आजकाल अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रंपले ल्याएको आप्रावशन नीतिले गर्दा धेरै जनालाई अत्याएको छ । खासगरी समुन्नत देशमा भविष्य सुरक्षित देख्ने हामीहरुलाई नराम्ररी झस्काउन थालेको छ । कथं कदाचित यस्तै क्रम युरोप, अष्ट्रेलिया, जापान, मध्यपूर्व देखी कोरिया सम्म फालिएमा हामी जस्तो परनिर्भरमुखी देशहरुलाई निक्कै ठुलो असर पर्नेछ । त्यसका अलावा विस्तारै साउदी, मलेसिया, कतार जस्ता देशहरुमा भैरहेका निर्माण कार्य सम्पन हुँदै जाँदा हाम्रो युवाशक्ति ठूलोे संख्यामा रोजगार विमूख हुन पुग्ने देखिन्छ । झनै हाम्रो जस्तो र वैदेशिक रोजगारीमा निर्भर अर्थतन्त्रमुखी देशका ढोकाहरु सबैतिर बन्द भएमा हाम्रोमा ठूलो संकट पैदा हुने देखिन्छ । अभावले अपराध समेत श्रृजना हुनेछ । त्यतिबेलाको बेरोजगारीको समस्याले निम्तिने अपराधलाई साम्य गर्न प्रहरी प्रसाशन लगायत सम्बन्धित निकायलाई हम्मे हम्मे पर्नेछ । हुन सक्छ । देशको आर्थिक सामाजिक अवस्था सम्हाल्न नै नसक्ने गरी धरासायी हुन सक्नेछ । मैले गत हप्ता समाचार पत्रहरुमा पढेका दुई वटा शिर्षकले मेरो मथिंगलमा धेरै जोड प¥यो । एउटा समाचारमा लेखिएको थियो ‘पश्चिम रुकुमको एउटा सिंगो गाउँनै अमेरिका छिर्ने तरखरमा’ ! अर्को थियो ‘नुवाकोट फाँटका हजारौ रोपनी जग्गामा चाइनिजहरुद्वारा लसुन खेति गरिदै’ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रंपले सुरुगरेको गैह्र कानुनी रुपमा बसोबास गर्दै आएका आप्रावासी हटाउने अभियानले धेरैलाई स्तब्ध बनाए जस्तै म आफुलाई पनि बनाएको छ । अघिल्लो साता मैले पढेको पहिलो समाचारले झन् बिश्मित बनायो । आफ्नो भएको सम्पति अरुलाई बेचेर वा बन्दकी राखेर सुखद भविष्यको शुन्दर सपना सहित ज्यानको बाजी राखेर२÷४ महिना खर्चेर अमेरिका छिरेका युवाहरु मध्ये धेरैलाई हाथकडी र नेल लगाएर सेनाको विमानले ईमिग्रेण्टहरुकै देशका हावाई अड्डा सम्म पुर्याईएका दृश्यहरु समाचारमा र समजिक संजालाहरुमा छ्याप्छ्याप्ती देख्दा मन ज्यादै कुंडीएको छ । म मात्र नभई विश्वभरमा धेरैलाई त्यस्ता दृश्यले स्तब्ध तुल््याएको छ । मैले पढेको दोश्रो समाचारलाई गहिरिएर हेर्ने हो र हामीले बाँझै राखेको जमिनलाई भाडा तिरेर र हामीलाईनै काम दिएर नुवाकोट फाँटका हजारौ रोपनी जग्गामा चाइनिजहरुद्वारा लसुन खेति गरिदै गरिएको दृश्यले हामीलाई ठूलै आवाजमा नक गरेको छ । हामीले समुन्नत देशमा देख्ने सपना र त्यहाँ गरिने कठोर परिश्रम आफ्नै देशमा समर्पण गर्न संकल्प सकीन्न र ? भन्ने गतिलो