IMG-LOGO

नेपाल भारत सम्बन्धको उत्तरचढाव–२ के हो कालापानी विवाद ?

 मंगल, माघ २२, २०८१  – आर. एल. श्रमजीवी

     हाम्रो देशको उत्तर हिमालपारी मित्र राष्ट्र चीन छ । चीन हाम्रो असल छिमेकी मुलुक हो हिमाल र विकट पहाडका कारण चीनसँग त्यति सीमा विवाद छैन जति दक्षिणी छिमेकी मुलुक भारतसँग हाम्रो सीमा विवाद छ । भारतसँगको खुल्ला सीमाका कारण हाम्रो इतिहास देखि नै विवाद छ । सीमा स्तम्भ सार्ने सीमामा भारतले हाम्रो भूमिलाई अतिक्रमण गर्ने क्रम रोकिएको छैन । नेपाल सरकार सीमा र भारतसँग अनेक विवाद आउँदा दीर्घकालीन समाधान तर्फ अग्रसर भएको देखिन्न ।      भारतले सन २०१८ मा सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपालका केही भू–भागलाई समेटिएपछि नेपालबाट चौतर्फी रुपमा विरोध मात्रै होईन एक मतले नेपालको सदनले सन १०१९ मा नयाँ चुच्चे नक्सापास गर्‍यो । नेपाली र भारतीय प्रिन्ट मिडिया, टेलिभिजनहरु सामाजिक संजाल र युट्युबमा यस बिषयमा निक्कै हल्ला भयो  ।      नक्सा पास भएको यतिका समय बितिसक्दा पनि दुई देशका बीच यस बिषयमा कुटनीतिक संवाद हुन सकेको छैन । भारतसँग यो बिषयमा कुरा गर्नु मुसाहरूले बिरालोको घाटीमा घन्टी बाँध्नु सरहको सकस शासकमा देखिन्छ । नत्र देशको अखण्डता माथि यत्रो धावा हुँदा फेरिएका सरकारहरुलाई किन प्राथमिकताको बिषय बन्दैन किन ? भारतले सन २०१८ मा जारी गरेको नयाँ नक्सामा दार्चुला जिल्लाको कालापानी लिपुलेक लिम्पुवाधुरालाई समेटेको थियो । कालापानी त इतिहास देखि नै विवादित भू–भाग हुँदै हो नयाँ नक्सामा लिपुलेक र लिम्पियाधुराको भू–भागलाई पनि भारतले गाभ्नु  दुःखद त हुँदै हो । भारतको हेपाह प्रवृत्ति हो । कालापानीको इतिहास      सन् १८१५ मा इष्ट इण्डिया कम्पनी र नेपालबीच भएको सुगौली सन्धिको धारा ५ अनुसार ‘नेपालका राजा तथा तिनका उत्तराधिकारी वावारेसले काली नदीको पश्चिममा पर्ने देशहरूसितका सम्बन्ध र सबै दाबीहरू परित्याग गर्ने तथा ती देशहरू वा तिनका बासिन्दासित कुनैचासो नराख्ने‘ भन्ने सहमति अनुसार नेपालको पश्चिमी सिमाना महाकाली नदीको पूर्व कायम भएको विज्ञहरुको भनाइ छ । २०१८ सालमा कालापानी र लिम्पुराधुरामा जनगणना गरेका भैरव रिसालले ए पी वान टेलिभिजनमा एक अन्तर्वार्ता दिदै भनेका छन् – कालापानी हाम्रो हो, भारतको यो कदम हेपाह प्रवृति हो ।      सन्धिका कारण महाकाली नदीको सिरानीमा रहेको १२ ब्यास र १४ चौदासका अर्थात् व्यास प्रगन्नाका नामले चिनिने ब्यास क्षेत्रका १२वटा गाउँहरू दुईतिर बाँडिन पुगेको रिसालले बताएका थिए । जसमध्ये गुञ्जी, नाभी, कुटी, टिङ्कर र छाङ्ग्‌रु लगायतका ६ वटा गाउँहरूनेपालतिर पर्न गए भने बाँकी ६ वटा गाउँ भारततिर परे । सुगौली सन्धिपछि भारतले बनाएको नक्सामा भने सन्धिमा भएको सम्झौता मिचिएको रिमालले दाबी गर्छन् ।      