IMG-LOGO

भास्कराचार्य– बीजगणितका जनक

 मंगल, फागुन ६, २०८१  माधव रेग्मी बेलायत

    आउनुहोस् यसपटक बीजगणित अर्थात् अल्जेब्राको बारेमा छोटो चर्चा गरौं। आजभन्दा करिब १५०० वर्ष अगाडि ईसापूर्वको बाह्रौं शताब्दीमा पूर्वीय दर्शनका एक वैज्ञानिक भास्कराचार्य द्वितीय बीजगणितमा विभिन्न संकेतहरूलाई विजारोपण गरेर यस क्षेत्रमा तत्कालीन समयमा ठूलो योगदान दिएका थिए। त्यसैले उनलाई बीजगणितका पिता अर्थात् जनक पनि भनेर भन्ने गरिन्छ ।      भास्कराचार्य, प्राचीन समयमा गणित र खगोलशास्त्रका धुरन्धर विद्वान थिए । गणितज्ञ हुनुका साथै बीजगणितको क्षेत्रमा िनले ठूलो योगदान पुर्याएका थिए। भास्काराचार्यद्वारा लिखित बीजगणित नाम गरेको प्राचीन पुस्तकमा बीजगणितका विभिन्न सूत्रहरूको लिपिबद्ध आलेख र निरूपण गरिएका प्रशस्त अभ्यासहरु भेटिन्छन् । उनको ‘बीजगणित’ नाम गरेको पुस्तक बीजगणितीय प्रविधिहरूको निकै महत्वपूर्ण ग्रन्थ हो । त्यस ग्रन्थमा बीजगणितका विभिन्न क्षेत्रहरूका ज्ञानलाई जसरी आधुनिक समयमा अनेकौं संकेतहरु र सूत्रहरूको प्रयोग गरेर विभिन्न अभ्यासहरूको निरूपण गरिन्छ त्यसैगरी निरूपण गरिएका प्रशस्त उदाहरणहरू देख्न पाइन्छन् । बीज गणितीय अवधारणाहरूलाई दर्शाउने भास्कराचार्यको ग्रंथ ‘बीजगणित’ मा लेखिएको एउटा प्रसिद्ध छन्दबाट पनि उनी बीजगणितका कति धुरन्धर विद्वान थिए भन्ने कुरा प्रष्ट हुन्छ ।  “गुणां गुणार्धं त्रिगुणान्तं द्विगुणान्तं च योजयेत् । स्वनिधिर्लब्ध्वा चान्यत्र कुत्रापि न व्यसेद्गणः ।।”     यसमा दुई गुणाको गुणनफलको योगफल निकाल्न, आधा गुणनफल, तीन गुणाको गुणनफल र दुई गुणाको गुणनफलको योगफल जोड्नुपर्छ भनिएको छ । अझ यसलाई स्पष्ट पार्न थप रूपमा व्याख्या गर्दै भनिएको छ, यसले सम्पत्तिको संरक्षणको अवधारणालाई जोड दिन्छ, अर्थात् सम्पत्ति जुनसुकै ठाउँमा स्थानान्तरण गर्दा पनि घटबढ हुँदैन । यस श्लोकले भास्कराचार्य द्वितीयको बीजगणितीय सूत्रको व्यावहारिक उपयोगलाई गहन तरिकाले प्रदर्शन गरेको छ ।     यसरी अल्जेब्रा अर्थात् बीजगणितको क्षेत्रमा एउटा ऐतिहासिक कार्य गरेका छन् आचार्य भास्करले । उनको योगदानले अनिश्चित बीजगणितीय समीकरणहरूलाई हल गर्न सजिलो बनाएको छ । त्यस्ता अनिश्चित समीकरणहरूलाई हल गर्नको लागि एल्गोरिथम सिद्धान्तको पनि उनले प्रतिपादन गरेका छन् । भास्कर आचार्य वास्तवमै आजभन्दा करिब १५०० वर्ष अगाडिका एक महान गणितज्ञ वैज्ञानिक थिए ।     उनको बीजगणितको व्यवस्थित प्रविधि, सूत्रहरूको बेजोड प्रस्तुतिको आजसम्म पनि निरन्तर सफल प्रयोग भइरहेको छ । यी भास्कराचार्य संसारभरिका खगोलशास्त्रीहरू र गणितका विद्वानहरूको लागि प्रेरणाको स्रोत बनेका छन् । यस्ता महान गुरु श्री भास्कराचार्यलाई हाम्रो सदा बन्दन अभिनन्दन छ । एकछिन यो पनि थाहा पाउँ कि आधुनिक बीजगणितका योगदानकर्ता ईशा पूर्व नवौँ शताब्दीमा इराकमा जन्मिएका अल–ख्वारिज्मी हुन् ।का योगदानकर्ता ईशा पूर्व नवौँ शताब्दीमा इराकमा जन्मिएका अल–ख्वारिज्मी हुन् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्