागि नेपालको बजार क्षेत्र इन्डिया हुँदै बंगलादेश अनि म्यानमार थाइल्यान्डसम्म लैजाने प्रस्ताव इन्डिया बाहेक सार्क र बिम्स्टेक देशहरुले अघि बढाएपछि इन्डिया बाध्य भएर यसमा सहमति जनाएको हो । ६. इन्डियाको निर्यातको कुल बजारमा नेपाल २४ प्रतिशत हिस्सा रहेको छ । नेपालले सामान किन्ने हो, इन्डियाले बेच्ने हो । इन्डियाले सित्तैमा केही दिंदैन । केही सित्तैमा दिने बित्तिकै आफ्नो झन्डा एम्बुलेन्समा राखेर प्रचार गर्छ । त्यसैले यहाँ इन्डियाको गुलामी आवश्यक छैन । ७. मोदीले आफ्नो कार्यकालमा दक्षिण एसियामा हिन्दु धर्मको साम्राज्य फैलाउन चाहन्छ्न । त्यसको लागि नेपालको पुनरुथात्नवादीको साथ मिल्छ भन्ने उनलाई विश्वास छ । धार्मिक अतिवादतर्फ दक्षिण एसियालाई लैजान नेपाल बाहेक अन्य देश त कुरै छोडौं आफ्नै विपक्षी राजनीतिक शक्तिले समेत साथ नदिने मोदीलाइ थाहा छ र उनी सकभर नेपाललाई चिढाउने पक्षमा छैनन् । ८. मोदी नेपालमा चाहन्छन्, ‘एमसीसी, बिआरआइ लगायत ठुला परियोजनाप्रति नेपाली जनताको घृणा अझै वृद्धिहोस । अन्य तेस्रो मुलुकका आयोजना, सहयोग रोकिउन । यसका लागि मोदी सरकारले नेपाली जनताबीच घृणा फैलाउन घोषित अघोषित लगानी बढाएको छ । ९. बिजेपी सरकार नेपाललाई धार्मिक सद्भाव खलबल्याउने र आफ्नै भुमि जस्तै उस्तै सामाजिक स्वरुप तयार गर्न आर्थिक, विकास र व्यापारमा ओली सरकारलाई दबाबमा राख्न कोशिश गरिरहेको छ । १०. दक्षिण एसियामा इन्डियन संस्थापन पक्षले नेपाललाई एक ऐतिहासिक राज्य हो जसरी बढी चासो दिइरहेको छ । यस्को पछिल्लो उदाहरण हो, नेपालमा राजतन्त्र पक्षधरको आन्दोलनलाई इन्डियन गोदी मिडियाको प्राथमिकता । अत ः यो तरल अवस्थामा नेपालले निकै सुझबुझपूर्ण कुटनैतिक सम्बन्ध राख्न सक्नुपर्छ । एकपटक छिमेकीको गुलामी भएपछि त्यसबाट फर्केर आउन धेरै वर्ष लाग्छ । हैन भने ठूलो देशमा सानो देश विलीन हुन्छ । यस्को उदाहरण खोज्न कतै जानुपर्दैन । ५० वर्ष अघिको हाम्रै मित्र राष्ट्र सिक्किमबाट पाठ सिक्नुपर्छ ।
