जीवन निर्वाहमा मुल तः स्वस्थ हुनु स्वतः शिद्धताको प्रतिफल हुन आउने सन्दर्भ देखिन्छ । अतः विहान भरमा सके ४/५ कि.मी., नत्र २/३ कि.मी त विहानको सिरेटोमा हिड्न आनिवार्य अपरीहार्यता हुन्छ । त्यसैले हाम्रो समाजका व्यक्ति वर्गले त्यसैलाई अंगालेका छन् । जीवनको सान्दर्भिकता हो । त्यसको बाबजुदमा आफूलाई मात्र अलग राख्न एकलिन नहुने मानेतामा लाग्ने अभिप्रायले प्राय गरेर दैनिक न्युनतम मात्र भए पनि भोरको सिरेटोमा संलग्नमा छु । विहान हिड्दा भेट्ने जति सँग नभए पनि थोरैलाई मात्र सँग बोल्ने माध्यमका शब्दबाट सम्बोधन गर्ने गरेको छ । गर्दछन् पनि । जस्तो शब्द, सम्बोधनमा नारायण! जयसम्भो ! गुडमनिङ्ग ! यस्तै यस्तै । बनेपा बासी हुनुको नाताले यसको नजिकमा चप्लेटी, चण्डेश्वरी वनको १६०० सिढी, गोसाइकुण्ड भ्याली क्याम्पस, मगर गाउँ डाँडा, धनेश्वर महादेव स्थान, टंचोक लगायतका स्थानहरुमा विहानको समय खर्चिने र स्वस्थ हुन भनि विहानको हावामा आफूलाई समाहित गर्ने गरेका प्रसस्तै छन् । हुन्छन् । गर्छन । विहान पख हिड्दै गर्दा विहानको स्वस्थ हावामा फाइदा लिन पल्केका मध्यमा टोली विशेषमा भन्नु पर्दा शुभविहानी चप्लेटी समूह प्रेमशाके समुह त्यस्तै शम्भू तथास्तु समूहमा खुसी लागिएकोमा खुसी नै भएको अनुभूती महसुस हुन्छ । समूहमा लाग्दा, हाँसो आनन्द स्वस्थ आदिको प्राप्तमा मन प्रफुलित र मनोरमको स्वाद पाउदा जीवनको स्वार्थपनमा भने भूलिने रहेछन । हाल केहि समय देखि चप्लेटी भन्दा केही वरैवाट उकालोमा ककरे डाडामा सेतीदेवी स्थानमा पुगी उच्च स्थानमा पुगी त्यहाँको चौतारोमा केही समय २०–ब्२५ मिनेट ध्यान यागका कसरत गरी उच्च स्थान डाँडाको सितल सिरेतोमा बसी आनन्द लिने हामी ६/७ जना साथीहरुमा बानी परिसकेका छन् । भोरमा त्यस रमणिय सेतीदेवी चौतारैमा पुगी दैनिकी कार्यमा निश्चिन्त समय विताई भोर हटेपछि विहानको सूर्य उदाउँदो घामको झुल्कोमा अन्तिम ध्यान सकि यस दिनको विहानी कर्या समापन गरी त्यस भन्दा केही माथि नुनखाने चौर सम्म पुगि त्यहाँको दुध डेरीमा चिया पिई फर्कने मेलोमेसो चलिरहेकोमा द्रिध भएका छौँ । चिया खादाको रकम तिर्नेमा सम्भू, यादव, सिताराम, समन अनि म आँफै प्रतिस्पर्दा हुन्छ । धेरै जसो सम्भूबाट हामीलाई तिर्न दिदैन । फकँदा त्यहाँबाट टाढा टाढा देखिएका डाँडाहरुको बारेमा भए गरेका कुराकानी र हाँसोको वेग्लै मजा छ । कहिले राजनैतिक कहिले व्यवहारिक, कहिले धार्मिक तथा स्वार्थको पनि सान्धर्विक छलफलहरु हुने हुन्छन् । त्यसपछि जलेश्वरमा आर्य सन्भूबाट जलेश्वर महादेवको स्तुति भजन गाना गाउँदा विहानको आनन्दको मन मुग्धमा पुग्छौँ । जलेश्वरमा नुहाउने र सरसफाई गर्ने यसवाहरुसँग विहानको आनन्दको भलाकुसारी गरी आनन्द मनाइने हाम्रो समूहका आदतमा थप बल पुगेको छ । त्यस्तै हाल एक नयाँ समूहपनि उक्त ककरे डाँडामा पुग्ने गरेका छन् । ती समूहको नाम द्यबिअप बलम धजष्तभ भन्दा रहेछन् । १०–१२ जनाको समूह छन् । ती समूह भने विहानको भोर पछि पुग्ने हुन्छन् । ती समुहमा पनि हाँसी मजाक गर्ने खालका छन् यस वर्ष ती समूहले पूर्वाञ्चलको भ्रमण गरी आनन्द लिएको छन् । ती समूहका युवाहरु ६५ वर्षभन्दा मुनिका ४५ वर्ष माथिका देखिन्छन् । हाँसो, अनुनय, विनय, अनुग्रहता सबै तीनमा देखिन्छ ।
