IMG-LOGO

सम्पत्ति शुद्घीकरण निवारण सम्बन्धी सचेतना अभिबृद्घिको आवश्यकता

 मंगल, असोज ८, २०८१  – यादव आचार्य

  गैर कानुनी वा आपराधिक धन्दाबाट आर्जित धन सम्पत्तीलाई बिभिन्न उपाय मार्फत कानूनी सम्पतीसरह रुपान्तरण गरी बैधकायम गर्ने क्रियाकलापनै सम्पत्ति शुद्धीकरण हो । यो वित्तीय अपराधको त्यस्तो जटिलपक्ष हो जसमाआपराधिक तथा गैरकानूनी, आर्थिक कुशासन र बिभिन्न कसूर आदिबाट आर्जित सम्पत्तिको वास्तविक स्रोत लुकाईविभिन्न वित्तीय कारोवारको माध्यमबाट नयाँ कानुनी स्रोत स्थापितगरि त्यस्तो सम्पत्तिलाई शुद्ध बनाउने प्रयत्न वा बनाइने गरिएको हुन्छ । सम्पत्ति शुद्धीकरणको शाब्दिक अर्थ अवैध तरिकाले कमाएको सम्पत्तिलाई वैध सम्पत्ति सरह शुद्ध देखाउँदै राष्ट्रिय अर्थतन्त्रमै मिश्रण गर्नु हो ।           अहिलेको बित्तीय परिदृश्यमा सम्पत्ति सुद्घीकरण निवारण ९ब्ःी० का उपायहरु बैंकिङ्ख प्रणाली र समग्र अर्थतन्त्रलाई बित्तिय अपराधको जोखिम न्युनिकरण गरी बित्तीयसुशासन, पारदर्शिता र स्थायित्व प्रदान गर्ने आधार हुन् ।वर्तमान युग आर्थिक समद्धि र विकासको युग हो । आर्थिक समृद्धिका लागिआर्थिक पारदर्शिता र शुद्धता हुनु आवश्यक छ । आर्थिक पारदर्शिता र बित्तीयसुशासन नभएमा वित्तीय अपराधहरु, भ्रष्टाचार, ठगी, चोरी, कालोबजारी, राजश्व छली, हुण्डी, क्रिप्टोकरेन्सी, लागूऔषध ओसारपसार,नक्कली मुद्राको कारोवार जस्ता क्रियाकलापहरm बढ्न गई अर्थतन्त्रलाईनै कमजोर वनाउने संभावना रहन्छ ।अन्तराष्ट्रिय समुदायको निगरानीमा समेत मुलुक परी बिदेशी निकायहरु लगानी गर्न वा अन्य कुनै काम गर्न स्वदेशी तथा बिदेशी लगानीकर्ताहरु हतोत्साही हुन सक्दछन । सरकारी तहमा आउने सरसहयोग होस् वा बिश्व बैंक जस्ता बहुपक्षीय निकायहरुबाट आउने सहयोगमा समेत प्रभावित हुने उच्च संभावना रहन्छ ।           सम्पत्ति शुद्धीकरण अन्य फौजदारी अपराध भन्दा फरक प्रकृतिको बहुआयामिक चक्रिय बित्तीय अपराध हो । यो द्वितिय चरणको अपराध हो किनकी,यसमा प्रथम चरणमा अपराधबाट कमाएको गैरकानुनी सम्पत्तिलाई वैधानिक रुप दिने काम सम्पत्ति शुद्धीकरणमा गरिने गरिन्छ । अर्थात सम्पत्ति शुद्धीकरण हुनुपूर्व एक चरणमा अपराध भइसकेको हुन्छ जसबाट प्राप्त आयको श्रोत र स्वरुप बदल्ने काम सम्पत्ति शुद्धीकरणमा गरिन्छ । सम्पत्ति शुद्धीकरण अपराधमा मुल विषयवस्तुनै गैरकानुनी सम्पत्तिको विषय भएकाले पहिलो चरणमा गैरकानुनी कार्यवाट धन आर्जन गरी संकलन गरिन्छ । यसरी आर्जित अवैध धनलाई वैध आयमा रुपान्तरण गर्न मुख्यतया तिन चरणहरुमा देखा पर्दछन । रकम स्थापित गर्ने ९एबिअझभलत० स् प्रथम चरणमा अपराधीहरु कम