आजकल प्रजातन्त्र सङ्कटमा परेको धेरै सुनिन्छ । डोनाल्ड ट्रम्पको चुनावी जितपछि र अन्य धेरै प्रजातान्त्रिक देशहरूमा राजनीतिक उथलपुथलको समाचारले उदारवादी प्रजातन्त्र जताततै पछाडि परेको देखिन्छ । अधिनायकवादीहरूको आर्थिक सङ्कट, तीव्र सामाजिक परिवर्तन, सामूहिक बसाइँ सराई, विकृति र सामान्य अस्वस्थताको असन्तुष्टिलाई अगाडी राख्ने प्रवृत्तिले गर्दा उदारवादी प्रजातन्त्र जताततै पछि धकेलिएको धारणा सिर्जना गरेको हो । दोस्रो विश्वयुद्ध पछि अस्ट्रियाले आफ्नो पहिलो अति दक्षिणपन्थी चान्सलर (सरकार प्रमुख) पाउन सक्छ । फ्रान्समा तीन वर्षमा पाँचौँ प्रधानमन्त्रीमा आइसकेको छ, जर्मनी चुनावमा जाँदै छ र अहिलेका चान्सलरको हार पक्का छ, क्यानडाका अलोकप्रिय प्रधानमन्त्री जस्टिन ट्रुडोले आफ्नै पार्टी भित्रको दबाबमा राजीनामा दिए, इटालीमा पनि अवस्था उस्तै छ, हंगेरीका भिक्टर ओर्बानको शासनमा प्रजातन्त्र माथि आक्रमण भइरहेको छ र पपुलिष्ट पार्टीहरूले युरोपको हरेक कुनामा प्रवेश गरिरहेको देखिन्छ । साथै इजरायल, भारत, दक्षिण कोरिया अन्यत्र पनि सधैँ थप समस्याग्रस्त समाचार छ । विश्वव्यापी यस्तो प्रवृत्ति बुझ्न सजिलो छ । विश्वका धेरै देशका मानिसहरूले स्थापित व्यवस्थामा विश्वास गुमाउँदै र विश्वव्यापीकरणबाट निराश भएसँगै उग्रवादी र लोकप्रियतावादीहरूको पछि लागेको देख्न सकिन्छ । टाइम्सका एक स्तम्भकारले एक पटक लेखेका थिए ‘ विश्वमा उदार प्रजातन्त्र अब गम्भीर समस्यामा छ भन्ने कुरालाई नबुझी आजका दिनहरूमा युरोपमा यात्रा गर्न, वा वाशिंगटनमा बस्न पनि गाह्रो छ । स्वतन्त्र समाजले आर्थिक, राजनीतिक र दार्शनिक समस्याहरूको सामना गर्न सक्ने नसक्ने क्षमताको बारेमा हामी व्यापक शङ्काहरूको समयमा बाँचिरहेका छौँ । ’ धेरै पाठकहरू यसमा सहमत हुनेछन् । वास्तवमा धेरैले विश्वास गरेका थिए, जब लगभग आधा शताब्दी पहिले सन् १९७५ जुनमा जेम्स रेस्टनले माथिका ती शब्दहरू लेखेका थिए । तर त्यस बेला प्रजातन्त्रको ह्रास भएन । आज प्रजातन्त्रले गम्भीर चुनौतीहरूको सामना गरिरहेको छ भन्ने कुनै प्रश्न नै छैन। तर यो अर्को प्रश्न हो कि विश्वव्यापी प्रजातान्त्रिक व्यवस्था पछाडि परिरहेको छ वा खराबः उदार प्रजातन्त्र पतन हुने खतरामा छ । तर द टाइम्सको बर्लिन ब्यूरो प्रमुख जिम ट्यान्करस्लेले जर्मनीको दुर्दशाको भर्खरैको विश्लेषणमा सुझाव दिएझैँ ‘सबै अस्वस्थता समान हुँदैनन् ’ भने। पश्चिमी प्रजातन्त्रहरूमा देखिएको असन्तुष्टिको व्यापक रूपमा समान कारण हुन सक्छन् तर प्रत्येक देशका नेताहरू र प्रणालीहरू फरक भएजस्तै राजनीतिक परिणामहरू पनि फरक हुन्छन् । ‘डेमोक्रेसी इरोड्स फ्रम द टप’ का लेखक ल्यारी एम. बार्टेलको अनुसार यो अन्ततः नेताहरू हुन् जसले परिणामहरूलाई आकार दिन्छन् । बार्टेलको अनुसार सार्वजनिक राय एक निष्क्रिय जलाशय भन्दा सक्रिय लहर हो जसमा नेताहरूले प्रतिक्रिया दिन्छन् वा जसलाई सिधान्तहिनहरुले आफ्नो फाइदाको लागि प्रयोग गर्दछन् । एक अन्तर्वार्तामा बार्टेलले भनेका थिए ूमलाई लाग्छ कि पर्यवेक्षकहरूको सधैं जनमतमा परिवर्तनको सन्दर्भमा गहिरो अर्थ हेर्ने प्रवृत्ति हुन्छ । यी अवस्थाहरू बाहिरी पर्यवेक्षकहरूको हेराई भन्दा बढी देशको विशिष्टता आधारित हुन्छ ।‘ विश्वव्यापी राजनीतिक उथलपुथलहरूलाई अलग–अलग रूपमा हेर्दा तिनीहरूको अद्वितीय विशेषताहरू र चुनौतीहरू अलग रूपमा देख्न सकिन्छ । साथै धेरै जसो देशहरूमा नयाँ दक्षिणपन्थीहरूलाई अङ्गालेको भन्दा वर्तमान नेताहरू विरुद्धको प्रतिक्रियामा बढी जरा गाडिएको देखिन्छ । फ्रान्सेली राजनीतिलाई परिवर्तन गर्न कटिबद्ध राष्ट्रपति इमानुएल म्याक्रोन पहिलो पटक सन् २०१७ मा निर्वाचित भएका थिए र राजनीतिमा परिवर्तन भएको छ । दक्षिणपन्थी नेता मरीन ले पेन राष्ट्रिय राजनीतिको दाबेदारमा आउन सक्नु उनको सफलता हो किनभने उनले आफ्नो राष्ट्रिय ¥याली पार्टीमा दक्षिणपन्थी प्रवाह कम गर्नमा उनी सफल भएकी छन्। अस्ट्रियामा गएको सेप्टेम्बर २९ मा भएको चुनावमा दक्षिणपन्थी फ्रिडम पार्टीले मुख्य धाराका पार्टीहरूलाई पछाडि पारी पहिलो स्थानमा पुग्यो। तर त्यहाँ पुग्नको लागि यस पार्टीले आफ्नो स्वर र विचारमा पनि संयमित गर्नुपर्यो। तर यति गर्दै गर्दै पनि यस पार्टीले सरकार गठन गर्न आवश्यक अन्य गठबन्धन पार्टीहरू फेला पार्न असफल हुने खतरा अझै छ । काउन्सिल अन फरेन रिलेसनमा रहेका युरोपका विशेषज्ञ लियाना फिक्सले भन्छिन्– ‘यदि सन् १९९० को दशकसँग तुलना गर्ने हो भने, हो, चीजहरू खराब हुँदै गइरहेका छन्् । तर सन् १९६०, ७० र ८० को दशकलाई एक इतिहासकारको रूपमा फर्केर हेर्दै, उनले भनिन् – ‘तस्बिर एकदम फरक देखिन्छ । त्यसैले आधार के हो ? हो विश्वव्यापीकरणले ९० को दशकमा जस्तो आशाहरू देखाउँदैन र हामी अझ विवादास्पद युगमा फर्केका छौँ, तर उदार प्रजातन्त्रको युग समाप्त भएको छैन ’ । आधुनिक