भारतको छिमेकी देशहरु कुनैसँग पनि समधुर सम्बन्ध छैन । उसको नियत र व्यवहारले भारतबाट अहिले पनि अंग्रेज फर्केको अनुभूति नेपालले मात्रै होईन भारतका अरु छिमेकी मुलुकहरुले पनि गर्न सकेका छैनन् । भारतीय शासकहरुमा उही ब्रिटिस साम्राज्यवादको गन्ध छ । छिमेकीहरु सबै देशसंग सिमा समस्या छन् । सबै मुलुकका भारतीय सिमानामा आवागमनमा बाधा छ । नेपालसँग त पटकपटक नाकाबन्दी गरेको छ । भारतसँगको नेपालको व्यापार घाटामा छ । नेपालका नदीहरुमा तटबन्ध अर्थात बाँध निर्माणले नेपालका भू–भाग डुबानमा परेका छन् । नदीको पानीलाई नेपाल भित्रै फर्काएर वा दसगजामा सडक नाम दिएको बाँध बनाएर नेपालको भूमि डुवाउनु मानवता बिरोधि अपराध भारतले गरेको छ । यस्तो कार्य हेपाह प्रवृत्ति होइन र ? इतिहास देखि वर्तमानसम्म भारतले धेरै हेपेको छ । उसको हेपाइलाई प्रतिकार गर्ने देशभक्त नेता र नेतृत्व अहिलेसम्म नेपालले पाउन सकेको छैन । भारत आफ्ना कुरा लाद्ने र नेपालको हितमा हुने काम कुरा अस्वीकार गर्ने कारणबाट नेपालले पाउन सम्म गोता पाएको छ । अरु देशले बनाएको बिद्युत आयोजनाबाट उत्पादन गरेको बिजुली नकिन्ने । अन्य देशमा नेपालको बिजुली बेच्न भारतले बाटो नदिने । अन्य मुलुकसँग ब्यापार पारवहन सम्बन्ध बढाउदा रिसाउने । सहज रूपमा हवाईमार्ग नदिएर नयाँ निर्माण भएका हाम्रा एयरपोर्ट चल्न बाधा पर्ुयाउने । हाम्रो सुरक्षा र एउटा स्वाधीन देशले अन्य देशबाट हतियार किन्न नदिने । भारतको आन्तरिक सुरक्षाको लागि भनेर नेपालले राजमार्ग र सडकमार्ग पनि बहुलेनको बनाउन नदिने । नेपालको प्रधानमन्त्री बन्दा भारतलाई मान्य हुने व्यत्ति मात्रै मान्य हुने अन्यथा भए मान्य नहुने । मान्य नभएको प्रधानमन्त्रीको हुर्मत लिने । भारत भ्रमणमा पनि नबोलाउने यि तमाम संकेतले बुझ्न सकिन्छ कि भारतले हामीलाई कहिल्यै चयनसँग चल्न दिएन । ठुल्दाइ बनेर हेपिरह्यो । नेपालको शासन व्यवस्था र संबिधान पनि यस्तै बा तेस्तै हुनु पर्ने भनेर दवाव दिइरह्यो ।आफ्ना विभिन्न पात्रहरु दलालहरु लगाएर राजनीतिमा बितण्डा मच्चाइ रह्यो । भारतले नेपालमा गरेका यावत हर्कतहरु सयौं होईन हजारौ होलान् । मेरो बिचारमा भारत नेपालमा शान्ति र स्थायित्व भएको देख्न रुचाउदैन, अनेक नाटक गरेर नेपाललाई अगाडी बढ्नबाट रोक्ने नै भारत हो, हामी भने शान्त छौ । धैर्य छौँ । धर्म, संस्कृति, परम्परा मिल्छ भनेर बिशाल छिमेकी देश भारत हो भनेर बिनाकारण खुशी हुन्छौ । इतिहासका सत्य तथ्य घटना, नियत र व्यवहारलाई हेर्दा भारतको हेपाइले हामी पिछडिएका हौं ।
