IMG-LOGO

महर्षी सुश्रुत र उनको चिकित्साशास्त्र

 मंगल, माघ १५, २०८१  माधव रेग्मी

     प्राचीन पूर्वीय ज्ञान विज्ञानको एक महत्त्वपूर्ण रूप हो, जसमा महर्षी सुश्रुतको पनि धेरथोर योगदान रहेको छ । पूर्वीय दर्शनका अनुसार महर्षि सुश्रुत चिकित्सा विज्ञानका अत्यन्त ऊर्जाशील, आधुनिक भाषामा भन्दा, वैज्ञानिक थिए । सुश्रुतलाई चिकित्सा क्षेत्रका जननी भनेर पनि चिनिन्छ । तत्कालीन समयमा उनले आफ्नो चिकित्सकीय क्षेत्रमा विश्वमा सबैभन्दा उत्कृष्ट  योगदान पु¥याएका थिए । त्यसैले उनलाई ’फादर अफ सर्जरी’ अर्थात् शल्य चिकित्साका पिता पनि भनेर भन्ने गरिन्छ । महर्षी सुश्रुत चिकित्साको क्षेत्रमा उत्कृष्ट काम गर्ने विश्वका सबैभन्दा पुराना चिकित्सा विद्वानहरू मध्ये एक थिए । उनीद्वारा गरिएका धेरै चिकित्सकीय उपचारहरू आज पनि पूर्वीय दर्शन र चिकित्सकीय शास्त्रहरूमा पढ्न पाइन्छ । उनीद्वारा गरिएका विभिन्न शल्य चिकित्साहरु र अन्य चिकित्सकीय ज्ञानहरूको भण्डार शास्त्रको नाम हो ’सुश्रुत संहिता’।          महर्षी सुश्रुतको नामबाट रचित चिकित्सा ग्रन्थ, सुश्रुत संहितामा सामान्य रोगको उपचारदेखि जटिल रोगको शल्यक्रियासम्मका उपचार पद्धतिहरूको बारेमा पढ्न पाइन्छ। महर्षी सुश्रुतले विकास गरेका आन्तरिक र बाह्य रोगहरूको उपचार पद्धतिका विभिन्न आयामहरू, उनले रोग निदानका लागि उपयोगमा ल्याएका जडीबुटी र त्यसबाट निदान भएका रोगहरूको बारेमा उक्त पुस्तकमा उल्लेख्य मात्रामा संकलन गरिएको छ। सुश्रुत संहितामा महर्षी सुश्रुतले आन्तरिक एबम् बाह्य रोगहरूको उपचारको बारेमा कसरी सुरक्षित र प्रभावकारी शल्यक्रियाहरू गर्न सकिन्छ भनेर वर्णन गरेका छन् ।      महर्षी सुश्रुत शल्य चिकित्सक मात्र नभएर एक महान रसायनशास्त्री उत्कृष्ट ज्योतिषी र योग साधक पनि थिए भन्ने कुरा उनले ती क्षेत्रहरूमा पु¥याएको योगदानका बारेमा सुश्रुत संहितामै गरिएको वर्णनले पनि जानकारी दिन्छ । उनको यस्तो अद्वितीय विद्धतालाई सम्मान गर्दै भारतले त उनलाई फादर अफ मेडिकल साइन्सेज भनेर सम्मान गरेको छ ।      सुश्रु तको सुश्रुत संहिता एउटा महत्वपूर्ण एवं अनुपम ग्रन्थ हो । जसमा विभिन्न चिकित्सा विज्ञानका सिद्धान्त, तिनको प्रयोग र अनुभवको बारेमा चर्चा गरिएको छ । सुश्रुत संहिताकै अनुसरण गरेर आजको आधुनिक चिकित्सा पद्धति अगाडि बढेको हो भनेर भन्दा अत्युक्ति नहोला ।      महर्षि सुश्रुतको योगदान संस्कृति र चिकित्सामा धेरै महत्त्वपूर्ण छ । शल्य चिकित्साको क्षेत्रमा उहाँले दिनुभएको धेरै शिक्षा र सूत्र कोडहरूमा उहाँको अमूर्त ज्ञानलाई उजागर गर्न, उनको ’सुश्रुत संहिता’ बाट धेरै उदाहरण प्रस्तुत गर्न सकिन्छ । सुश्रुत संहितामा शल्यक्रियाको अनौठो विवरण पाइन्छ। शल्य क्रियाको बारेमा यस्तो भनिएको छ । यत्र यत्र शरीरस्थो रुजां ग्रामस्थ वा वयः । तत्र तत्र शल्यकरो गृहीत्वा चोपशोधयेत् ।।      अर्थात, शरीरमा जहाँ–जहाँ रोग छ, त्यहाँ शल्यचिकित्सक बोलाएर रोगीको उपचार गर्नुपर्छ । शल्यक्रिया मार्फत विभिन्न रोगको सफल उपचार सम्भव बनाउँछ ।      सुश्रुतले चिकित्साको क्षेत्रमा धेरै प्रकारका शल्यक्रियाहरूबारे चर्चा गरेका छन्। महर्षि सुश्रुतको योगदान आधुनिक चिकित्सा विज्ञानमा पनि धेरै महत्त्वपूर्ण छ । उनको शल्यक्रिया अझै पनि विश्वभरका डाक्टरहरूका लागि प्रेरणाको स्रोत बनेको छ र उनको ज्ञानले मात्र विज्ञानको उचाइ हासिल गर्न सकिन्छ । महर्षि सुश्रुतले पूर्वीय चिकित्सा विज्ञानमा एक अद्वितीय र अग्रगामी नक्षत्रका रूपमा सधैँ प्रकाश दिइरहे । उनले विभिन्न प्रकारका शल्यक्रियाहरू स्थापना गरे, जसमा एन्टि–इन्फ्लेमेसन, सिजेरियन सेक्शन, र हेमेटेमेसिस समावेश छ । उनको वैज्ञानिक शल्यक्रिया शैलीले चिकित्सा क्षेत्रमा नयाँ दिशा प्रदान गर्दै विश्वले उनलाई ‘फादर अफ सर्जरी’ भन्न बाध्य बनायो ।      महर्षि सुश्रुतको श्रेष्ठता अवर्णनीय छ। यसमा शङ्का छैन उनि चिकित्सा विज्ञानका पिता हुन् जसले आजको आधुनिक विज्ञानमा शल्यक्रियालाई पहिलो पटक प्रस्तुत गरे । आफ्नो उत्कृष्ट सर्जिकल ज्ञानको साथमा विश्वलाई २०० भन्दा बढी शल्यचिकित्सा प्रक्रियाहरू, विधिहरू र शल्यचिकित्सा उपकरणहरू उत्पादन गर्ने लगभग ३०० विधिहरू दिएका छन् । उनले आफ्नो सुश्रुत संहितामा दाँतको स्वास्थ्य र दाँतको शल्यक्रिया, मोतिबिन्दुको उपचार, प्लास्टिक सर्जरी, सिजेरियन र सबैभन्दा जटिल मस्तिष्कको शल्यक्रिया र अन्य धेरै शल्यक्रियाहरू धेरै कुशलतापूर्वक वर्णन गरेका छन्, जुन आज पनि आधुनिक चिकित्सा विज्ञानलाई उपयोगी छ ।      यस्ता महान शल्यचिकित्सक तथा चिकित्सा विज्ञानका अग्रदूत महर्षि सुश्रुतलाई लाखौं लाख प्रणाम । सबैको जय होस् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्