IMG-LOGO

आचार्य पिंगल : गणितका प्रमुख गुरुहरूमध्ये एक

 मंगल, फागुन १३, २०८१  माधव रेग्मी बेलायत

       आचार्य पिंगल गणितका प्रमुख गुरुहरूमध्ये एक थिए र उनीद्वारा लिखित ‘चन्दशास्त्र’, नाम गरेको गणितशास्त्र र यसका अभ्यासहरूले गणितीय सिद्धान्तहरूलाई समृद्धि र विकासतर्फ लैजान पिंगलको अद्वितीय योगदानको माध्यमबाट अग्रणी भूमिका खेलेको थियो ।        आचार्य पिंगलको गणित ग्रन्थ चन्दशास्त्र प्राचीन समयमा गणितको क्षेत्रमा भएको मुख्य योगदान मध्ये एक हो । उनले गणितका प्रकार, मात्रा, क्याल्कुलस, आदिको सिद्धान्त स्थापित गरेका थिए । ’चन्दशास्त्र’ पुस्तकका श्लोकहरूमा आचार्य पिङगलले संख्या सिद्धान्तमा आफ्नो विशेष अध्ययनको कुरा गरेका छन् ।        ‘चन्दशास्त्र’ नामक ग्रन्थमा आचार्य पिंगलको उदार ज्ञानको प्रमाण दिने केही श्लोकहरू छन्। यस्तै एउटा श्लोक हो :        अर्ध इत्यनुवर्तते। विषमसङ्ख्यायामेकमधिकं निक्षिप्य ततोऽर्धयेत। तत्रैको गकारो लभ्यते। तं पूर्वलब्धाल्लकारात् परं स्थापयेत्। ततो द्विसंख्यावशिष्यते । पुनस्तामर्थ– येत, ततश्चैकलकारं दद्यात्।  ततश्चैकसंख्यावशिष्यते । तत्र तावत् सैके गिति लक्षण– मावर्तनीयं यावद्धृत्ताक्षराणि षट् पूर्यन्ते। एवं सङ्ख्यान्तरेऽपि योज्यम्.. अर्थात,        “विजोर संख्याको हकमा त्यसमा एक थप गरेर त्यसलाई आधा गर्नु । यसो गर्दा, शेषको रूपमा ’गुरु’ प्राप्त हुन्छ अर्थात् शून्य प्राप्त हुन्छ । त्यो ’गुरु’ अघिल्लो नतिजा पछि जोड्नु । त्यसपछि, नतिजालाई दुईले भाग गर्नु । फेरि, सोही प्रक्रियामा, जो नतिजा आउँछ त्यसमा ’लघु’ अर्थात् १ थप्नु । यो प्रक्रिया यसरी नै निरन्तर अक्षरहरू ननिकाल्दासम्म जारी रहनुपर्छ । “अन्य नम्बरहरूको लागि पनि, यही प्रक्रिया अनुसरण गर्नुपर्छ ।”        पिंगलको प्रणालीमाः “लघु” ले अंक १ लाई जनाउँछ  “गुरु” ले अंक ० लाई जनाउँछ ।        आचार्य पिंगलका ग्रन्थ र सिद्धान्तको प्रभाव आजको युगमा पनि देखिन्छ । उनका चन्दशास्त्रका सिद्धान्तहरूले छन्दशास्त्र र गणितमा नयाँ विकासको दिशा देखाएको छ । उनको संख्या सिद्धान्तहरू पछ्याउँदै, आधुनिक गणितमा गणितीय र समीकरण विधिहरू पनि विकसित भए । आचार्य पिंगलको योगदानले हामीलाई गणित र कलाको क्षेत्रमा हाम्रो संस्कृति कुन उचाइमा पुगेको रहेछ भनेर सिकाएकोछ, जसले हामीलाई आधुनिक युगमा पनि प्रेरणा दिन्छ. आचार्य पिंगलको गणितको क्षेत्रमा ठूलो योगदान थियो । उनले आफ्नो लिखित पुस्तक चन्द्रशास्त्र मार्फत विश्वलाई बाइनरी संख्या प्रणालीको ज्ञान दिएका थिए । ‘मेरु प्रस्तर’ जसलाई आजको गणित अनुसार पास्कलको त्रिभुजको सिद्दान्त भनिन्छ, यो सिद्धान्तलाई पनि आचार्य पिंगलले आफ्नो पुस्तकमा राम्रैसँग व्याख्या गरीदिएका छन् । विश्वमा फिबोनाची शृङ्खलाको नामले प्रख्यात सङ्ख्या प्रणालीले पनि आचार्य पिंगलको छान्दशस्त्रबाट राम्रै प्रेरणा लिएको छ । यस्ता महान गणितज्ञ र कवि प्रति हाम्रो हार्दिक श्रद्धासुमन छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्