राजधानीको नजिकै रहेको काभ्रे जिल्ला २०५३ पुषसम्म समाचार प्रधान पत्रिका प्रकाशनको खडेरी नै थियो । पत्रिकाहरु प्रकाशन नभएका होइनन् तर कुनै पत्रिकाले पनि निरन्तरता पाएका थिएनन् । जनमत साहित्यिक मासिक पत्रिकाका भने निरन्तर थियो । वेदना काभ्रेमा दर्ता भए पनि काठमाडौबाट साहित्य विचार प्रधानका रूपमा त्रैमासिक रूपमा प्रकाशित थियो । त्यही बीचमा मैले पत्रिका निकाल्ने अठोट गरे । भर्खरै प्रजातान्त्रिक वातावरण थियो राजधानीमा व्यवसायिक रूपमा दैनिक पत्रिकाहरु संघर्षरत थिए । पोखरा बिराटनगर धरान वीरगञ्ज बुटवल नेपालगञ्ज र धनगढी जस्ता शहरमा पत्रपत्रिका प्रकाशन हुन थालेका थिए । काभ्रे जिल्लामा मेरो नेतृत्व र लगानीमा पत्रिका शुरूवात गर्ने निर्णय भयो तर दर्ताको झमेला पञ्चायतकालिन नियम कानुन । नयाँ संचार ऐन २०४९ भनिएता पनि दर्ता गर्ने शुरूवातमा प्रहरीको पुलिस रिपोर्ट चाहिने । मेरो नागरिकता तत्कालीन देवभूमि गाबिस वडा नं ८ को त्यो गाबिस हेर्ने इलाका प्रहरी कार्यालय पाँचखालले मङ्सिर महीनामा पत्रिका निकाल्ने अठोट गरेर दौडमा थिए भेट भयो पुराना पत्रकार शिक्षासेवी भरतराज श्रेष्ठ आफु राससबाट अवकाश भएको बजारमा सबैलाई चिन्छु म पनि समाचार ल्याउछु र ग्राहक अभियानमा साथ दिने कुरा मिलेपछि मैले भरतसरलाई मानार्थ प्रधानसम्पादकमा राखेर पुष २३ गते दर्ताको काम सकियो र माघ १ गते देखि पत्रिका प्रकाशन भयो । आज पत्रिका प्रकाशनको २९ वर्ष प्रवेश हो । काभ्रे टाइम्स प्रकाशन सुरुका दिनहरूमा हामीलाई पत्रिकालाई काभ्रेलीको हातहातमा कसरी पु¥याउने चिन्ता भयो । मेरो व्यवसाय थियो एग्रो भेटेरीनरिको । व्यवसायको अनुभव भएका कारण पत्रिका सित्तैमा पढाउने होईन । पैसा तिरेपछि ग्राहकले पत्रिका खोजी गर्छ र अपन्त्व लिन्छ भन्ने बिचारले मैले र भरतराज सरले बनेपा क्षेत्रमा मात्रै २ सय भन्दा बढी ग्राहक अभियान सफल बनायौ । मित्र एग्रो भेटेरिनरी हाम्रो कार्यालय भयो त्यहीँबाट मैले धेरै अप्ठ्यारो परिस्थितिहरूलाई समाधान गरे । ग्राहक बनाएर पत्रिका घरघरमा पु¥याउन नसक्नुको अनेक हन्डरको सामना गर्नुप¥यो। बनेपा सानो थिए यहाँका रैथाने सबै नेवार थिए । बनेपा र धुलिखेलको बिबाद थियो । नेपाली भाषा भन्दा नेवारी भाषा बढी बोलिन्थ्यो । समाचार पत्रिका पठन–पाठनको अहिले जस्तो चेतना थिएन । नेवारहरुको मातृभाषामा नेपाली थिएन । यस्तो परिस्थितिमा काभ्रे टाइम्स जन्मिएको थियो । पत्रिका पढ्ने बानी थिएन त्यो बेला पत्रिका किनेर पढ्ने ठुलो मान्छे हुन्थ्यो त्यो बेला काभ्रे टाइम्सलाई खुबै प्रचार ग¥यौँ । पत्र–पत्रिका पढ्ने रुचि बढाउन घर–घरमा काभ्रे टाइम्स लगेर दियौँ । म व्यवसायमा रहेर काभ्रे टाइम्सलाई निरन्तर पत्रिका प्रकाशन गर्नु सहज कुरा थिएन र हैन पनि । मलाई के लाग्छ भने एउटा एउटा पत्रिका प्रकाशक सम्पादकले भोग्नुपरेको अप्ठ्यारो मध्ये पहिलो त आर्थिक अवस्था नै हो अर्को लेख रचना र समाचारको अभाव। त्यो बेला मैले काभ्रे जिल्लामा रहेका विद्यालयका तत्कालीन नामी शिक्षकहरु , काभ्रे क्याम्पसका प्रमुख आशाकाजी सेवक सस्कृतिविद ज्ञानकाजी मानन्धर साहित्यकार मोहन दुवाल जस्ता नाम चलेका रचनाकारहरूले हामीलाई माया गर्नु भयो । म सानो फुच्चे थिए सम्पादक भनेर नपत्याउने धेरै थिए तर सबैले बुझेर साथ पाए । दोश्रो बर्ष जिविस सभापति कृष्णप्रसाद सापकोटा र उप–सभापति कान्छाराम तामाङको मायाले काभ्रे टाइम्स ८७ गाबिसमा स्तरीय पत्रिकाको स्थापित भयो २०५४ सालको चुनावपछि एमालेले जिविसमा