प्रजातन्त्रको दीप संयुक्त राज्य अमेरिकाको इतिहास ट्रम्पको उदय पूर्व पनि देश एकता र सद्भावमा पूर्ण एकबद्ध थिएन । अमेरिकाले बारम्बार सङ्कटको सामना गरेको कुरा सुजेन मेटलर र रोबर्ट सी । लिबरम्यानले आफ्नो पुस्तक ‘फोर थ्रेट्सः द रिकरिङ क्राइसेज अफ अमेरिकन डेमोक्रेसी ’ मा लेख्छन् । प्रत्येक घटनामा राजनीतिक लडाई यस्तो बिन्दुमा पुग्यो जहाँ अमेरिकीहरूलाई डर थियो कि सरकार पतन हुन सक्छ, सङ्घ विघटन हुन सक्छ, वा अशान्ति, हिंसा, वा गृहयुद्ध पनि सुरु हुन सक्छ । जसमध्ये केही पक्कै पनि भए । यसको मतलब आज अमेरिकामा चिन्ता लिनुपर्ने कुरा छैन भन्ने होइन । यसको विपरीत मेटलर र लिबरम्यानले संयुक्त राज्य अमेरिकाका लागि चार पुनः पुनरावृत्ति खतराहरूको वर्तमान सङ्गममा गम्भीर खतरा देख्छन् ध्रुवीकरण, जनजातिवाद, आर्थिक असमानता र अत्यधिक कार्यकारी शक्ति । तर यदि ट्र«म्पको दोस्रो चुनावले विदेशमा अधिनायकवादीहरूलाई उत्प्रेरित गर्छ भने यसको मतलब यो होइन कि उनीहरूले आफ्नो देशहरूमा फस्टाएको अस्वस्थता संयुक्त राज्य अमेरिकामा भएको अस्वस्थता जस्तै हो । एट्लान्टिक महासागरको दुवै भागमा रहेका देशमा दक्षिणपन्थी आन्दोलनहरू हुँदा आप्रवासीहरूको मुद्दा उठे पनि सन्दर्भ प्रायः फरक हुन्छ । भ्यान्डरबिल्टको सेन्टर फर द स्टडी अफ डेमोक्र्याटिक इन्स्टिच्युट सह–निर्देशक बार्टलको अनुसार अति दक्षिणपन्थी राजनीतिज्ञहरूको बयानबाजीको बाबजुद पनि युरोपेलीहरू २० वा २५ वर्षअघिको तुलनामा आज आप्रवासनप्रति बढी अनुकूल रहेको सर्वेक्षणले देखाएको छ । त्यस्तै गरी युरोपका साँस्कृतिक र सामाजिक युद्धहरू संयुक्त राज्य अमेरिकाको तुलनामा धेरै कम छन् । प्रजातन्त्रको लागि खतराहरू विविध छन् । यो कहाँ जान्छ भनेर चिन्तितहरूको लागि ठूलो सान्त्वना नहुन सक्छ र त्यहाँ सतर्क रहन सबै कारणहरू छन् । तर यो आश्वस्त हुनुपर्दछ कि प्रजातन्त्रले विश्वव्यापी लोप हुने घटनाको सामना गरिरहेको छैन । तर यी घटनाहरू ती आँधी बेरीहरू हुन्, जुन प्रजातन्त्रले प्रायः तिनीहरूबाट पार पाउने बाटो फेला पारिरहेकै थिए र फेला परिरहने नै छन् । श्रोत ः द न्यू योर्क टाइम्स लेखक सर्ज श्मेमनले सन् १९८० देखि टाइम्समा संलग्न भई मस्को, बोन, जेरुसेलम र संयुक्त राष्ट्र सङ्घमा ब्युरो प्रमुखको रूपमा काम गरे । उनी सन् २००३ देखि २०१३ सम्म पेरिसमा द इन्टरनेशनल हेराल्ड ट्रिब्युनको सम्पादकीय पृष्ठका सम्पादक पनि थिए ।