भारत स्वतन्त्र भइसकेपछि सन् १९६२ को भारत–चीन युद्धताका सो क्षेत्रमा नेपाली सुरक्षाकर्मीको अनुपस्थितिको फाइदा उठाउँदै भारतले उक्त नेपालीभूमि चीनविरुद्ध प्रयोग गर्‍यो । भारत–चीन युद्धमा भारतीय सेनाको एउटा मोर्चाले नेपालको लिम्पियाधुरा क्षेत्रअन्तर्गत लिपु भञ्ज्याङबाट चीनसँग युद्ध लड्यो । त्यसपछिका दिनहरूमा भने नेपाली भू–भाग लिम्पियाधुरा क्षेत्रमा नै ब्यारेक जमाएर बस्न थाल्यो ।शुरूमा सीमाचौकी स्थापना गरी केही प्रहरी जवान राखेको भारतले त्यसपछि त अर्धसैनिक बल इण्डो–टिबेटियन बोर्डरपुलिस फोर्स (आईटीबीपी) को ब्यारेक नै स्थापना गर्‍यो । सैन्यबलका आधारमा भारतले यतिबेला नेपालको महाकाली नदीको उद्गमलिम्पियाधुरादेखि लिपु भञ्ज्याङसम्मको ३७२ वर्ग किलोमिटरभन्दा बढी भू–भाग अतिक्रमण गरेको छ । उक्त अर्धसैनिक बलआईटीबीपीलाई तुल्‌सीनुराङ, कुटी, नाभी र गुन्जी सबै नेपाली गाउँहरूमा ब्यारेक संरचनासहित ठूलो सङ्ख्यामा तैनाथ गरेको छ । अत्याधुनिक सुविधासम्पन्न ती सबैतिरका ब्यारेकहरूमा सीसीटीभी क्यामेराहरू जडान गरेको छ । कोही छाङग्रु, माथिल्लो कावा, लिपु, टिङ्कर भञ्ज्याङ, पङ्खागाड, गुञ्जी र नाभीदेखि आएगएको दृश्य ब्यारेकभित्रैबाट हेर्नसक्ने व्यवस्था गरेको छ । नेपालले आफ्‌नो प्रशासनिक नक्सामा नेपालमा पर्ने सबै भू–भागहरू समेटेको भएपनि ३ सय ७२ वर्गकिलोमिटर भू–भागमा भारतीय सेनाले कब्जा गरेको हो । आफ्‌ना सेनाले कब्जा गरेर राखेको भू–भागलाई भारतले आधिकारिकता प्रदान गर्दै आफ्‌नो नयाँ राजनीतिक नक्सामा समावेश गरेको देखिन्छ । के भन्छ नापी विभाग ?      नापी विभागले देशका अन्य ठाउँमा विवाद समाधान गरेर सीमास्तम्भ गाड्ने र नक्साङ्कन गर्ने लगायतका कामहरू भइरहेका भए पनिसुस्ता र कालापानीबारे विवादलाई मिलाउने जिम्मेवारी परराष्ट्रसचिव स्तरीय संयन्त्रको रहेको बताएको छ । विभागका  विभागका अनुसार परराष्ट्र सचिव स्तरीय संयन्त्रलाई चाहिने भए हामीले प्राविधिक सहयोग दिन सक्छौँ । केही महिनाअघि भने नापीविभागले देशकै निसान छाप र कतिपय सरकारी निकायले कालापानी क्षेत्रको आफ्‌नो भूभाग नदेखिएको नक्सा प्रयोग गरेको भन्दै सच्याउन पत्राचार गरेको थियो । नापी विभागले ‘सही नक्सा‘ पहिचानको गर्न दार्चुला जिल्लाको माथिल्लो भाग चुच्चो भएको नक्सालाई सही र डाडुजस्तो भएको नक्सा गलत भनेर बुझाएको थियो । नक्कली काली नदी बनाएर भू–भाग हडप्दै      पहिला लिपुलेकबाट आउने काली नदीलाई अन्तर्राष्ट्रिय सीमा मानिएको थियो तर यिनीहरूले अहिले नक्कली काली नदी बनाएर जालसाँजी गरिरहेको जस्तो देखिन्छ । ‘नक्कली सुरक्षा क्याम्प राखेर भारतीय पक्षले नक्कली सीमा बनाउने काम गरिरहेकोछ । त्यही नक्कली सीमालाई भारतीय गृहमन्त्रालयले सदर गरेको छ । द्वीपक्षीय रूपमा वार्ता गरेर पूरानो र नयाँ नक्सासँग भिडाउनु पर्‍यो । त्यहाँ नेपाली पक्षबाट तिरो तिरिरहेका मानिस छन्, नेपालको आधिकारिक भू–भाग कति छ त्यो स्पष्ट छ । त्यही अनुसार राज्यले कदम चाल्नु पर्छ ।    

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्