IMG-LOGO

बसुधैव कुटुम्बकम्

 मंगल, माघ १, २०८१  माधव रेग्मी

    वसुधैव कुटुम्बकम यो एउटा संस्कृत वाक्यांश हो । यो वाक्यांश महाउपनिषद नामक प्राचीन हिन्दू ग्रन्थबाट लिईएको हो। यो वाक्यांशले विश्व एक परिवार हो भन्ने बुझाउँछ। आजभन्दा ५–७ हजार वर्ष अघिदेखि उद्धृत यो वाक्यांश आज पनि उत्तिकै प्रासंगिक छ । यसले वैश्विक परिप्रेक्ष्यमा व्यक्तिगत या पारिवारिक नभएर सामूहिक कल्याणलाई प्राथमिकता दिन्छ । यसले अरुको कल्याणको बारेमा सोच्न सिकाउँछ। आजको समयमा त झन यसको महत्व अरू बढेको छ ।     विश्वलाई एकजुट बनाउनु, अरुको कल्याणको बारेमा सोच्नु, विशेष गरेर अहिलेको जल्दो बल्दो समस्या जलवायु परिवर्तन र विश्व कल्याणको बारेमा चर्चा गर्नु, शान्ति र सद्भाव कायम गर्नु, विभिन्न मतभेदहरूप्रति सहिष्णुता दर्शाउनु, विश्व परिदृश्यमा देखा परेका महत्त्वपूर्ण मुद्दाहरूको समाधानका लागि तत्पर रहनु, यी सबै हाम्रा दर्शनहरूले निर्देशित गरेका पशुधैव कुटुम्बकमको मूल मन्त्रबाट अभिप्रेरित भएका मुद्दाहरु हुन् । वसुधैव कुटुम्बकम, बसुधा इव अनि कुटुम्बकम तिन शब्द मिलेर बनेको छ । अयं निजः परो वेति गणना लघुचेतसाम्, उदरचरितानां तु वसुधैव कुटुम्बकम्     भन्ने महोपनिषदको मूल श्लोकबाट लिइएको हो । यसको आशय बसुधा अर्थात पृथ्वीमा भएका सबै जीवप्राणीहरू, इव अर्थात् झैं कुटुम्बकम अर्थात् एकअर्कामा दाजुभाइ दिदीबहिनी हुन् । पूर्वीय दर्शनमा यो वाक्य ले समाजमा महत्वपूर्ण नैतिक मूल्य बोकेको मान्ने गरिन्छ । यो वाक्यांश लाई त अझ गत बर्ष भारतले न्द्दण् राष्ट्रहरुको सम्मेलन भवनमा नै मूल मंत्रको रुपमा सजाएर पूर्वीय मूल्यलाई अझ उजागर गरेको थियो । यस्तो अभियानबाट एउटा सर्वोच्च र सार्वभौमिक समाजलाई एउटै आत्मामा अभूतपूर्ण तरिकाले जोडेको हुन्छ । माथि भनिएको श्लोकले व्यक्तिको आफ्ना गुणहरूलाई पनि प्रतिबिम्बित गर्दछ । पृथ्वीमा भएका सबै प्राणीहरू एकअर्का प्रति समर्पण भावले लाग्दछन् भन्ने कुराको पनि अर्थ जनाउँछ ।      लोकप्रिय हिन्दू शास्त्र श्रीमद्भागवतगीता, महापुराणहरू र अन्य हिन्दू धर्मशास्त्र इतिहास र साहित्यहरुमा बसुदैव कुटुम्बकम भन्ने वाक्यांशले उच्च आध्यात्मिक चेतनालाई जनाउँदछ । वसुधैव कुटुम्बकमको यस्तो महानतम विचार आज पनि उत्तिकै प्रासंगिक मानिन्छ। यसले विश्वभाइचारालाई बढावा दिन्छ । यस्तो विचारले व्यक्तिगत सम्बन्धलाई मात्र नभएर सामाजिक सम्बन्धलाई समेत प्राथमिकतामा राखेको हुन्छ । यस्तो विचारले अरुको कल्याणको चाहना राखेको हुन्छ । यस्तो विचारले सर्वकल्याणको लागि भएका अनेकौँ प्रयासहरू जस्तै जलवायु परिवर्तन शान्ति र विकास, सामाजि सद्भाव र सहिष्णुतालाई अझ बढी एकजुट र मजबुत बनाउन सहयोग गर्दछ । एकले अर्काको अस्तित्व स्वीकार गर्नु, एकले अर्कोको शान्तिलाई प्रश्रय दिनु यो वाक्यंशको अभिप्राय हो । यस्तो वाक्यांशको प्रयोगले हाम्रो संस्कृति कति समृद्ध र कति परिपक्क छ भन्ने दर्शाउँछ । हामी त्यस्तो सांस्कृतिक धरोहरमा जन्मिएका र हुर्किएका सन्तति हौँ जसले अहम ब्रह्मास्मि देखि वसुधैव कुटुम्बकम सम्म अवलम्बन गरेको छ ।    

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्