धुलिखेलस्थित सञ्जीवनी उमावि कक्षा १० मा अध्यनरत थिएँ । सानैदेखि पत्रपत्रिका हेर्ने बानी थियो । अरुको समाचार सहित बाईनेम आउद मेरो नि आए हुन्थ्यो । लेख्न पाए हुन्थ्यो भन्ने मनमा चल्थ्यो । द्वन्द्वको समय थियो त्यतिबेला पत्रकार भनेको कस्तो होला भन्ने लाग्थो ।बनेपा चारदोबाटोमा पत्रिका पसल पुगेको काभ्रे टाइम्स भेटे खोज्दै कार्यालय पुगे । सम्झाना अझै ताजै छ त्यो कार्यालय थियो काभ्रे टाइम्स साप्ताहिक को । साउन महिनाको झरी थियो । मलाई ग्रामिण पत्रकारिता खुब मन पर्ने । म पत्रकारिताको खासै विद्यार्थी नि थिएन । भर्खर भर्खर १० कक्षमा पढ्दै थिए । गाउँमा मेला लाग्थ्यो साउन २ गते । भ्रमाणडाँडामा मेला सयौको सङख्यमा दर्शनर्थीको मेला शिषर्कमा पहिलो पटक लेखेको समाचार जिल्लाकै पहिलो पत्रिकाले मेरो न्युज छापियो तेस्रो पृष्ठमा । पहिलो पटक लेख्न सुरु के थिए गाउँको समाचार । प्रकाशित भयो । मनमा हुटहुटी झन् चल्न थाल्यो । यसरी काभ्रे टाइम्सका कारण मेरो पत्रकारितामा अञ्जान प्रवेश भयो । आज सबैभन्दा पहिले त हरेक मंगलवार काभ्रेबाट प्रकाशित जिल्ला कै जेठो पत्रिका काभ्रे टाईम्सको २९ औं वार्षिकोत्सवको लागि सम्पूर्ण टीमलाई धेरैधेरै बधाई तथा शुभ–कामना । यत्रो वर्षदेखिको निरन्तरतालाई कायम राख्नु एउटा ऐतिहासिक काम हो । बिहानीको झुल्केघामसँगै ग्राहकको आँगनमा पुगिसक्ने काभ्रे टाईम्स साप्ताहिकलाई धन्यवाद छ । अरू पत्रिकाले भन्दा भिन्न विषयवस्तुलाई समाचार बनाउने, सत्य र तथ्यलाई गहिराइमा पुगेर जस्ताको तस्तै जनतासामु ल्याउने भएकाले नै काभ्रे टाईम्स साप्ताहिकको प्रत्येक हप्ता विश्वसनीयता बढ्दै गएको देखिन्छ । यो पत्रिका अध्ययन र अनुसन्धान गर्नका लागि समेत उपयोगी सामग्रीका रूपमा परिचित हुँदै गएको छ । यस पत्रिकामा मैले समाचार लेख्दा पहिलो पटक छापिएको सम्झना अझै झलझली छ । पहिला पनि पत्रिका तिर नाम त देखेको २०६२÷६३ सालको जनआन्दोलन पछि मात्र थाहा भयो सम्पादक श्रमजीवी त उनै पत्रिकाको राजन लुईटेल पो रहेछन् । उनै सम्पादक श्रमजीवीसँग मेरो पत्रकारिता अभियानको एउटा महत्वपूर्ण पलसँग जोडिएको संस्मरण छ । पत्रकारिता यात्राको क्रममा पुराना साथीहरुसँग जोडिएका संस्मरण निक्कै रोमाञ्चक छन् । समाचार सम्प्रेषणमा हुने कठिनाई जस्ता प्रसंगले अहिले पनि उत्साहित गर्छ लेखन पेशालाई । अहिले म आफुलाई एक्लो महसुस गर्दैछुु पत्रकारिताको यात्रामा । आर्थिक बोझको पीडाले थलिएको मेरो मानसिकता सँग–सँगै पत्रकारिता गरेका साथीहरुको गुनासाले शिथिल बनेको छ । पुराना साथीहरु छुट्दै जाँदा पत्रकारितामा सहकार्यको नटबुल खुकुलो हुँदै गएको ठान्दछु । धुलिखेलमा पढ्ने म गाउँ जाँदा मेला तिर, बाँदरले बालीनाली खाएर दुःख दिएको डायरीमा लेखेर टिपोट गथ्र्ये । धेरै पत्रिकाहरमा लेखे तर समाचार छापेनन् । हेडिङ थियो ‘कामीडाँडामा बाँदर आतंक’ काभ्रे