IMG-LOGO

सुनिता, गणेश मूर्ति, गीता एबम् उपनिषद्

 मंगल, चैत १८, २०८१  – माधव रेग्मी बेलायत

            अब गणेशजीको विग्रहको बारेमा सानो चर्चा गरौं । विघ्नहर्ता अर्थात् हरेक बाधाहरूलाई समन गर्न सक्ने, हरण गर्न सक्ने गणेशजीको मूर्ति साथमै लिएर जानुले ठूलो अर्थ राखेको छ । गणेशजीलाई वाधा हरण गर्न सक्ने, सबैको सुरक्षा गर्न सक्ने देवताको रूपमा सम्पूर्ण हिन्दू धर्मावलम्बीहरुले मान्ने गर्दछन् । सुनिताले पनि यही विश्वासका कारण साथमै लिएर गएकी हुनुपर्दछ । गणेशजीलाई शक्ति र संरक्षणको देवताको रूपमा हरेक कामको सुरुवात गर्दा स्मरण गर्ने गरिन्छ । सुनिताले पनि अन्तरिक्षमा हुने हरेक खोज र अनुसन्धानमा शक्ति र संरक्षण प्राप्त होस्, शारीरिक र मानसिक चुनौतीहरू माथि विजय प्राप्त गर्न सकियोस्, भन्ने कामनाका साथ हाम्रो पूर्वीय दर्शनको सांस्कृतिक प्रतीक, जसले विशाल अन्तरिक्षको बाहिरी सीमासम्म पनि निरन्तर सामथ्र्य प्राप्त गर्नमा सहयोग गर्दछ, लाई साथमै लिएर गएको हुनुपर्दछ । अब अर्को प्रसङ्ग उपनिषद्का बारेमा पनि सानो चर्चा गरौं । उपनिष द् हाम्रो प्राचीन दार्शनिक ग्रन्थहरूको एक संग्रह हो । जहाँ जीवन र जगतको वास्तविकता, चेतना र आत्माको गहिराई सम्मको अध्ययन र ज्ञान हासिल गर्न सकिन्छ । यस्तो अद्भुत ग्रन्थलाई साथमै लिएर जानाले उनलाई आत्मनिरीक्षण र आत्मसाक्षात्कार गर्नमा ठूलो प्रोत्साहन मिलेको हुनुपर्दछ । जब आत्मनिरीक्षण र आत्मसाक्षात्कारको माध्यम व्यक्ति गहिराईसम्म डुब्दछ तब मात्र उसले यो विशाल एबम् अद्भुत ब्रह्माण्डको अपरीमेयताको बारेमा जानकारी प्राप्त गर्न सक्दछ । पृथ्वीको परिक्रमा गर्दै गर्दा पक्कै पनि उनले करोडौं करोड किलोमिटरको दूरीबाट ब्रह्माण्डको विशालता, सुन्दरता र अज्ञयेतालाई नियालेको हुनुपर्दछ । उपनिषद् को शिक्षाबाट उनले ब्रह्माण्डको विशालता मात्र होइन मानव जीवनको उत्पत्ति चेतनाको स्तर, आत्मा र परमात्मा बीचको सम्बन्ध, मानव जीवनको अनन्तसम्मको यात्रा, आध्यात्मिक ज्ञान र आधुनिक विज्ञानका बीचको सम्बन्ध र यो सम्बन्धको अनन्त उचाइलाई कसरी उपनिषदमा व्याख्या गरिएको छ भन्ने जानकारी पनि उनमा पक्कै भएको हुनुपर्दछ त्यसकारण यस्तो गहनतम ग्रन्थलाई पनि उनले साथमै लिएर गएकी थिइन् ।           सुनिताले यसरी साथमा लिएर गएका प्रतीकात्मक वस्तुहरूले उनको व्यक्तिगत काम र व्यक्तित्वलाई मात्रै दुनिया सामु देखाएको छैन अपितु वैश्विक समुदायमा हाम्रो पूर्वीय दर्शन शास्त्र ग्रन्थ र प्रतीक हरू कति सार्थक, हाम्रा ज्ञानहरू कति असीमित रहेछन्, विज्ञान र आध्यात्मिकताको साथमा सँगसँगै अघि बढेका हाम्रा ज्ञानहरू कति बन्दनीय रहेछन् भन्ने कुराको पनि दुनिया सामु छर्लङ्ग पारिदिएकी छन् । यस्ती अन्तरिक्ष यात्री सुनीता विलियम्सको अंतरिक्ष यात्रा अनन्तसम्म जारी रहोस् । उनको अनुसन्धान र खोजले हाम्रा पूर्वीय दर्शन सभ्यता ज्ञान र विज्ञानलाई अझ उजागर गरोस् । अहिलेका नवजवानहरूलाई पनि भगवद गीता, भगवान गणेश र उपनिषदका महत्वहरू दर्शाउन सकियोस् । अनन्तदेखि हाम्रा पुर्खाहरूले अपनाउने गरेको आध्यात्मिक चिन्तन, सांस्कृतिक एवं वैदिक सनातनी सभ्यताहरूको अनुसरण, वैदिक धरोहरसँग जोडिरहन सक्ने सामथ्र्य, हाम्रा आस्था र सांस्कृतिक विरासत, आध्यात्मिक ज्ञान र आधुनिक विज्ञानको सह–अस्तित्वमा मात्र सम्भव छ भन्ने कुराको ज्ञान पनि सुनितामा जस्तै अहिलेका नवजवानहरूमा पनि प्राप्त होस् । सबैको जय होस् । (विषयस्रोतः विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरू। विषयविवेचनाः लेखकको आफ्नै)। अंक ११ को बाँकी अंश ।    

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्