यसै हप्ता अप्रत्याशित नसोचेको चिनजान श्रीमतीको साथीको मृत्यु खबर फेसबुकमा श्रद्धाञ्जलीले भयभीत बनायो । आफ्नो चिनजानको व्यक्तिहरूको अल्पायुमा एक्कासि दुखद खबर सुन्न पर्दा जो कोहीलाई मृत्यु कसरी भयो ? भन्ने खुल्दुली लाग्दछ । आजभोलि युवा अवस्था, घर परिवार धानेका जिम्मेवार व्यक्तिहरूको मृत्यु खबरले तड्पाउन्छ । एक्कासि के भयो ? मृत्यु पछि खोजीनिती सुरु हुन्छ । बेलामा ध्यान पुर्याउन नसकेको परिणाम पछि मानिसहरू पछुटाउन्छन्। पुरुषहरू मानसिक तनावमा हडअट्याक भएको बढी पाउँछौ । महिलाहरू मानसिक तनावमा बढीले आत्महत्या गरेका हुन्छन् । महिलाहरू किन तनावमा हुन्छन् ? घर व्यवहार धानेका सफल गूहणी महिलाहरू पनि, किन समय समयमा अस्वाभाविक तरिकाले रिसाउँछन् ? अरूलाई सल्लाह सुझाव ज्ञान गुणका कुरा सिकाउने व्यवहारिक महिलाहरू देखी शिक्षित पढे लेखेका डाक्टर, इन्जिनियर, प्रोफेसरज???, बुद्धिजीवी महिलाहरू समेत क्षणभर मै रिसाई दिन्छन् । बिहान श्रीमान् आफ्नो कामधन्दाले घर बाहिर निस्कने बेला सम्म श्रीमतीको मुड ठिकठाक थियो । उनी फुरुङ्ग थिइन् । साँझ घर फर्किँदा ठुस्स पर्न्छिन् । अघिल्लो रात खुसी रमाइलो पलमा बिताएर पनि बिहानी पख नै एकाएक रिसाई हाल्न कुनै विवाद हुन पर्दैन । आर्थिक र स्वास्थ समस्या र घर व्यवहारको कुरा बाहेक पनि श्रीमती एकाएक रिसाउँछ । उनको मुड ठिकठाक छैन भने उस सँग निहुँ खोज्नु र विवाद गर्नु भन्दा चुप रहनु नै श्रयकर हुन्छ । महिलाको दिमागमा अरूको दोष आफूमाथि थुपारेको, घर धन्दामा आफूलाई नोकर जस्तो ब्यवहार गरेको र लोग्ने मान्छे घर बाहिर सधैँ अरू केटी मान्छे सँग बहकिएर हिड्ने गर्छन् भन्ने सोच धेरै जस्तो महिलाहरूको मनमा गढिएर बसेको हुन्छ । महिलाहरूलाई खुसी हुन पनि धेरै समय लाग्दैन । सानो भन्दा सानो कुरा, अरूको स्याबासी, धन्यवाद र उपहारमा पनि महिलाहरू क्षण भर मै खुसी हुन सक्छन् । कहिले यसै दङ्ग हुन्छिन्, कहिले झर्को मान्छिन् । कहिले उत्साहित हुन्छिन्, कहिले दुःखी । आखिर मौसम जस्तै किन श्रीमतीको मुड बदली रहन्छ ? सम्भवतः अधिकांश पुरुषमा श्रीमतीको बारेमा उब्जिने प्रश्न यही हो । महिलाहरू एउटै ओछ्यानमा भएको श्रीमानको बारेमा अनेकौँ शङ्का उप शङ्का गरेर मनमा कुरा खेलाएर सोची बसेका हुन्छन् । श्रीमानलाई आफ्नो श्रीमती कुन बेला रिसाउँछिन्, कुन बेला खुसी हुन्छिन् थाहा नै हुँदैन । किचेनमा खाना पस्की दिएको तरकारीमा नुन नभए पनि टाउको कन्याउँदै बोल्नु पर्छ । तरकारीमा नुन हाल्न बिर्सियौ कि क्या हो ? प्रतिक्रियात्मक उत्तर जस्तो पनि आउन सक्छ । महिलाहरू अरूको अगाडी नखरा पारेर सोझी हुन जाने पनि