सूर्य बिनायक – धुलिखेल रोड बन्दै गरेको देख्दा खुसी महसुस हुन्छ तर कोटेश्वर देखि सूर्यबिनायक सम्म जापानीज कम्पनी हाज्माले बनाउदाको प्रकृया र अहिलेको प्रकृया हेर्दा यो रोड सम्पन्न भएको केहि समयमै एउटा गम्भिर समस्या आउने जस्तो पो देखिन्छ । कोटेश्वर देखि सूर्य बिनायक खण्ड बनाउदा खोस्रेर कडा माटो सम्म पुगेर केहि फिट माटो हाल्ने अनि पानी हालेर राम्रो संग कम्प्याक्सन गर्दै फेरी माटो थप्दै कम्प्याक्सन गर्दै बनाइयको थियो । अहिले त खोस्रने त कुरै देखिन्न अनि टिपर का टिपर माटो खन्यायो स्काभेटरले हल्का सम्म पार्दै रोलर लगायको देखियो । मलाइ यसको प्राविधिक ज्ञान छैन तर केहि कमजोरी भएर पछि बाटो भास्सीएर पिच चर्कियर दिर्घकालीन समस्या हुने त हैन भन्ने कुरा मनमा लागेको । यस्तै समस्या एकान्तकुनामा नेपाली ठेकेदारले बनाएको साइड रोडमा देखिएर बनेको केहि वर्षमै २० औं करोडौ खर्च गरेर फेरी बनाइएउको थियो त्यहि बाटो चाइनिजले बनाएको चै केहि भएन । चाइना जापान ले बनाएको चै टिक्ने कुनै समस्या नआउने तर नेपाली ठेकेदार ले बनाएको चै टिक्दा पनि नटिक्ने हेर्दा पनि नराम्रा । यो रोड पनि विदेसी कम्पनीले टेन्डरमा भाग लिन नपाउन् भनेर ५ अर्व भन्दा कमका २ वटा टेन्डर गरेको भन्ने पनि समाचारमा आएका छन् । यो रोडमा हेर्दा पनि वाल, फुटपाथ अलाइन्मेन्ट नमिलेको जस्तो सिकारू इन्जिनियर ले काम गराएको जस्तो देखिन्छ । मेजरमेन्ट मिले त पर्फेक्सन देखिन्थ्यो नी ? त्यत्रो वर्ष इन्जिनियर पढेकाले आफ्नो इज्जतको पनि ख्याल त गर्नु पर्ने हो । नराम्रो बनाउँदा नेपाली इन्जिनियरको इज्जत जान्छ भनेर । यस्ता विषयमा काभ्रेका पत्रपत्रिकामा यस्ता समाचार पनि खासै देखियको छैन । तपाई हामीले दुःख गरेर कमायको पैसामा तिरेको कर बाट बन्ने यस्ता सडक क्वालिटिका त हुनै पर्यो । आफ््नोु घर जति क्वालीटिको चाहिन्छ यस्ता सडक पनि उस्तै क्वालिटिको बन्नु पर्यो हैन र । हाम्रो पैसा त हो । यसमा पत्रकार महाँसँग काभ्रेले पनि काभ्रेमा बनिरहेका ठूला प्रोजेक्टको क्वालिटि विसयमा रिपोर्टीङ गर्न सदस्यहरूलाई प्रेरित गर्ने पो हो की ।
