IMG-LOGO

शिक्षकको पिडा

 मंगल, माघ १५, २०८१  ---

     काभ्रेपलाञ्चोक जिल्ला भुम्लु गापा ४ मा अवस्थित श्री सेती देबी माबि काभ्रेको बिद्यालय प्रशासन र बिब्यसले अस्थायी करारमा कार्यरत शिक्षकहरूसँग करारमा जागिर खाए बापत जनहि २५०००÷– माग गरेको छ । एक जना माबिमा नयाँ नियुक्ति सँगै बिस्थापनमा परिसकेका छन् । उनको २ महिनाको तलब रोक्का छ । भने अर्का २ जना निमाबि र प्रबिमा पदास्थापन भए सँगै बिस्थापनमा पर्ने छन। बिद्यालय प्रशासन वडा सदस्य र बिब्यस अध्यक्षले शिक्षक सँग रकम माग गरेका हुन।उक्त कुरा जानकारी गराउँदा शिक्षा शाखाले पनि खासै चासो नदिएको बिस्थापनमा परि २ महिनादेखी तलब रोक्कामा परेका शिक्षकले तलब रोक्का बिषयमा बुझ्न खोज्दा बिब्यस अध्यक्षले सम्मै आफ्नो पावर छ भन्दै हकारेको बताएका छन् । उक्त विद्यालयले सरूवा करारमा शिक्षक नियुक्ति गर्दा रकम असुल्ने गरेको छ । उक्त बिद्यालयमा प्रायः शिक्षक अभाब भईरहन्छ । अहिले लगभग २ महिनादेखी माबि अंग्रेजी शिक्षक खाली रहेको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्