प्रश्न खडा भएको छ । हो, मैले यी पंक्ति लेखिरहदा यही महिनामा पनि तरकारीको भाउ घटेको र धेरै किशानहरुले बालीनालीमा ट्याक्टर लगाएका समाचार आएका छन् तर हामी भन्दा कयौ माईल टाढा बस्ने चाइनिजले देखेको नेपाली बजार हामीले नदेख्ने कुरा हुन्छ र ! समुन्नति हासिल गर्न कहिले पनि ढिलो हुँदैन, हरेक पल उत्कृष्ट बन्ने नयाँ अवसर हुनसक्छ भनिए जस्तै ढंगबाट किन अगाडी नबढ्ने ? हुनत विविध घटना परिघटनाले हामीलाई निकै निराश बनाएको देखिन्छ भने अर्को तर्फ यसैलाई हाम्रो सम्वृद्धिको ढोका खोल्न सक्ने संकेत दीपको रुपमा पनि बुझ्न सकिन्छ । हामी धेरैले पढेका सुनेका छौ ५÷७ दशक अगाडी मात्र चरम अभावमा रहेका देशहरु मध्य दक्षिण कोरिया, सिंगापुर, अरब ईमिरेट(दुबई) चीन तिब्बत् लगायत) आदि विश्व परिदृश्यमा अतिनै विकशित राष्ट्रका रुपमा जानिन पुगेका छन् भने उदियमान राष्ट्रका रुपमा भारत चिन विश्व शक्तिका रुपमा उदाइरहेका छन्। दुबै देश यतिबेला शक्तिशाली (आणविक) राष्ट्रका रुपमा परिचित भैसकेका छन् भने दुबै देश हाम्रै सिमानामा छन् । अस्तित्वनै समाप्त भैसकेको ईजरायल बिशौं देशको आक्रमण आकाशमै रोक्न शकने शक्तिशाली देशको रुपमा उमिएको छ । हामीलाई थाहा छ, संसारका कुनै पनि देश एकै पटक समृद्ध भएका हैनन, केही रुपान्तरण मुखी योजना, लगनशीलता, दृढ संकल्प सहितका सकारात्मक पाईला चाल्ने नेतृत्वहरुका कारण ति देशहरुमा समृद्धि आएको हो । त्यस्ता नेपालमा पनि नजन्मने कुरै हुँदैन, केवल ओझेलमा परेका होलान् ! हामी मध्ये धेरैलाई थाहा छ, संसारमा धेरै ठाउंमा राम्रो र नराम्रो प्रसस्तै देख्न सकिन्छ । ज–जस्ले नीति, नियम, नियमन उक्त समयको अवस्थालाई व्यवस्था सहितका रुपान्तरणमूखी योजनाहरु अगाडी बढाएका छन् ति देशहरु सम्पन्नताको शिखर चुमिरहेका छन् । जसले त्यसको खिलाफ देश र जनतालाई शोषण गर्न नीति नियम बनाई घुमाईरहेका छन् त्यसता शाशकहरु शासित देशहरु दिनानुदिन रसातलमा भासीईरहेका छन् । नुवाकोटमा छिरेका केही चिनिया जस्तै भोली कयौ विदेशीहरु पनि नेपालका पाखाबारी खनजोत गर्न नआउलान् भन्न सकिन्न ! जबकी हिमाल पहाड तराई जस्तो विशिष्ट भूगोल भएको नेपालमा संसारमा उब्जने जुनसुकै वस्तु उत्पादन गर्न सकिन्छ । कृषिका अलावा पर्यटन, हाइड्रो ईलेक्ट्रिक, जैविक बिबिधता लगायतको असीम सम्भावानायुक्त नेपालमा रहेको अवसरभित्र ठुलो कमाई देखेर बिदेशीहरु ठुलो लगानी सहित पक्कै पो आउनेछन् । जो जो आउलान केहि न केहि सीप र प्रविधि सहित आउलान् तर सुरुवात त हामीले नै गर्ने हैन र !
