IMG-LOGO

सरकारका काम र कुरा के पत्याउनु ?

 मंगल, असोज २२, २०८१  – मनोज गजुरेल

       ‘विपद् आउँदैछ भनेर ५५ हजार व्यक्तिलाई भाइबर सन्देश पठाएका थियौं !’ (गृहमन्त्री रमेश लेखक) महोदय,        सबै नेपाली इन्टरनेटको पहुँचमा छैनन् । भएका सबैले भाइबर चलाउँदैनन् । कोही ह्वाट्सएप चलाउँछन्, कोही मेसेन्जर । कोही इमो, कोही इन्स्टा, कोही नेपाल टेलिकम, कोही एनसेल, कसैले यो, कसैले त्यो प्रयोग गर्छन् । अनि, भाइबरमा पठाइएको सन्देश सबैले हेर्छन् भन्ने पनि छैन ।        फेरी हेर्नेले पत्याउँनु पनि त प¥यो ! सरकारी सन्देश पत्याईसक्नु भए पो पत्याउनु ! ‘मौसम सफा रहन्छ’ भनेको दिन झरी पर्छ । ‘जनहितमा कटिबद्ध’ भनिएको दिन जनता कुटिन पर्छ । ‘उद्धार’ उधारोमा हुन्छ । ‘राहत’मा रात पारिन्छ !        सरकारको काम नै पत्याईसक्नु छैन, जनताले शन्देश पत्याईदिनु पर्ने ! ?  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्