IMG-LOGO

महाभारतका महान योद्धा बारबरिक

 मंगल, माघ २०, २०७७  आर एल श्रमजीवी 

बार्बरिक एक महान योद्धा हुन् । उनी पाण्डव भीमका नाती घटोत्कचा र नाग कन्या अहिलवतीका छोरा थिए । कुनै(कुनै ठाउँमा यो पनि भनिएको छ कि उनि मुरमन्तको छोरी ुकामकान्तकटाु को पेटबाट जन्म भएको हो । मलाइ महाभारत कथामा कर्ण पछि सबैभन्दा मन पर्ने पात्र बारबरिक हुन् । उनि महान र कर्ण भन्दा पनि दानी पात्र हुन् । श्रीकृष्णको छल का कारण उनले आफ्नो आहुति दिए र महाभारत युद्दमा भाग लिन पाएनन् । बर्बरीक महाभारतका एक महान योद्धा थिए । कथा अनुसार उनको मानवका रुपमा पुनर्जन्म भएको भनिन्छ । महाभारत कथाको हिन्दी टेलीसिरियलमा यिनको लामो र बाक्लो कपाल ,मायालाग्दो अनुहार भएको पात्रलाई उभ्याइएको छ । बाल्यकालदेखि नैं धेरै वीर र महान योद्धा थिए। उनले युद्ध कला आफ्नो समस्याबाट सिके । भगवान शिवको घोर तपस्या गरेर तिनलाई प्रसन्न गरे र तीन अभेध्य बाण प्राप्त गरे र तीन बाणधारीको प्रसिद्ध नाम प्राप्त गरे। अग्नि देवले प्रसन्न भएर तिनलाई धनुष प्रदान गरे, जो तिनलाई तीनै लोकमा विजयी बनाउन समर्थ थिए । बारबरिकको जन्मदेखि नै बर्बर घुमाउरो कपाल थियो, त्यसैले उनीहरूको नाम बर्बरीक राखियो। उनि देवी दुर्गाका उपासक पनि थिए। कृष्णको सल्लाहमा उनले गुप्त स्थानमा दुर्गाको पूजा गरे। उनले पलासी आदि राक्षसहरूलाई पनि मारेका थिए । एक पटक उनले आफ्ना हजुरबुबा भिमसंग लडाईको सामना गर्नु परेको थियो। बाल्यकालदेखि नै बार्बरिक एकदम साहसी र एक महान थिए । उनले आफ्नी आमाबाट मार्शल आर्ट सिकेका थिए । शिवको कठोर तपस्या गरेर उनलाई प्रसन्न पारे र तीन अभेद्य तीर र तीन बन्धारी को प्रख्यात नाम प्राप्त गरे । कौरव र पाण्डवहरु बीच महाभारतको युद्ध अपरिहार्य भइसकेको थियो, जब उनीहरूले बर्बरीकको खबर पाए, तब उनीहरूको युद्दमा सामेल हुने इच्छा पनि जागृत भयो। जब उनी आफ्नी आमाबाट आशिष् लिन पुगे, आमाले हार्नेलाई सहयोग गर्न आशिष दिँइन । उनी आफ्नो नीलो र सेतो रंगको घोडा लिएर कुरुक्षेत्रको युद्ध मैदानतिर लागे , उनीसंग तीन वाण र एउटा धनु थियो । उनको परीक्षा लिनका लागि ब्राह्मण भेषधारी कृष्णले बाटोमा आएर सोधे– कहां जान थालेको हो? बर्बरीकले पाण्डवहरू कमजोर भएकोले सघाउन जान थालेको बताउंछन् । यस्तो कृत्यले कुरुक्षेत्र युद्धको परिणामलाई अनिश्चित गराउने भएकोले श्रीकृष्णले उनलाई रोक्ने प्रयास भयो । तर उनले आमाको आज्ञापालन गर्ने बताउँदै युद्धमा अवश्य जाने र युद्ध हेर्ने कुरा बताउँछन् । कृष्णले परिक्षा लिदै सोध्छन – यस पीपलको रुखका सबै पातमा प्वाल पार्न सक्छौ ? उसले तत्काल एउटा तीर निकालेर हान्छन । उनका तीरले पीपलका सबै पात छेडेर कृष्णको गोडा वरिपरि घुम्न थाल्दछ किनभने कृष्णले एउटा पात आफ्नो खुट्टा मुनि लुकाएका थिए । बर्बरीकले त्यहि बेला भन्छन – कृपया गोडा हटाउनुहोस् अन्यथा यसले तपाईँलाई पनि हानी पुर्याउन सक्छ । ब्राह्मण वेशधारी कृष्णले बारबरिक सामु गुरु दक्षिणाका रुपमा उनको टाउको माग्छन् बर्बरिक एक क्षणको लागि स्तब्ध भए तर उनले आफ्नो वचनको दृढता जनाउदै बर्बरिकाले ब्राह्मणसामु तपाइको वास्तविक रूप हेर्न प्रार्थना गरे र कृष्णको बारेमा उनले पहिने नै सुनेका थिए उनले कृष्णको महान रूप देख्ने इच्छा व्यक्त गरे, कृष्णले उनलाई आफ्नो महान रूप देखाए ।