अभ्यस्तताका कारण कमजोर हुन्छन । उनीहरुमा कालोेधन ठूलो मात्रामा रकमान्तर गर्दा डर त्रास हुन्छ । त्यसैले यस चरणमा नियमन निकायको थ्रेसहोण्ड जोगिने गरी ठूलो रकमलाई खण्डीकरण गर्दै विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा राख्ने, झिक्ने, स्थानान्तरण गर्ने, मुद्रा परिवर्तन गर्ने, आफ्नो रकम अरु कसैको नाममा जम्मा गर्ने वा लगानी गर्ने, नगदमा आधारित ब्यवसायमा पैसा राख्ने, झुट्टा बिल बिजक जारी गर्ने आदि कार्य गरिन्छ । तहमिलान गर्ने ९ीबथभचष्लन यच क्तचगअतगचष्लन०स् यस चरणमा गैरकानुनी आयलाई त्यसको वास्तबिक श्रोतलुकाउन बित्तिय लेनदेनको इतिहास निर्माण गरी वास्तबिक स्रोतलाई अझै टाढा पु्याउने कार्य गरिन्छ । यसअन्तर्गत शेयर, डिबेञ्चर,बहुमूल्य बस्तु खरिदबिक्री गर्ने, कागजी कम्पनी खडा गर्ने, देशभित्रै वा बाहिर रहेका आफन्तका वा आफ्नै नामका बैंकखातामा रकम स्थानान्तरण गर्ने, अस्तित्वमै नभएका वस्तु तथा सेवामा भुक्तानी गरेको देखाउने लगायतका क्रियाकलाप गरिन्छन् । एकाकार गर्ने ९क्ष्लतभनचबतष्यल० स् यो सम्पत्ति शुद्धीकरणको अन्तिम चरण हो । यसमायस अघि नियतबश रुपमा विभिन्न निकाय र इकाईमा छरिएकोरकमलाई समेटेर वैधानिक क्षेत्रमा प्रवाह गरिन्छ । यसका लागि शुद्धीकरणकर्ताले वैध र अवैध सम्पत्तिलाई एकै ठाउँमा मिसाउने, आम्दानीका कृत्रिम श्रोत देखाउने, घरजग्गा, व्यापार व्यवसाय, गहना, संस्थागत क्षेत्रमा लगानी गर्ने, बढी आय देखाएरसोहीअनुसार कर तिरेजस्तो पनि गर्ने, कृत्रिम नाफा देखाउनेगर्दछन् । यदि यो चरण सफल भयो भने वैध र अवैध आयको सीमारेखा विलिप्त भइ गैरकानुनी आय बैध बित्तीय प्रणलीको रुपमा परिचालीत हुने गर्दछ र सबै आम्दानीलाई शुद्धीकरणकर्ताले वैधको रुपमा दावी गर्न सक्छ ।           अबैध रुपमा आर्जित पैसालाई बित्तीय प्रणालीकोप्रयोग गरि बैंधानिक बनाउने कार्य रोक्नका लागि जे जती प्रयासहरु गरिन्छ ति सम्पूर्ण प्रकृयाहरु जस्तै आवश्यक नियम कानुनको निर्माण, प्रर्बन, बिद्यमान कानुनको समयानुकुल संसोधन जस्ता कार्यलाई एन्टी मनी लाउन्डरीङ्ग ९ब्ःी० भनिन्छ । जसको मूख्य उदेश्य नै गैरकानुनी वा अपराधिक धन्दाबाट आर्जित धन सम्पत्तीलाई बिभिन्न उपायहरु अपनाई कानूनसम्मत प्राप्त सम्मत्तिको रुपमा रपान्तरण गरी बैधानीक सम्पत्ति निर्माण गर्ने क्रियाकलापमा अवरोध गर्नु हो । भ्रष्टाचार, करछली, अबैध ब्यापार, धितोपत्र जालसाजी, बजार हेरफेर जस्ता मनी लाउन्डरीङ्ग र आतंकवादी कार्यवाट बित्तपोषण जस्ता अपराधहरु तथा त्यस्तै शंकास्पद गतिबिधीहरु पत्ता लगाउन तथा सम्बन्धित निकायमा रिपोर्ट गर्नमा समेत यसले मद्दत गर्दछ ।           