टाईम्सको तेस्रो पृष्ठमा बाईलाइन सहितको समाचार छापियो म त हर्षविभोर भएँ । त्यो पहिलो समाचार अहिलेसम्म मेरो दराजको कुनै कुनामा हुनुपर्छ । त्यसपछिको मेरो निरन्तरता आजसम्म चलिरहेको छ । यो भन्न मलाई गर्व लाग्छ कि म जिल्ला तथा राष्ट्रिय पत्रिकाहरूमा पनि समाचारको खेति सुरु गर्न पाएकोमा । विभिन्न मिडियहरुमा मेरा समाचाहरु, फिचरस्टोरीहरु प्रकाशित छन् । यसको सारा श्रेय यस पत्रिका प्रकाशक र सम्पादक आर. एल. श्रमजीवी आर्थात राजन लुईटेललाई जान्छ । लेख्ने बानीले गर्दा खूब लेख्न मनलाग्दो रहेछ ।अहिलेसम्म नि यसको लत छोड्न सकेको छैन । काभ्रेली पत्रकारितामा गर्बिलो ईतिहास बोकेको छ काभ्रे टाईम्सलेती कोशीपारी र डाँडापारी गएर समाचार संकलन गरी पत्रिकामा छापेर गाउँमै पत्रिकाको मुठ्ठा बोकेर पठाउँदाको आनन्द भनौ न अनुभूति वर्णनगरी साध्य छैन । आफू पिडामा पर्दा अरुको पिडामा भुलेर राहत महशुस हुँदा, खल्तीमा सुको नहुँदा नि इमान नबेच्दाको पल अझै पनि याद छ । त्यस पल आफूले थोरै भए पनि मलजल गरेको काभ्रे टाईम्स साप्ताहिक आज २९ औं वर्ष आइपुगेको खबर सुन्न पाउँदा हर्षले गद्गद् भएको छु । अबका चुनौतीहरू ः अहिले युग सूचना प्रविधिको युग हो । यसको द्रुत विकासको साथै इन्टरनेट जताततै फैलिएको छ, र स्मार्टफोन र मोबाइल टर्मिनलहरू मिडिया बजारमा लोकप्रिय भएका छन् । मानिसको पढ्ने बानी पनि बिस्तारै परिवर्तन हुँदैछ । पत्रिकाहरू किन्नुको साटो ट्याब्लेटहरूको बढ्दो दबदबा छ । परम्परागत छापा मिडियाले कम सर्कुलेशन, कम सञ्चार शक्ति र प्रभाव, साथै कम हुँदै गइरहेको विज्ञापन व्यवसायको सामना गरिरहेको छ, जसले प्रिन्ट मिडियालाई बाँच्नको लागि अभूतपूर्व दबाबको सामना गर्नुपरिरहेको छ । दोस्रो, इन्टरनेटको लोकप्रियताको साथ, मानिसहरूले विभिन्न समाचार वेबसाइटहरू र खोज इन्जिनहरूबाट निःशुल्क जानकारीको ठूलो मात्रा प्राप्त गर्न सक्छन्, जुन प्रिन्ट मिडियाको लागि अझ ठूलो चुनौती हो । छापा मिडिया पढ्ने बानी सङ्कुचित र क्षयीकरण हुँदै गइरहेको अवस्था छ । पढ्ने बानी घट्दै गएकाले दैनिक पत्रिकाको पाठक सङ्ख्या घट्दै गएको छ । यसरी छापा मिडिया, विशेषगरी पत्रपत्रिकाहरूले सङ्कटको सामना गरिरहेका छन् । सत्यता पत्रकारिताको पहिलो दायित्व हो । सबै नागरिकका लागि वफादार भई सत्यतथ्यलाई जनमानसको सामुन्ने, कुनै डर, धाक, धम्की विना समाचार सम्प्रेषण गर्नु पत्रकारिताको सबैभन्दा ठूलो कर्म र धर्म हो । शुभ–कामना छ काभ्रे टाईम्स साप्ताहिकलाई सृजनशील रचना, खोजमूलक लेख र सत्यतथ्यमा आधारित समाचार सम्प्रेषणले पत्रिकाको ओझलाई अझ खँदिलो बनाउँछ । जस्तोसुकै प्रतिकूलता भोग्नुपरे पनि यस पत्रिकाले निष्पक्ष पत्रकारितालाई अगाडि बढाउने प्रणलाई कहिल्यै ओझेलमा पार्ने छैन ।अन्त्यमा फेरि यस पत्रिकाको निरन्तरताको शुभकामना दिंदै मेरा शब्दहरूलाई विराम दिन्छु ।