त्यसपछि कृष्णले उनको शिर दान माग्छन् । बारबरिकाले गुरु दक्षिणा स्वरुप आप्mनो शिर दान दिन्छन तर आफूलाई कुरुक्षेत्रको युद्ध हेर्ने इच्छा भएको बताउंछन । अनि कृष्णले उसको टाउकोलाई अमृतमा डुवाउछन् र युद्ध स्थानमा राख्न भन्छन ताकि उनले महाभारतको युद्ध देख्न सकून् । उनको टाउको रणभूमिको नजिकैको डाँडामा सुशोभित गरेर राखिएको थियो, जहाँबाट बारबारीकले सम्पूर्ण युद्धलाइ प्रत्यक्ष देख्न सक्थे । युद्ध समाप्त भएपछि युद्ध कसको कारणले जित्न सकियो भन्ने बारेमा पाण्डव दाजुभाइहरूमा वादविवाद भैएपछि कृष्णले यस कुराको निर्णय गर्न बर्बरीकको शिर राखिएको पर्वतमा लैजान्छन् । सबै जना पर्वतमा गएर बारबरिकसंग सोध्न पुग्छन् । तव बर्बरीकले बताउंछन – युद्धमा जताततै श्रीकृष्णको सुदर्शन चक्र मात्र देख्न पाइन्थ्यो । युद्धरत अवधिमा श्रीकृष्णको आदेशमा महाकाली र दुर्गाले भांडोमा रगत थाप्दै खांदै गरिरहेको देखेको बताए । त्यसपछि माहाभारत युद्ध कस्का करणले जितेको भन्ने विवाद अन्त्य भएको थियो । श्रीकृष्णले बर्बरीकलाई कुरुक्षेत्र युद्धको सर्वाधिक वीर योद्धाको उपाधि दिंदै संसारले उसको पूजा गर्ने वरदान दिएका थिए ।कृष्ण वीर बर्बरीकको महान त्यागबाट अत्यन्तै खुसी भए र कलियुगमा तपाईलाई श्याम भनेर चिनिन पाउनुहुनेछ किनकि कलियुगमा हार्ने व्यक्तिलाई श्याम भन्ने नाम ग्रहण गर्न सक्षम छ। खातुनगरमा तपाईको घर बन्नेछ। त्यसपछि उनको पार्थिव शरीर खाटूमा गाडियो। । एक पटक खाट्टूका राजाले उनको सपनामा मन्दिर निर्माण गर्न र टाउकोको मन्दिरमा सुन्दर बनाउन प्रेरणा पाए। त्यस पछि मन्दिर त्यही ठाउँमा निर्माण गरियो र कार्तिक महिनाको एकादशीका दिन मन्दिर उद्घाटन भयो। जुन बाबा श्यामको जन्मदिनको रूपमा मनाईन्छ। अहिले खाटू श्याम जीको मुख्य मन्दिर राजस्थानको सीकर जिल्लाको खाटु गाउँमा बनेको छ । सम्लेषण जब बारबरिकले महाभारत युद्धमा भाग लिने त्यसमा पनि कमजोर पक्षलाइ साथ दिनेकुरा भयोपाण्डव हरु दुखी भए । उता कौरव पक्षमा उनको शक्तिको महिमाले आतंक मच्चियो । श्रीकृष्णलेत्यहीबेला छ्ल गरेमहायोद्धा माथि बिश्वास घात भयो । यदि बारबरिकले महाभारत युद्धमा भाग लिएको भए नतिजा अर्कै हुन्थ्यो । म भन्छुयोबार्बरिक माथी गरिएकोधोका हो। श्रीकृष्णलेगरेकोअत्याचार हो। हुन त प्रेम र युद्धमा जे गरेपनि पनि जाहेज हुन्छ । बारबरिकलेश्रीकृष्णको लागि आप्mनोज्यान आहुति दिनुउनी महान योद्धा थिए भन्नेप्रमाणित हुन्छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्