सम्पत्ति शुद्धीकरण शब्दको प्रयोग सन १९७३ मा ९ध्बतभचनबतभ कअबलमब०ि वाटरगेट काण्डको समयमा भएको थियो । अमेरिकी राष्ट्रपति रिचार्ड निक्सनलाई राष्ट्रपतिमा पुनः निर्वाचित गर्नका लागि मेक्सिकोमा गैरकानुनी अभियानमा योगदान पु्याई त्यस सम्पत्तिलाई मियामीको कम्पनी मार्फत फिर्ता ल्याइएको थियो । यस बिषयमा बेलायतको ९त्जभ न्गबचमष्बल० गार्जियन अखबारले रिपोटिङ गर्दा यो प्रकृयालाई पहिलोपटक लाउन्डरीङ्ग शब्दको प्रयोग गरेको थियो । सन २००१ सेप्टेम्बर ११ को ट्वीन्स टावरमा भएको आतङ्कारी हमला पश्चात मात्र बिश्वभर सम्पत्ति शुद्धीकरण प्रमूख चिन्ता र चासोको बिषय बनेको हो । सन १९८९ मा न्(ठ को पेरिसमा बसेको बिश्वब्यापी बैंठकले आतङ्कबादलाई नियन्त्रण गर्न कालोधन रोक्न प्रस्ताव पारित भएसंगै बिश्वभर यसको नियन्त्रणमा प्रयासहरु शुरु भएका हुन । पेरिस बैंठकले ९ँब्त्ँ० फापm्टागठन गरी ४९ बुँदे प्रस्ताव पारित गर्यो र बिश्वमा नै यो अपराध नियन्त्रणको आब्हान गर्यो । नेपालमा पनि कानुन बनाएर यस्तो अपराधलाई नियन्त्रणमा ल्याउन जरुरी सम्झेर बि.सं. २०६४ मा सम्पत्ति शुद्धीकरण निवारण ऐन कार्यान्वयनमा ल्याइएको थियो । समयानुकुल यस ऐनमा संसोधनको औचित्यता महशुस गरी २०८० चैत्र सम्ममा तिन पटक संसोधन तथा परिमार्जन गरिएको छ । यसअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागले मात्र गर्दै आएको यस्तो अनुसन्धान एकै निकायबाट मात्रै अनुसन्धान गर्दा मुद्दामा अनुसन्धान र अन्तिम किनारा लगाउन ढिलासुस्ती भएकाले हालैको संसोधन पछि अरु १४ वटा निकायलाई पनि सम्पत्ति शुद्धीकरणसंग सम्बन्धित कसुरमा अनुसन्धान गर्न पाउने ब्यवस्था गरिएको छ । हालको संसोधित ब्यवस्था अनुसार सम्पत्ति शुद्धीकरणबारे सम्भाबित कसुर भनेर ३२ बटा कसुरहरु राखिएको छ साथै ति ३२ वटा कसुरहरुमा जुन जुन निकायले अनुसन्धान गर्दछन् सम्पत्ति शुद्धीकरणमा पनि तिनै निकायहरुले अनुसन्धाकन गर्न पाउने ब्यवस्था गरिएको छ । अब कुनै फौजदारी कसुरको आरोपमा पक्राउ परेका ब्याक्ति माथि नेपाल प्रहरीले अनिवार्य रुपमा सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान गर्न पाउने ब्यवस्था थपिएको छ । जसले गर्दा सम्पत्ति शुद्धीकरणको मुद्दाको तहकिकातमा छिटो हुने देखिएको छ । संसोधित ब्यवस्था बमोजिम अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारसंगै सम्पत्ति शुद्धीकरणको कसुरमा पनि मुद्दा चलाउन सक्ने भएको छ । यसै संसोधित ब्यवस्था अनुरुप हाल सहकारी घोटला सम्बन्धि मुद्दामा सम्पत्ति शुद्धीकरणको समेत कसुर दर्ता गरि कारवाही प्रकृया अगाडी बढेको छ ।           