आउनुहोस् एकैछिन इतिहासका प्रमाण सहित आधुनिक ज्ञान विज्ञानको सानो चर्चा गरौं । आधुनिक विज्ञानका विद्यार्थीले सुनेको नाम हो आर्कमिडिज । आजभन्दा करिब २३ सय वर्ष अगाडि अर्थात ईशापूर्व २८७ मा ग्रीसमा जन्मिएका एक गणितज्ञ विद्वान । हामी मध्य गणित विषय पढ्नेलाई त पाई (π) को बारेमा यो एक गणितीय स्थिरांक हो भन्ने जानकारी होला । यो यस्तो गणितीय स्थिराङ्क हो जुन कुनै पनि वृत्तको परिधि र त्यसको व्यासको अनुपातलाई दर्शाउँछ । यो एउटा अपरिमेय सङ्ख्या हो अर्थात् यसलाई कुनै साधारण भिन्न अङ्कको रूपमा व्यक्त गर्न सकिँदैन अर्थात् यो अङ्क दशमलव पछाडि निश्चित अङ्कहरू निरन्तर दोहोरिएर अनन्त सम्म गइरहन्छ । पाईको मान लगभग ३.१४१५९……………. बराबर हुन्छ र यसको उपयोग गणित, भौतिकशास्त्र, इन्जिनियरिङ एवं अन्य विज्ञानका क्षेत्रमा ठूलो संख्यामा प्रयोग हुन्छ । आर्किमिडीज़ का अनुसार पाई (π) को मान ३ १/७ र ३ १०/७१ को बीचमा पर्दछ । अब यहाँ अर्को प्रमाण र हाम्रो पूर्वीय गणित एवं खगोल शास्त्री, आविष्कारक आचार्य आर्यभट्टको पाईm को मान सम्बन्धी आविष्कारलाई हेरौं । ईसापूर्व पाँचौं शताब्दीका यी विद्वान अर्थात् आर्कमीडिज जन्मिनुभन्दा करिब २५० वर्ष अगाडि जन्मेका यिनले गणित र खगोलशास्त्रको क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएका छन् । यीनको गणितशास्त्र ’आर्यभटीय’ मा पाई π को अत्यंत उपयुक्त मान ३.१४१५……… प्रस्तुत गरेका छन्। यिनले निकालेको मानलाई आजसम्म दुनियाले मानेको छ । आचार्य आर्यभट्टले ज्यामिति र त्रिकोणमितीसंग संबंधित विभिन्न गणितीय अवधारणाहरुको बारेमा आफ्नो पुस्तक आर्याभटियमा चर्चा गरेका छन् । आर्यभटीय, एक प्राचीन गणितीय एबम् खगोलीय ग्रंथ हो । यो ग्रन्थ पद्यमा लेखिएको छ । यस ग्रन्थमा उल्लेख भएअनुसार, एक छंदमा π (उष्) को मान सम्बन्धमा अनुमान गरिएको छ । आर्यभट्टिय, गणित पाद, श्लोक १० का अनुसार चतुरधिकं शतमष्टगुणं द्वाषष्टिस्तथा सहस्त्राणाम् । अयुतद्वयविष्कम्भस्यासन्नो वृत्तपरिणाहः ॥ अर्थात १००मा चार जोड्ने र त्यसलाई आठले गुणा गर्ने । यसरी आएको योगफलमा ६२ हजार फेरि जोड्ने । यति गर्दा जति मान आउँछ त्यो मान एउटा वृत्तको परिधिको हो जसको व्यास २० हजार छ । यस्तै गरेर आर्यभट्टीय गणितको अर्को श्लोकले भनेको छ, गोपीभाग्य मधुव्रातः शृङ्गिशोदधिसंधिगः । सखी लेक्षणसंस्था सशरीर मुक्तयः । विभाग चक्रवाले शृङ्गिर्यंत्रे शब्दयोजने । द्वादशाध्यायिका स्थिरास्त्रिंशद्द्वादशाक्षरा ॥ अर्थात राशि चक्र, भाग्य, चंद्रमाको दैनिक गति, अंतर चंद्र मास र अंतर वर्षमा ३२ भाग हुन्छ । ३६० डिग्री वाला एक चक्रमा, आचार्य आर्यभट्टले परिधिलाई २४ हजार भागमा विभाजन गर्दछन्, जसको प्रतिफल लगभग ३.१४१६ हुन्छ अर्थात् π (उष्) को मान बराबर हुन्छ । यसरी आर्यभट्टीय गणितको अध्ययन गर्दा आधुनिक र प्राचीन अवधारणाका बीचमा एउटा राम्रो सम्बन्ध देखाउँदछ । आचार्य आर्यभट्ट जस्ता प्राचीन वैज्ञानिक र गणितज्ञहरूको योगदान आधुनिक वैज्ञानिकहरूको खोजको लागि सहायक सिद्ध भएको छ । यसबाट यो प्रमाणित हुन्छ कि प्राचीन हाम्रा वैज्ञानिकहरु कति दक्ष र विद्वान थिए । आधुनिक विज्ञान ले जन्माएको भनिएका हजारौं सिद्धान्तहरू हाम्रा प्राचीन विद्वान ऋषिमुनिहरुले पहिले नै जन्माइसकेका थिए । यस्ता सिद्धान्तहरूको प्रयोग मा उनीहरू आजभन्दा हजारौं वर्ष अगाडि सिद्धहस्त भइसकेका थिए । यसबाट यो प्रमाणित गर्न सकिन्छ कि आर्यभट्ट हाम्रो पूर्वीय दर्शनका तत्कालीन आर्कममीडिज थिए । अन्तमा, आचार्य आर्यभट्ट, आजभन्दा करिब तीन हजार वर्षअघि हाम्रो भूगोलमा जन्मिएका थिए जो आजका आर्कमीडिज हुन् । यिनैको अनुसरण अहिलेका वैज्ञानिकहरूले गरेका छन् भन्दा अत्युक्ति नहोला । अर्थात् आर्यभट्टका अनुयायीहरू अथवा उनका आविष्कारबाट प्रभावित भएर आर्कमेडीज जस्ता वैज्ञानिकहरुले आधुनिक विज्ञानमा योगदान दिएका हुन् । आचार्य आर्य भट्ट र वैज्ञानिक आर्कमेडिज यी दुई योगका दुई सभ्यताका अतुलनीय योगदानकर्ता हुन् भन्दा हुन्छ । सबैको जय होस् ॥
