IMG-LOGO

तेस्रो बृहत साहित्यिक विश्व सम्मेलन

 मंगल, कार्तिक १३, २०८१  – राजकुमार क्षेत्री (दार्जिलिङ)

       विश्व नेपाली साहित्य महासङ्घ (विनेसाम)–को केन्द्रीय समितिको आयोजनामा आज र भोलि (२६, २७) दुई दिन व्यापी ‘तेस्रो वृहत् साहित्यिक विश्व सम्मेलन २०२४ काठमाडौँ स्थित होटल आनन्दमा सम्पन्न भइरहेको छ । यस दुई दिने भव्य कार्यक्रममा सयुंक्त राज्य अमेरिका, युरोप, अस्ट्रेलिया अनि एसिया महादेश गरेर जम्मा पच्चीस देशहरूबाट सहभागिता जनाउन प्रतिनिधिहरू आएका छन्। ‘नेपाली साहित्यको विश्वव्यापीकरण’– मुख्य मन्त्र रहेको यस कार्यक्रममा चिनियाँ, जापानी, बंगाली, गुजराती, बंगलादेशी आदि अनेपाली साहित्यकारहरूको पनि सक्रिय रूपमा सहभागिता रहेको छ । यस साहित्यिक महाकुम्भमा सहभागी बन्न विनेसाम भारतीय शाखाको पक्षमा हामी जम्मा तेह्रजना (नेपाली र अन्य भाषी गरी) काठमाडौँमा छौँ ।      यस दुई दिने कार्यक्रमको प्रहिलो दिनका मुख्य अतिथि नेपालका प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित रहेका थिए भने विशिष्ट अतिथिहरूमा सिक्किमका पूर्व मुख्यमन्त्री डा. पवनकुमार चामलिङ, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकूलपति वैरागी काँइला, लोक साहित्यविद् तुलसी दिवस, पूर्वपराष्ट्र मन्त्री प्रदीप ज्ञवाली आदि मञ्चासिन थिए । प्रधानमन्त्री ओलीको बाहुलीबाट नेपालका सातवटा उच्च हिमशिखरका नाममा विशिष्ट व्यक्तित्वहरूलाई सम्मान जनाइयो । सम्मान ग्रहण गर्नेहरूमध्ये भारतबाट सिक्किमका भूतपूर्व मुख्य मन्त्री एवम् साहित्यकार डा. पवनकुमार चामलिङ, बंगला भाषी साहित्यकार डा. प्रेमानन्द रोय, सिक्किमका वर्तमान उच्च अधिकारी श्री शंकरदेव ढकाल आदि थिए ।      आजको कार्यक्रमको दोस्रो चरणमा  दुईवटा कार्यपत्रहरू प्रस्तुत गरिए । यी कार्यपत्रहरू प्रा. डा. गोविन्दराज भट्टराई अनि प्रा. डा. देवेन सापकोटाले प्रस्तुत गरेका थिए भने प्रा. डा. गोविन्दराज भट्टराईको कार्यपत्रमाथि डा. योगेश खाती अनि प्रा डा. देवेन सापकोटाको कार्यपत्रमाथि डा.राजकुमार छेत्रीले मूल्याङ्कनपरक टिप्पणी राखे ।      विनेसाम केन्द्रीय समितिले आफूलाई पनि विशिष्ट अतिथिको रूपमा निम्ताएको हुदाँ दोस्रो पल्ट विनेसामद्वारा आयोजित साहित्यिक महोत्सवमा सहभागी बन्ने सौभाग्य जु¥यो । आजको कार्यक्रममा कवि वैरागी काइँला, डा. घनश्याम परिश्रमी, युवराज नयाँघरे, मोमिला जोशी, कृष्ण प्रधान (नेपाल)–लगायत अन्य धेरै प्रख्यात साहित्यकारहरूको बाक्लो उपस्थिति रहेको थियो ।    

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्