मनी लाउन्डरीङ्ग र यसका अवयेवहरुको बृस्तृत जानकारी यसको नियन्त्रणका लागि अति महत्वपूर्ण रहन्छ । एन्टी मनी लाउन्डरीङ्गको प्रमुख उदेश्य भनेकै बित्तीय प्रणाली मार्फत अबैधानिक माध्यमवाट आर्जित धनलाई बैधानिक सम्पत्तिमा मिश्रण गरी बैध सम्पत्ति सरह परिमार्जन गर्ने प्रकृयाको नियन्त्रण÷नियमन गर्न बैंक तथा बित्तिय सस्थाको महत्वपूर्णभूमिका कायम गर्नू हो । बैंक तथा बित्तिय सस्थामा कार्यरत सम्पूर्ण तहका कर्मचारीहरुमा मनी लण्डरीङका बिषयमा जानकारी भयो भने मात्र त्यस्ता अबैधानीक कारोवारलाई नियन्त्रण गर्न सहज हुन्छ । अबैधानिकश्रोतबाट आर्जित सम्मत्तीलाई ब्यवस्थापन गर्ने चरणमा बैंककै ग्राहक सेवा बिभागमा बिभिन्न बाहानाबाजी गरी अनेकौ प्रयासहरु गरिरहेको पाइन्छ ।अर्कैको नाममा खाता खोल्ने, खाता खोल्न नककली कागजातहरु पेश गर्ने, खाताको बिबरण पूर्ण नदिनु, वास्तबिक सेवाग्राही खाता खोल्दा बैंकमा उपस्थित नहुनु, काल्पनिक कम्पनीको खाता खोल्ने प्रयासहरु गरेको दखिन्छ । त्यस्तै गरी बैंकमा खोलिएका खातामा कारोवार गर्दाशंकास्पद तरीकाबाट धेरै ठूला ठूला रकमान्तरहरु गर्ने, नगद जम्मा गर्दा नियमन निकायले तोकेको सीमा छल्नका लागि एउटै खातामा बिभिन्न ब्याक्तिका नाममा टुक्रा टुक्रा पारेर रकम जम्मा गर्ने जस्ता शंकास्पद कारोवार गर्ने अनुचित प्रयास गरेको पनि भेटीन्छ । यस्ता शंकास्पदकारोवार गरेको शंका पाउनसाथ संबन्धित निकायमा जानकारी गराउने गरियो भने प्रारम्भिक तहबाट नै त्यस्ता गलत काम गर्ने तत्वहरु निरुत्साहित हुने गर्दछन ।शंकास्पद कारोवार निक्षेपसंग मात्र नभई कर्जा लगानिका क्षेत्रमा समेत आउने गर्दछन ।ब्यवसायिक कारोवारको आधारमा जुन फर्म कम्पनी वा निकायलाई कर्जा आवश्यकताको पुष्टीनै गर्दैन त्यस्ता निबेदकले ठूला ठूला कर्जा स्विकृत गरि आफ्नो अबैधानिक आम्दानीलाई कर्जाबाट पुष्टी गर्ने प्रयास पनि हुन सक्दछ ।           बैंक तथा बित्तीय सस्थाका कर्मचारीहरुआफ्नो बार्षिक टार्गेट प्राप्तीका लागि आँखा चिम्ली कारोवारमा मौन समर्थन गर्दा गैरकानूनी कारोवार गर्नेलाई प्रोत्साहन बढ्ने गरी बित्तीय अनुशासन बिपरीत कार्य हुने संभावन रहन्छ । तसर्थ, आफुले गर्ने कार्य, संपादन गर्नुपूर्ब उक्त कार्य कतै सम्पत्ति शुद्धीकरण निवारण बिरुद्घ त छैन भनी सोच बिचार गर्न आवश्यक छ । जसबाट आफ्ने ब्यवसायिक जीवन मर्यादीत तथा बित्तिय सस्थाको स्थायित्वका लागि महत्वपूर्ण हुन्छ । कर्मचारीको सानो हेलचक्राइले बित्तीय क्षेत्रमा ठूलो अनुशासनहिनताको अवस्था सृजना हुन सक्दछ । बित्तीय अपराध बिरुद्घको लडाइमा बैंक तथा बित्तीय सस्थामा कार्यरत कर्मचारीहरु प्रथम लाइनका सुरक्षा सिपाही सरहको भूमिका रहन्छन ।           