IMG-LOGO

वैदेशिक रोजगारी र आत्महत्या

 मंगल, माघ १५, २०८१  – कृशु क्षेत्री

     वैदेशिक रोजगारीमा रहेका भाइ बहिनीहरूमा आत्महत्या गर्ने प्रवृत्तिमा अत्यधिक बृद्धि भइरहेको छ । कतारकै सन्दर्भमा पनि जनवरी महिनामा मात्र दिवंगत भएका १२ जना नेपालीमध्ये ३ जनाले आत्महत्या गरेर मृत्युवरण गरेको घटना देखिएको छ ।      घटनालाई नजिकबाट नियाल्दा आत्महत्या गर्न विशेष गरी युवा युवतीहरू नै अगाडि देखिएको छ । प्रेम सम्बन्ध, पारिवारिक विघटन, मादक पदार्थ तथा लागु पदार्थको दुव्र्यसन, बेरोजगारी एवं डिप्रेसन जस्ता कारणले आत्महत्याको घटनामा अधिक बृद्धि भएको देखिन्छ । म वैदेशिक रोजगारीमा विशेष गरी कतारमा रहनु हुने भाइ बहिनीहरूलाई आत्महत्याको बाटो रोजेर आफ्नो घर परिवार समाजलाई समेत पीडामा नधेकल्न अनुरोध गर्छु ।      मेरो मित्र तथा कतारको नेपाली समाजका वरिष्ठ सामाजिक अभियन्ता श्री सागर नेपाल बारम्बार मलाई कचकच गर्नु हुन्छ – कृसु सर तपाईँले नै दुव्र्यसन, बेरोजगारी, डिप्रेसन एवं आत्महत्या विषयमा एउटा चेतनामूलक सूचना सम्प्रेषण गर्नु प¥यो । सागर नेपालजी, नरेन्द्र भाटजी, राज रेग्मीजी, आर के शर्माजी, विमल सुवेदीजी, महेन्द्र चौंलागाईँजी, शंकर नेउपानेजी, डीएन मगरजी, रमजान अलिजी, क्रान्ति सिंहजी, रमेश भट्टजी, अब्दुल करिमजी, रामजी खत्रीजी, तिलक श्रेष्ठजी, कृष्ण पन्थीजी लगायतका कतारका विशिष्ट व्यक्तित्वहरू प्रायः मसँग कतारमा रहेका नेपालीहरूको बिग्रदैँ गएको चरित्र, बढ्दो पारिवारिक विघटन, दुव्र्यसनको चढ्दो ग्राफप्रति सधैँ चिन्ता व्यक्त गरिरहनु हुन्छ ।      मेरा अनुज भाइ बहिनीहरू ! तपाईँहरूले अँगाल्ने एक गलत कदमले तपाईँको सोच चाहना र आकांक्षालाई पूरा त गर्दैन नै तपाईँप्रति आशाको नजरले हेर्ने तपाईँका बृद्ध बाबु आमा तथा परिवारमा समेत घोर निराशा सिर्जना गर्छ । अझ आत्महत्याबाट मृत्युवरण गरेर कुनै पनि समस्याको समाधान हुँदैन । तपाईँको पत्नी अर्काको अंगालोबाट फर्केर आउँदिनन् । तपाईँको प्रेमी वा प्रेमिकाले धोका दिएर मृत्युवरण गर्दा तपाईँले जित हासिल गर्न सक्नु हुन्न । बेरोजगार हुँदा, श्री सम्पत्ति अर्काले हरण गर्दा आत्महत्या रोजेर तपाईँप्रति परिवारले, समाजले र राष्ट्रले गरेको अपेक्षा कदापि पूरा हुँदैन । आत्महत्या कायरहरूले मात्र रोज्ने बाटो हो । यस्तो कायरतापूर्ण कार्यमा अग्रसर हुनुभन्दा त बल्ल पाएको यो जुनीमा संघर्ष गरेर नै बाँच्छु भन्ने सोच्नू है एकपटक । तपाईँ बाँच्दा मात्र तपाईँलाई छाडेर जाने पूर्व पति वा पत्नीलाई पीडा हुन्छ । तपाईँ जीवित रहँदा मात्र तपाईँलाई धोका दिने प्रेमी वा प्रेमिकाको अनुहार झुक्छ । तपाईँ बाँचेर हाँस्नु भयो भने मात्र तपाईँको बृद्ध बाबु आमाको अनि परिवारको अनुहारमा खुसीको गुराँस फुल्छ ।      सरी सागरजी तपाईँले असाध्यै गरेको गनगनका बाबजुद पनि यो पटक यत्तिमात्र भनेँ ।  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्