IMG-LOGO

पनौतीको ऐतिहासिक स्वर्णपत्र खोइ ?

 बुध, चैत १९, २०८१  – तुयुकाजी ताम्राकार

          कुनैपनि ठाउँको सभ्यता, मठ, मन्दिर, घर, दरबार या वस्तुहरुको एतिहासिकता वा पुरातात्विक महत्वका हो भन्ने जानकारीको निम्ति कुनै न कुनै लिखित कागजपत्र, शिलालेक, ताम्रपत्र, स्वर्णपत्र या ति वस्तुको वैज्ञानिक परिक्षणबाट सत्यताको पुष्टि गर्नुपर्ने हुन्छ । पनौती एउटा प्राचिन धार्मिक, साँस्कृतिक एवं ऐतिहासिक पुरातात्विक सभ्यता भएको स्थान हो भन्ने यथेस्त प्रमाणहरुले पनि पुष्टि भएको हो । ति मध्ये संसारमै अत्यन्त दुर्लभ मानिने सुनको पाटामा लेखिएको स्वर्णपत्र एक हो । पनौतीको श्री इन्द्रेश्वर महादेवको मन्दिर भित्र सुरक्षित रहेको सन्दश भित्र राखिएको नेपाल सम्वत ५२१ लेखिएको स्वर्णपत्र आजभन्दा ६०, ६५ वर्ष पहिले नेपालकै एक प्रसिद्ध योगी नरहरी नाथले अध्ययन गर्न भनेर लगेको थिए । उक्त कुरा तत्कालिन समाजका भद्र मालक्ष्मी सरोकारवालाहरु र सम्वन्धित निकाय सबैले थाहा पाएकै कुरा हो ।           उपरोक्त स्वर्णपत्र उनले अध्ययन गरि त्यसमा लेखिएका सम्पूर्ण कुराहरु लिपिवद्ध गर्नुका साथै नेपाली भाषामा अुनवाद पनि गरेको छन् । उक्त स्वर्ण पत्रमा के कुरा लेखेका छन् सो कुरा सर्वसाधारण सबैको जानकारीको निम्ति पुस्तकबाट साभार गर्दै यस पत्रिका मार्पmत जस्ताको तस्तै प्रकाशन गरेको हो । यसले पनौतीको थप ऐतिहासिक ज्ञान प्राप्त हुनेछ भन्ने लाग्छ । उक्त ऐतिहासिक र महत्वपूर्ण स्वर्ण पत्र अहिले कहाँ छ ? योगी नरहरीनाथले लगेको स्वर्ण पत्र जस्ताको तस्तै फर्काएर इन्द्रेश्वर मन्दिर मै राखिएको छ वा उनै योगीको आश्रम मृगस्थकीमै छन् ? नेपालको अभिलेखालयमा बुझायो वा पुरातत्व विभागमा वा म्युजियममा राखिएको छ ? कहाँ छ त्यस्को जानकारी सरोकारवालाहरु सित छ या छैन ? खोजी गर्नु आवश्यक छैन र ?           उक्त स्वर्ण पत्र पनौतीको महत्वपूर्ण सम्पदा हो । पनौतीको सम्पदाका खोजी पनौती नगरपालिकाले गर्नु पर्दैन ? वेवास्ता गरिरहन मिल्दैन । सुन भएर मात्र महत्व वढेको होइन । त्यस्मा भएको लेखौतको महत्व अमुल्य हुन्छ । त्यो विश्व सम्पदा हो । पनौतीलाई विश्व सम्पदा घोषणा गर्न हतारीरहेको युनेस्कोले यस्ता कुराले कति दिक्क मान्दा होला । जती ढिला भएपनि सम्बन्धित सबैले उक्त स्वर्ण पत्र कहाँ खोजी गर्न कति पनि ढिला नगरि खोजी कार्यमा लाग्न म अपिल गर्दछु ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्