सूचना-प्रविधिले नेपालजस्तो देशमा हातमा ल्यापटप बोकेर लाखौं कमाई गर्न सकिने अवसर ल्याएको छ तर त्यसको लागि दक्ष जनशक्ति निर्माण गर्न जरूरी छ । आज स्कुल पढ्दै गरेका केटाकेटीहरुलाई सूचना-प्रविधिसँग जोड्न सकियो भने तीनचार लाख कमाउन सक्ने र विदेश जानु नपर्ने सम्भावना छ । आइटीमा क्षेत्रमा आएको अभूतपूर्व प्रगतिले नेपालमा बसेर दक्ष युवाले आज पनि लाखौं कमाई रहेकै छन् । सामान्य दक्षता हासिल गर्ने सक्नेले पनि टिकटक, युट्युव र अन्य सोसियल मिडियाबाट लाखौं कमाउनेहरू प्रशस्त देखिएका छन् । यो क्षेत्रमा ठूलो रोजगारीको सम्भावना नभएको होइन । यसलाई प्राथमिक शिक्षा देखिनै अनिवार्यता गर्नु पर्ने देखिएको छ । युवाहरुलाई विदेश पलायन रोक्न सक्ने बलियो क्षेत्र मध्य यो आइटी क्षेत्र पनि एक हो । यसमा दक्ष जनशक्ति उत्पादनका लागि हामीले विशेष ध्यान दिनु जरुरी छ । यहाँ अनावश्यक रूपमा कीर्तिपुरको डाँडामा ल्याप टप बोकेर जाउ ३, ४ लाख कमाइन्छ भनेर अनावश्यक रूपमा कसै प्रति लक्षित गरीएको पनि यहीँ सोसियल मीडियामा देखियो कीर्तिपुरको डाँडा मात्र होइन पूर्व पश्चिम मेची महाकालीको कुनै पनी कुना काप्चा डाँडामा बसेर कमाउन सकिन्छ भन्नु पनि पक्कै असम्भव कुरो नहोला ।