हाम्रो पत्रिकालाई ग्राहक बनाएन त्यतिबेला जनप्रतिष्ठा निस्किसकेको थियो । फाल्गुनप्रसाद दुलाल मेरो मामा मालपोतमा हुनुहुन्थ्यो छुट दर्ता खुलेको थियो त्यसले काभ्रे टाइम्सलाई ठूलो राहत दियो । को को जोडिए काभ्रे टाइम्समा ? काभ्रे टाइम्स प्रकाशनको शुरू कै अंक देखि भरतराज श्रेष्ठ, इश्वरी ओझा, अनन्तप्रसाद वाग्ले, बोधराज ढकाल २५ अंक पछि मानकाजी सुवाल प्रभातकिरण कोइराला रामशरण खरेल सुरेन्द्रराज खरेल र स्वंयमसेवामा भोजराज तिमल्सिना सुर्यप्रसाद लाकौल अशोक ब्यान्जु सुरेशप्रसाद हुमागाइ कार्टुनिष्टमा सरोज कुइकेल रहे । दुई वर्ष पुगेपछि बिष्णुप्रसाद चौलागाईं, रमेशप्रसाद न्यौपाने, प्रदीप केसी, उद्दवप्रसाद अधिकारी गोबिन्दप्रसाद मैनाली, जयराम कर्माचार्य, हरि श्रेष्ठ नाला रहे । तीन, चार र पाँच बर्ष पुगेपछि पत्रिका झन व्यापक भयो मधुसुधन गुरागाई, प्रकाश सापकोटा, रामकृष्ण मैनाली, गत वर्ष देखि निर्देशकमा रामपृत राय, प्रतिनिधिको रुपमा पवन भुजेल, श्रीराम चौलागाई, वितरण तर्पm लालबहादुर बनमाली, इन्द्रबहादुर श्रेष्ठ, मणीराम केसी र स्वः जगनाथ दाहाल नाला पत्रिकामा सक्रिय भए । मैले पनि देश ब्यापी रहेका आफ्ना एग्रोभेट व्यवसायी साथिहरुलाई परिचालन गरे । पत्रिकाको सुरुवाती सेटिङ्गमा स्टार कम्प्युटरका कृष्णमान डङ्गोल घनश्याम डङ्गोल पछि सागर लाखे, केशव अधिकारी, श्रीकृष्ण बादे, रविन मानन्धर, सन्तोष न्यौपाने, कपिल कोइराला र गौरव मानन्धरको सेटिङ्गले पत्रिका समय मै प्रेसमा पुग्यो । मुद्रणकार्यमा विश्वभुमि प्रेसका नरेश शाक्य, सुरेन्द्र श्रेष्ठ पछि काभ्रेका रोशन श्रेष्ठ, कौशल छापाखानाका सन्तोष खड्का कौशल खड्काको भूमिका अतुलनीय छ । बिशेषतः राजा ज्ञानेन्द्रले २०५९ असोजमा प्रजातान्त्रिक सरकारमाथि हस्तक्षेप गरे देखि काभ्रे टाइम्सको स्वर्ण काल शुरु भयो । २०६२÷०६३ को जन–आन्दोलनमा अहम् भूमिका खेलेको काभ्रे टाइम्स २०६७ सम्म पाठक र बजारको मन जित्यो । पाठकको माया विज्ञापनदाताको साथ पाएर यो पत्रिकामार्फत धेरैको फाइदा भयो । वर्तमान युग अनलाइनको जमाना हो । डिजिटल पत्र–पत्रिकाहरूको जुन लोकप्रियता बढ्दो छ, त्यो राम्रो कुरा पनि हो । लेखकको लेख पत्रकारले पठाएको समाचार पारम्परिक छापा पत्रिकामा भन्दा चाँडो अनलाइनमा प्रकाशित हुने गर्छ अनलाइनका लाखौँ पाठकले एकैपल्टमा हेर्न सक्ने पनि हुन्छ तर छापा मा प्रकासित लेख रचना समाचार नष्ट भएर नजाने हुँदा छापाको महत्व धेरै छ । सबै दृष्टिमा अनलाइन अगाडि छन् यो युग अनलाइन पक्षको राम्रो राम्रो युग हो तर छापामा अहिलेसम्म हाम्रो काभ्रे टाइम्स पत्रिकालाई भने यसले खासै असर पारेको छैन । कारण अनलाइन पत्रिकाहरुको आफ्नै तरिका छ । छापाको पत्रिकाका निम्ति साउँ अक्षर चिनेदेखि विद्वान्सम्मका पाठक हुन्छन् तर अनलाइन पत्रिकाका निम्ति शिक्षित पाठक जरुरी छ र प्रविधि जान्नेहरुको मात्रै पहुँच छ । भन्नुको अर्थ, इन्टरनेट चलाउने ज्ञान भएका मात्रै अनलाइनका पाठक हुन् । २९ वर्षको यो अवधिमा धेरै हावाहुरीका चुनौती हामीले बेहोर्नुसम्म बेहोरियौ । २०६३ पछि त विभिन्न समाचार पत्रिका के के नामबाट आए आए जति नै आए पनि हामीलाई केही फरक परेन । केही पार्टीको पर्चाकारिता गर्नेहरु हाम्रा बिज्ञापनदातालाई हप्काउदै काभ्रे टाइम्सलाई मात्रै बिज्ञापन किन दिइस भन्नेहरु झ्यासहरु हुन । फेसबुक टुइटर हाम्रो चुनौती हो । सामाजिक संजालको एक नम्बर भ्रमपूर्ण अफवाह छर्ने टिकटक र युटुवेहरु जिम्मेवार समाचार सस्थाका बिरोधि हुन् ।
