IMG-LOGO

सरकार रविसँग डराएको हो ?

 मंगल, कार्तिक ६, २०८१  – प्रा. राम लोहनी

          रवि लामिछानेसँग मूलधारका पार्टी जति धेरै डराउँछन्, उति रविको लोकप्रियता बढ्छ । सरकारको उद्देश्य रविलाई आगामी चुनावमा अयोग्य तुल्याउनु नै हो । हेरौँ सरकार कति सफल हुन्छ । यो पक्राउले रविको लोकप्रियता घटाउँदैन, बढाउँछ । किनभने ठूला पार्टीहरूको साख गिर्दै गएको समयमा उदाउँदो भनिएको पार्टीको नेतालाई जसरी पनि फसाउने उद्देश्यले प्रशासन परिचालन गर्नुको रविको हजार गल्तीलाई छोपिदिने छ । सरकारको यो उद्देश्य थियो भन्ने संसदीय छानबिनका संयोजक सूर्य थापाको कुराकानीबाट प्रष्ट भएको थियो । कसै गरे पनि कागजमा प्रमाण नभेटेपछि थापाको जुन तर्क मिडियामा आयो, त्यो हास्यास्पद थियो । उसमाथि थापा आफै अन्तर्वार्ता दिँदै रवि दोषी भएको दाबी गर्दै हिँड्नु कानुनी राजको धज्जी उडाएको हो । छानबिनमा प्रमाण नभेटेर रिपोर्टमा किटानी गर्न नसकेपछि संस्थामा आएको पैसा परिचालनमा दोषी देख्नु भनेको बद्नियतपूर्ण छानबिन थियो भन्ने देखिन्छ । छानबिन समितिका संयोजक थापा त बोल्ने नै होइन, कागत र प्रमाणले बोल्नु पथ्र्यो । तर भयो उल्टो । मिनबहादुर प्रकरण र बाढी पहिरोमा सरकारको अवस्थालाई ओझेल पार्ने प्रयास हुन पनि सक्छ । हेर्दै जाउँ, उँट किधर करबट लेते है !  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्