काभ्रे जिल्लाको अग्रणी प्रिन्ट मिडिया काभ्रे टाइम्सले आफ्नो प्रकाशन यात्रालाई निरन्तरता दिँदै २९ वर्षको यात्रामा अग्रसर हुँदैछ । पछिल्लो केही समय देखि ‘वन म्यान आर्मी’ को रुपमा रमेश न्यौपानेको दौडधुप अनि सक्रियताले पनि यो निरन्तरता सम्भव भएको हो जस्तो लाग्छ । काभ्रे टाइम्सका वर्ष २८ का अंकहरुमा मैले सदा भैंm समसामयिक विषय एवं मेरो विषयगत महिला स्वास्थ्यमा अलि बढी कलम चलाएँ । पटक पटक गर्भ खेर जाने समस्या, गर्भावस्थामा उल्टी आउने समस्या, दादुरा रुबेल्ला खोप अभियान, आङ खस्ने समस्या, सामान्य प्रसवोत्तर स्वास्थ्य हेरचाह, असामान्य प्रसवोत्तर स्वास्थ्य, जुम्ल्याहा गर्भ, पोलियो खोप अभियान, पोलियो सन्त्रास, क्वाँटीको महत्व, महिलाजन्य बाँझोपनको चासो, डेंगु ज्वरो, मुटुको हेरचाह, कोलेस्टेरोलको नालीबेली, तिहारमा स्वास्थ्यको हेरचाह, मधुमेह, एड्स रोग, योमरीको फाईदा, मंकीपक्स लगायतका स्वास्थ्य विषय लगायत पनौतीको अग्रज मच्छे नारायण कर्माचार्यको व्यक्तिवृतका साथै साहित्यकार छविरमण सिलवाल र प्रदीप सापकोटाका पुस्तकहरुको समीक्षा पनि यसै वर्ष लेखें । यो वर्ष मेरो लागि काभ्रे टाइम्ससँग सम्बन्धित अर्को मुख्य विषय हो – मैले मेरो बुबाको स्मृतिमा स्थापना गरेको ‘पुष्पराज स्मृति रोटरी पत्रकारिता सम्मान’ पहिलो पटक काभ्रे टाइम्सलाई अर्पण गर्न पाउनु । काभ्रे टाइम्सले ग्रामीण संचारकर्ममा पु¥याएको योगदानको कदर गरेर यो सम्मान अर्पण गरिएको हो । आगामी दिनमा पनि काभ्रे टाइम्सले यस्तो योगदानको कदर हुँदै जाओस् । समग्रमा कोभिडपछिको आर्थिक मन्दीमा पनि काभ्रे टाइम्सले निरन्तरता पाउनु नै सुखद पक्ष हो । काभ्रे टाइम्सको अर्को राम्रो पक्ष भनेको गामठामकै विषयवस्तुहरुलाई प्राथमिकताका साथ छाप्नु हो । भलै विज्ञापनका लगायतका कारणले होला, साकोसहरुको साधारणसभाका समाचारहरुले अलि बढी स्पेश पाएको देखिन्छ । यसैगरी काभ्रे जिल्लाकै विभिन्न विषयहरुसँग सम्बन्धित व्यक्तिहरुको अन्तरवार्ता प्रकाशन पनि अर्को महत्वपूर्ण पक्ष हो । समसामयिक रुपमा काभ्रे टाइम्सले विषय विविधीकरण अन्तर्गतका विषयहरु समेट्दै जानु राम्रो हुन्छ । तत्कालका लागि सबै अंकहरु रङ्गिन पेजमा छाप्ने काम अलि गाह्रो हुनसक्छ । तर पनि विशेष अवसरहरुमा रङ्गिनमा छापेर रेकर्ड ब्रेक गर्ने बेला आइसकेको छ । हाल विभिन्न विषयका सिद्धहस्त व्यक्तिहरुको अन्तरवार्ता छापिए जस्तै उहाँहरु जस्तैलाई अतिथि लेखकका रुपमा विभिन्न अवसर पारेर गहकिलो विषयमा लेखहरु लेख्नको लागि अनुरोध गर्नु राम्रो हुन्छ । साहित्य, खेलकूद र मनोरञ्जनलाई अलि बढी स्पेश दिनु राम्रो हुन्छ । मैले पहिले पनि निकै पटक विचार राखिसकें, काभ्रे टाइम्सले विगतमा निरन्तर स्तम्भ लेख्ने लेखक स्तम्भकारहरुको लेखहरुको सँगालो पनि प्रकाशन गर्दै लान पायो भने अन्य लेखकहरुलाई पनि काभ्रे टाइम्समा लेखहरु लेख्न जाँगर बढ्न जान्छ । साथै, काभ्रे टाइम्सले विद्यालय, कलेजमा भर्ना गर्ने ताका कुन विषय छनौट गर्ने जस्ता परामर्शयुक्त लेख तथा कृषकहरुका लागि सिजन अनुसार कुन बाली लगाउने वा कसरी उत्पादकत्व बढाउन सकिन्छ भन्ने जस्ता पृथक विषयहरु प्नि समेट्दै जानु राम्रो हुन्छ । यो पटक मंगलबार माघी पर्व पनि परेको छ, माघी पर्वको शुभकामना ⁄ काभ्रे टाइम्सलाई फेरि एकपटक २९ औं वर्षगाँठको शुभकामना ⁄⁄
