IMG-LOGO

 हाम्रो समाज के हो ?

 मंगल, पौष १४, २०७७  उषा मानन्धर

समाज व्यक्ति व्यक्ति विचको सम्बन्धको सञ्जाल नै समाज हो । समाजमा  मानिसहरु साझा उद्देश्य र लक्ष्य प्राप्तिको लागि मानिसहरु एक ठाँउमा बसोेवास गरेका हुन्छन् । व्यक्तिको अस्तित्व समाजमा नै रहन्छ भने व्यक्ति विनाको समाजको कल्पना गर्न सकिन्न ।  यस कारण मानिसको हरेक  कामहरुमा  समाजको मूल्य मान्यता , सामाजिक अनुशासनले व्यक्तिलाई प्रत्यक्ष प्रभाव पारेको हुन्छ । औसत  मानिसलाई सामाजिक नीति नियमले एउटा लयमा मानिसहरुलाई हाँकि रहेको छ । समाजको त्यो नेतृत्वले मानिसलाई न्याय दियो कि ? अन्याय ? मान्छेलाई खुशी दियो कि दुःख ?  मानिसलाई शान्ति दियो कि अशान्ति ? मानिसको जीवनलाई सहज बनायो कि जटिल बनायो ? मानिस मानिसलाई जोड्यो कि तोड्यो ? हामीले यसलाई मूल्याङ्कन गर्न आवश्यक छ । प्रश्न गर्न आवश्यक छ, किन कि समाजमा असंख्य मानिस रहेता  पनि एउटा व्यक्तिको लागि आफ्नो जीवनको महत्व सबै भन्दा अमूल्य हुन्छ । व्यक्ति विनाको समाजको कल्पना गर्न सक्दैन ।    समाज हरेक मानिसको लागि हो , जसले हरेकको अधिकारहरुको संरक्षण गर्दछ , आफ्नोपनको सम्बन्धहरुलाई मजबुद बनाउँछ ,मानिसको चेतनाको विकाससँग समाज पनि निरन्तर परिवर्तित हुन्छ , समाजका विभिन्न क्रियाकलापले सामाजिकीकरणलाई मद्दत गर्छ । यस्तो समाजिक नियमलाई सम्मान गर्न आवश्यक छ ।  तर समाजमा धर्मको नाममा , वर्तमान जीवनलाई नष्ट बनाउँछ । लिङ्गको कारण मानिसलाई मान्छे जीवन बाँच्न दिँदैन , बाँच्नेको नाममा मर्नु पर्छ भने त्यसलाई निषेध गर्न सक्नु पर्छ ,  हाम्रा  शिक्षालयले विद्यालय तहदेखि नै  सामाजिक अध्ययन पढेर गएका युवाहरुले घर परिवार र समाजको नेतृत्व गर्ने भईसक्यो छ । यो नेतृत्वमा पनि हाम्रो घर घरमा छुई प्रथा प्रचलनमा छ । दाईजो प्रथाको लेनदेन हुन्छ ,घर परिवारमा एक आपसमा सहयोग सदभाव कायम गर्न सक्दैन , हिँसा हुन्छ  छलकपत  हुन्छ  ढाँट्ने पेल्ने कुटपित गाली गलौज हुन्छ ,मान्छेलाई जोड्न होईन तोड्न माहिर हुन्छ,   छुवाछुतको निर्धक्क निरन्तरता भईरहेको छ भने हामीले बुझ्नु पर्छ हामीले दिएको शिक्षा असफल छ । अझ हामी आफै यीनैबाट प्रताडित हँुदैछौं भने यो जति दुःखदायी  र लाजमर्दो के हुन सक्छ ? हामीले झुट पढाई रहेको सिद्ध हुन्छ ।    हामीले पढाएका सामाजिक शिक्षा झुटका शब्दहरु होईन । हामीले लेख्न लगाएका कुराहरु सत्यका  अक्षरहरु नै हुन् हामीले विश्वास दिलाउनु पर्छ । यस प्रति स्वंयम इमान्दार हुनु पर्छ । सदभाव सदाचार सत्य वचन ,न्याय , कुनै पनि भेदभावको अन्त्य , हाम्रा जीवनका मूल्यहरु हुन् हामीले अरुलाई अन्याय नगर्ने मात्र होईन, आफूलाई न्याय दिन पनि सक्नु पर्छ । अन्धविश्वास, रुढिग्रस्त चिन्तनको भोक्ता हामी कसरी बन्न सक्छौ ? समाजको नाममा समाजको हत्या गर्न बेहोसी बन्न कसरी सक्छौं?  हाम्रो समाजमा मान्छेका जीवन, खुशीे, न्यायका हत्या किन हुन्छ ?सोच्न जरुरी छ । तर जीवनका अभ्यास भनेको कविता लेख्नु या भाषणका वाकपतुता जस्तो सहज र सरल हुन्न । हामी कम्तिमा झुटको समाज कल्पना गर्दैनौ ।  हामी ठूला व्यक्ति होईनौं । भुई मान्छे हौं । हाम्रो समाज यही धरातलमा छ  ।  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • kavretimesw@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्