घर भित्र श्रीमानलाई भने हेप्न पछि पर्दैन । आ आफ्नो हठी स्वभावले गर्दा बुढेसकालमा श्रीमान् श्रीमती बिच बोलचाल नहुने हुने गर्दछ । यो कुनै एकघर महिलाको मात्र स्थिति समस्या होइन । अध्ययन अनुसन्धानलाई हेर्दा महिलाहरूको भावनात्मक स्थिति सधैँ एकनास रहँन्दैन । किनभने उनीहरूको शरीर संरचना र हर्मोनको अवस्थाले महिलाहरूमा भावनात्मक उथलपुथल भइ रहन्छ । यो एक महिला शरीरको जैविक प्रवृत्ति नै हो । महिनावारी चक्र, गर्भधारण, दूधका ग्रन्थिहरूको विकास जस्ता अनेक कुराले महिलाको शरीरमा मात्र होइन, भावनात्मक अवस्थामा पनि गडबडी ल्याइरहेका हुन्छन् । महिनावारीको बेला, गर्भावस्थामा महिलाहरूको मुडमा छिटो परिवर्तन आउने मुख्य कारण हर्मोनल परिवर्तन नै भएको प्रसूति तथा स्त्रीरोग तथा विशेषज्ञ डा. विशाल खनिया बताउँछन् । महिनावारी, गर्भावस्था, स्तनपान र महिनावारी सुक्ने बेला महिलामा धेरै शारीरिक र मानसिक परिवर्तन हुन्छ । जसले गर्दा महिलाहरूमा छिन छिनमा मुड परिवर्तन हुने गर्दछ । महिनावारीको कारण ! महिलाहरूमा हुने मुख्य हर्मोन ‘एस्ट्रोजेन’ र ‘प्रोजेस्टेरोन’ हुन् । यी हर्मोन महिलाको अण्डाशयमा उत्पादन हुन्छन्, जसले प्रजनन अङ्गको वृद्धिमा ठुलो भूमिका खेल्छ । महिनावारीका बेला अण्डाशयमा एस्ट्रोजेन र प्रोजेस्टेरोन हर्मोन बढी उत्पादन हुन्छ । यसले गर्भाशय बाक्लो बनाई शरीरलाई प्रजननका निम्ति तयार गर्छ । अण्डाशयमा उत्पादन भएका अण्डाहरू उर्वर भएनन् भने एस्ट्रोजेन र प्रोजेस्टेरोन हर्मोनको मात्रा घटबढ हुन्छ । जसले गर्दा महिनावारीको समयमा महिलामा मुड परिवर्तन हुने कुरा हार्मोन रोग विशेषज्ञ डा. विनय भट्टराई बताउँछन् । गर्भावस्थामा पनि हर्मोनल परिवर्तन हुन्छ । विवाहित तथा अविवाहित दुवैमा यस्ता समस्या देखिन्छ । महिलाहरू रिसाइन्, झर्किन् भने श्रीमान् तथा परिवारका अन्य सदस्यले उनको समस्या बुझ्न सक्दैनन् । रिसाउनुको कारण नै नखोजी उनको बानी नै त्यस्तै हो भनी दिन्छन् । गर्भावस्था तथा डेलिभरीपछि झन् केही महिलामा ‘पोस्टमार्टम डिप्रेसन’ पनि देखिन्छ । यो समस्या भएका गर्भवती महिलाले एकदमै असामान्य व्यवहार देखाउन थाल्छन् । बच्चालाई वास्ता नगर्ने, आफूलाई नै पनि वास्ता नगर्ने, झर्को मान्ने र छिटो रिसाउने जस्ता व्यवहार देखाउँछन् । नौ महिनासम्म महिनावारी भएको छैन । शरीरमा धेरै परिवर्तन भएको छ । जसले गर्दा महिलामा ‘पोस्टमार्टम डिप्रेसन’हुन्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । कुनै पनि महिला गर्भवती हुँदा प्रोजिस्टोन भन्ने हर्मोनको लेबल एकदमै बढी छ र डेलिभरी पछि प्रोजिस्टोनको लेबल स्वाट्टै झर्यो भने ‘पोस्टमार्टम डिप्रेसन’, ‘पोस्टमार्टम साइकोसिस’ जस्ता समस्या देखिन सक्छन् । ‘एक्लै हुँदा र बच्चा भएपछि उसको व्यवहारमा ठुलो परिवर्तनले निन्द्रा बिग्रिने, बच्चालाई बेला बेलामा दूध खुवाइ रहनु पर्ने र आफूलाई भन्दा धेरै समय बच्चालाई दिँदा उनीहरूको वस्तु स्थिति परिवर्तन र हर्मोनल परिवर्तन हुन्छ । त्यसकै कारण कसैलाई डिप्रेसन, साइकोसिस जस्ता समस्या पनि देखिन सक्ने डा. खनियाँ बताउँछन् । अधिकांश महिलाहरूमा हुने समस्या आफूले आफ्नो बारेमा सोच्नु भन्दा अरूले आफूलाई गरेको व्यवहारले आफूलाई मूल्याङ्कन गर्छन् । मानसिक समस्यामा परेका महिलाहरूले आफूलाई अरूले राम्रो भन्दैन, राम्रो देख्दैन, सहयोग पनि गर्दैन । आप्mनो श्रीमान् छोरा छोरी र परिवार सबैले आफूलाई माया नगरेको हेपेको अनुभूति गर्छन् । मनमा डिप्रेसनको सिकार भएर औषधी सेवन गरिरहेकाहरू पनि आफूलाई डिप्रेसनको रोग सिकार भएको अरूलाई थाहा दिन चाहन्दैन । घर परिवारको निगरानी कम भएर कुनै पनि बेला मानसिक सन्तुलन नभएर क्षणभरको आवेमा आत्महत्या गरेको पाउन्छौ । डिप्रेसन भएको मानिसहरू नियमित औषधीले ठिक भए पनि हीनताबोध त्रासले गर्दा बाहिर खुसीले बाँच्न सक्दैन । जीवन योग प्रशिक्षक डाक्टर आरती रेग्मी मानसिक समस्या भएका ब्यक्तिलाई योग, ध्यान, प्राणायामबाट सन्तुलनमा ल्याउन सकिन्छ भन्ने मान्यता राख्नु हुन्छ । आजभोलि देशको सामाजिक, राजनीतिक र आर्थिक कारणहरूबाट नेपाली जनताहरू पीडित छन् । देशमा बढ्दै गएको विकराल समस्या भनेको मानिसहरूमा आप्mनो जिम्मेवारी लक्ष्यलाई दोहराउन असमर्थ, हीनता, उपेक्षा, नागरिक विभेद, सन्तान परिवारमा भविष्यको चिन्ता आदी इत्यादि विविध कारणले आम नागरिक चिन्तामा छन् । देशमा आत्महत्या गर्नेहरू सङ्ख्या बढेको छ । डाक्टरी पेसामा आवद्ध डा. आरती रेग्मी जीवन विज्ञानमा समर्पित योग साधक प्रशिक्षक हुनु हुन्छ । वहाँ भन्नू हुन्छ । भौतिक सुखले मात्र पनि मानिसहरू खुसी र सन्तुष्टि हुन सक्दैन । मानिसको जीवनमा योग ,ध्यान प्राणायामको निकै जरुरत पर्दछ । हामीले शिक्षित, धनीमानी, ब्यापारि, डाक्टर, पाइलट, उच्च पदस्थ विद्धान धेरै वर्गहरूले मानसिक तनावमा धेरैले आत्महत्या गरेको पाउँछौ तर योगी, महात्मा, ध्यान साधना गर्ने व्यक्तिहरूले बिरलै आत्महत्या गरेको हुन्छ । मानसिक दवाबमा कोही कसैलाई रोगी बनाएर आत्महत्या गर्न बाध्य बनाउनेहरु समाजको अपराधी हुन् । मर्ने कसैको रहर हुदैन । घर समाजले आफ्नो इज्जत प्रतिस्थालाई जोडेर भित्री पाटोको अपराधीहरुलाई जोगाई राखेको हुँदा पिडित बर्गहरु आत्महत्या गर्न बिवस हुन्छन् । (लेखक जीवन बिज्ञान प्रशिक्षक हुन् ।)
