दिदी, जापानले १००% भिषा दिन्छ त ? दिने हो भने पढ्न प¥यो । नत्र अन्त विचार गर्नुपर्ला । कामदार र विद्यार्थी भिषा दुवै वर्गका मान्छेले म्यासेज गरेर सोध्ने प्रश्न हो । उत्तरमा मैंले भनिदिन्छु – जापानले भिषाको ग्यारेन्टि दिन्थ्यो भने कनसल्टेन्सि र दलालहरुले कति मान्छे पठाउँथे होला ? आंफै विचार गर्नुस् त ! भिषा दिने जापान सरकारले हो । नेपाली कन्सलटेन्सि र दलालहरुले होइन । नेपालमा अहिले वेरोजारको समस्या वढ्दो छ । जापान पनि धेरै नेपाली युवायुवतिको गन्तव्य वनेको छ । हामीले विदेश जानेहरुलाई रोक्न सक्दैनौं । तर जाने व्यक्तिलाई जे हो, त्यहि कुरा यथार्थ भनौं । कन्सल्टेन्सि खोलेको पैसा कमाउनकै लागी हो । अवसर पाइयो भन्दैमा चाहिने भन्दा वढि नलुटौं । शुरुमा भाषा फ्रिमा पढाएको नाटक गर्ने, पछि वाईचान्स भिषा आयो भने, विद्यार्थीवाट डकुमेन्टेन्सनको नै २÷३ लाख लिईदिने । पैसा नदिए सिइयो नै नदिएर विद्यार्थीलाई टर्चर दिएर पैसा धुत्ने गरेका छन् ।
