IMG-LOGO

असमान सन्धिको असर २०४५ को नाकाबन्दी नेपाल–भारत सम्बन्ध – ६

 मंगल, फागुन २०, २०८१  – आर. एल. श्रमजीवी प्रधान सम्पादक

      चीन र भारतको बीचमा रहेको सानो मुलुक नेपाल एक भू–परिबेष्टित मुलुक हो अर्थात नेपाल जमीन नै जमीनले घेरिएको देश हो । कतैबाट पनि समुन्द्र नछोएको कारणले हाम्रो देश अहिलेसम्म पनि सम्पन्न र विकसित नहुनुको कारण हो । त्यसमा पनि भारत जस्तो हेपाह मुलुक छिमेकी राष्ट्र हुनु चीनलाई हिमालले छेक्नु हाम्रा दुखका कारण हुन् । यहाँ बर्णन गर्न खोजीएको तथ्य हो नेपाल भारत बीचमा भएको सन् १९५० को सन्धि । त्यही सन्धिको असरले नै २०४५ सालमा भारतले लगाएको नाकाबन्दी मैले प्रत्येक्ष देख्न भोग्न र पढ्न पाए । भू–परिबेष्टित राष्ट्रले पारवहन पाउने अन्तर्राष्ट्रिय मान्यता विपरित भारतले ब्यापार तथा पारवहन सन्धिको म्याद सकिएको भन्दै, त्यो सन्धि नवीकरण नगरि नाकाबन्दी गरेको थियो ।       २०४५ माघ ७ देखि २१ गते सम्म मेरो एस. एल. सी परीक्षा थियो । परीक्षा सक्नासाथ सानो मामालाई व्यापारमा  सघाउन भनेर म किशोर अवस्थाको मान्छे बनेपा आएको थिए । बनेपामा एक महिना बसेपछि म पाँचखाल स्थित केराघारीमा  निजी दुधडेरी संचालन गर्न लागे । डेरी संचालन गरेको एक महिना मै भारतले नाकाबन्दी लगायो । नाकाबन्दी समयमा एक दिन दुध ट्यान्कर दुध लिन आएन । म त्यो दुध त्यही छोडेर मुख्य संचालक रबिन्द्र सिपखानलाई हरहिसाब बुझारथ गरेर पुन बनेपा फर्किए । नाकाबन्दी पनि मेरो जीवनको एउटा मोड थियो । अहिले एकान्तमा गम्छु नाकाबन्दी नभएको भए म एउटा नीजि दुधडेरी संचालक मात्रै हुने थिए ।       त्यतिबेला पञ्चायती व्यवस्था थियो अर्थात कार्यकायनी सम्पूर्ण अधिकार राजा वीरेन्द्रको हातमा थियो । राजाले चीनको तिब्बत मितेरी साँघु अरनिको राजमार्ग हुँदै काठमाडौं हतियार भित्राएका थिए । ठूला ठूला सेता सैनिक ट्यान्क  ल्याउदा राजमार्गमा मोटरगाडी चल्न दिइएको थिएन । त्यतिबेला प्रधानमन्त्री थिए मरिचमान सिह श्रेष्ठ । उनी नेपालको पहिलो नेवार प्रधानमन्त्री हुन् । त्यतिबेला भारतले लगाएको नाकाबन्दीमा सर्वसाधारण जनतामा त्यति धेरै असर परेको थिएन मात्रै मट्टीतेल नपाउने चिन्ताले पेट्रोल पम्पमा मट्टीतेलको लागि लाइन बसेको  देखिन्थ्यो । नाकाबन्दी  भन्ने शव्द भन्दा पनि भारतले  हडताल गर्‍यो भन्थे ।       २०४५ सालमा भारतले नेपालमाथि लगाएको नाकाबन्दी १३ महिना कडा रुप थियो त्यो लामो नाकाबन्दी हो । त्यो बेला भारतमा राजीव गान्धी प्रधानमन्त्री थिए । उनकी आमा इन्दिरा गान्धी प्रधानमन्त्री हुँदाका बखत २०२७ सालमा पनि नेपालले भारतबाट आर्थिक नाकाबन्दी खेप्नुपरेको इतिहास छ । ति सबै नाकाबन्दीहरुको नालीबेलीको चर्चा आगामी दिनमा गर्ने नै छु ।        २०४५ सालमा चाहिँ आकाशबाट युद्धक विमान खसाउने हतियार ‘एन्टी एयरक्राफ्ट गन’ चीनबाट ल्याएको भन्दै नेपालसँग भारत रिसाएको थियो । तर नेपालले स्थलमार्गबाटै सबै हतियार ल्याएको थियो । यो रिसलाई उसले पछि नाकाबन्दीमा परिणत गर्‍यो । तत्कालीन राजा वीरेन्द्र र भारतीय पक्षबीच सम्बन्ध धमिलिइरहेको थियो । त्यही बेला राजा वीरेन्द्रले चीनबाट हतियार किनेपछि भारतले त्यसलाई आफूसँग विगतमा भएको सन्धिको उल्लंघन मानेको थियो । नेपालले त्यस्तै हतियार २०३० सालतिरै भारतबाट किन्न प्रस्ताव गरेको थियो । तर, भारतले नदिएपछि नेपालले प्रस्ताव चीनलाई पठायो । प्रस्तावअनुसार चीनबाट चाइनिज एयर डिफेन्स आर्टिलरी ल्याइएपछि भारतले नाकाबन्दीको अस्त्र प्रयोग गर्‍यो । त्यही बीचमा नेपालमा पहिलो जनआन्दोलन २०४६ भएको थियो । एकातिर जनआन्दोलन र अर्कोतिर भारतको नाकाबन्दीले पञ्चायती व्यवस्था धारासाही भएको थियो । राजा वीरेन्द्रले भारतसँग झुक्नु भन्दा नेपाली जनतासंग झुक्ने भनेर २०४६ चैत्र २६ गते मध्यरातमा नेपाली काङ्ग्रेस र सात बामसँग सम्झौता गरेका थिए । १० चैत २०४५ बाट सुरु भएको नाकाबन्दी १७ असार २०४७ मा अन्त्य भएको थियो ।  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्