सरकारले समयमा सवारी लाइसेन्स प्रिन्ट गरेर दिन सक्दैन । बर्षौ सम्म पैसा बुझाएको रसिदको चिर्कटो बोकेर हिड्नु पर्छ । राष्ट्रिय परिचय–पत्रको नियम ल्याउँछन । परिचयपत्रको अभावमा वृद्धहरुको सामाजिक सुरक्षा भत्ता रोक्छन । परिचय पत्र बेलैमा प्रिन्ट गरेर दिन सक्दैन । राहदानी विभागको सर्भर सुरक्षित राख्न सक्दैन । सर्भरमा भाइरस लाग्यो भनेर पासपोर्ट वितरण बन्द गर्छन् । जस्को पार्टी ३५ वर्ष देखि सत्तामा छ । अनि त्यही पार्टीको नेताले अबको नेपाली युवाले महिनाको ३–४ कमाउँछ भन्ने तोरि लाउरे गफ गर्दा जनताले खिल्ली किन नउडाउन् ? अचेलका युवा पुस्ताले कस्ले के भन्छ मात्र होईन के गर्छ भनेर पनि हेरिरहेका हुन्छन् !