नेपाल राष्ट्रबैंकले सम्पत्ति शुद्धीकरण निवारण ऐन तथा नियमावलीमा तोकिएका व्यवस्थाहरुका अतिरिक्त थप व्यवस्थाहरु गर्न आवश्यक ठानी बैंक तथा बित्तीय सस्थाहरुलाईउनीहरुको आन्तरिकनिति तथा कार्यबिधीमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण हेर्ने गरी ब्यवस्थापकीय तहको कर्मचारीको नेतृत्वमा अनुपालन इकाइ खडा गर्न अनिबार्य ब्यवस्था गरेको छ । जोखिम मूल्याङ्कन प्रणालीको आधार तथा पद्धति, जोखिममा आधारित ग्राहक पहिचान, अद्यावधिक तथा अनुगमन पद्धति, अस्वभाविक तथा शंकास्पद कारोवारको पहिचान एकिन हुने गरी आवश्यक नितिगत ब्यवस्था गर्न निर्देशन समेत गरेको छ । त्यस्तै गरी ग्राहक पहिचान तथा सम्पुष्टि सम्बन्धी नीति तथा कार्यविधि बनाई ग्राहकको पहिचान अद्याबधिक तथा सुनश्चित गर्नु पर्ने ब्यवस्था गरेको छ । आफ्ना खातावालको वास्तविक धनीको पहिचान गर्न सकिने संयन्त्रहरुको स्थापना गर्नु पर्ने, उच्च नेटवर्थ भएका ग्राहक, राजनैतिक उच्च ओहदामा रहने ब्याक्ति, उच्च पदस्थ कर्मचारी, नगदको वढी प्रयोग हुने व्यवसायमा संलग्न ग्राहक, विद्युतीय माध्यमबाट कारोबार हुने ग्राहकहरुसँग व्यवसायिक सम्बन्ध स्थापना वा कारोवार गर्दा बृहत् ग्राहक पहिचान पद्धती अवलम्बन गर्नु पर्ने अनिवार्य ब्यवस्था गरी ग्राहकको पहिचान पद्धतिमा कडा निकरानी गर्ने गरेको छ ।कुनै कारोवार शंकास्पद लागेमा कारोवार भएको बढीमा ३ दिनभित्र यथासक्य चाँडो वित्तिय जानकारी इकाई समक्ष पेश गर्नु पर्ने प्राबधान गरेको छ । बैंकले आप्mना ग्राहकहरु माझ पहिचान गरिएको जोखिमलाई उच्च, मध्यम तथा न्यून जोखिममा वर्गीकरण गर्नु पर्नेछ ।उच्च जोखिम देखिएका ग्राहकहरुको कम्तीमा वर्षको एक पटक तथा सामन्य जोखिममा वर्गीकृत ग्राहकको तिन तिन बर्षमा ग्राहको पहिचान अध्याबधिक गर्ने ब्यवस्था गरिएको छ । यस बाहेक नेपाल राष्ट्र बैंकले सम्पूर्ण बैंक तथा बित्तिय सस्थाहरुमा प्रत्येक दिन दश लाख वा सो भन्दा बढीको नगद कारोवारको विवरण अनिवार्य रुपमा बित्तिय जानकारी एकाइमा पठाउनु पर्ने, कारोवार गर्दा भौचरमा रकमको श्रोतको स्वघोषण गर्नु पर्ने गरेको छ । यस्ता विवरणबाट दैनिक रुपमा दश लाख वा सो भन्दा बढी नगद कारोवार गर्ने ब्याक्तिलाई निकरानी राखी कारोवारको अनुसन्धान गर्ने गरेको देखिन्छ ।           सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा लगानी गर्नबाट रोक्ने उदेश्यले यो ब्यवस्था बिश्वभरी लागू गरिएको भएपनि यो निकै चुनौतीपूर्ण बन्दै गएको छ । राजनैनिक संरक्षणले नितिगत रुपमै भ्रष्टाचार बढ्दै गएको हाम्रो जस्तो मूलुकमा बिदेशीलाई देखाउनका लागि कानूनको बनाइएको भन्ने आरोप समेत लाग्ने गर्दछ । कानूनमा राम्रो ब्यवस्था भए पनि मिल्ने र मिलाउने गलत प्रथाले कानूनको कार्यान्वयन पक्ष फितलो भइ अबैधानिक रकमको आर्जन र दुरmपयोग पूर्ण रmपमा रोकिन सकेको छैन । बिदेशबाट श्रोत नखुली आएको ठूलो रकम राष्ट्र« बैंकमा रोकीदा उक्त रकमको फुकुवाका लागि राजनैतिक दलका उच्च पदस्थ ब्याक्तिहरुबाटराष्ट्र« बैंकमा अनुचित दवाव भन्ने समाचारहरु पनि सुन्नमा आएको थियो । हिजोको सामान्य घरानाको मानिसले छोटो समयको अन्तरालमा देखिने कुनै बैंध आम्दानीकोश्रोत बिना नै बिलासिताका बस्तुहरुको उपभोग गरोस् वा गगनचुम्बी महल ठडाओस् यो किन र कसरी भन्ने कोही छैन । सम्पत्ति शुद्धीकरण निवारणका लागि प्रयाप्त निति नियम कानून नभएका होइनन् तर भएका कानूनको उचित कार्यान्वयन पक्ष कमजोर भएकै हो ।आम जनमानसमा बिधिकोशासन अर्थात निति नियमको अक्षरस पालना गर्नुको सट्टा निर्धारीत निति नियम उल्लघङनमा गौरवता महशुस गर्ने आचरणले प्रसय पाएको छ । अन्य जुनसुकै अपराधले जस्तै सम्पत्ति शुद्धीकरणले पार्ने असर समेत समाज र राष्ट्रका लागि नकारात्मक नै हुन्छ । मूलतः यसले राष्ट्रिय अर्थतन्त्र र सोको विश्वसनीयतामा संकट पैदा गर्ने, आर्थिक पारदर्शिता धमिलिने, वित्तीय अस्थिरता, पूँजी पलायन बढ्ने, वैदेशिक विनिमयदरमा उतारचढाव, व्यापार घाटा, इमान्दार लगानीकर्ताहरुमा निराशा छाउने, अशुद्ध धनको प्रभावले राज्यमा नीतिगत र कानुनी अस्थिरता हावी हुने, आतङ्कवाद, भ्रष्टाचार, तस्करी, करछली, कालो बजारीजस्ता अपराध बढाउन मद्यत गर्दछ । अबैधानिक श्रोतबाट कमाएको पैसाको खर्च गर्दा पनि नियम कानूनको छिद्र खोजेर गलत काममा रकमको दुरुपयोग हुने संभावना रहन्छ ।           सम्पत्ति शुद्धीकरण अपराधलाई नियन्त्रण गर्न नेपालमा महत्वपूर्ण कानुनी व्यवस्था गरिए पनि केही प्राविधिक जटिलता, अनुसन्धान र अभियोजन गर्ने विज्ञ मानवस्रोतको कमी, साधनजन्य कमजोरी, निकायगत क्षमताको अभाव जस्ता समस्याका कारण यो अपराध नियन्त्रणमा अपेक्षाकृत रुपमा सफलता प्राप्त गर्न गाह्रो भएको अवस्था छ । सम्पत्ति शुद्धीकरण विश्वले नै चासोका साथ हेरिरहेको बिषय हुँदा यसको नियन्त्रणका क्रममा देखिएका समस्या तथा चुनौतिहरुलाई समाधान गर्नु वाञ्छनीय देखिएको छ । सम्पत्ति शुद्धीकरण अपराधलाई नियन्त्रण गर्न सम्पूर्ण सरोकारवाला पक्षहरु बीच उचित समन्वय र सहकार्य जरुरी देखिन्छ । सम्पत्ति शुद्धीकरण निवारणका लागि सरोकारवाला पक्षहरुमा बिषयको गाम्र्भियताको आत्मबोध, उच्च ब्यवसायिक नैतिकता तथा साझा मूल्य र मान्यतामा समर्पित रहने प्रतिबद्घता हुनु जरुरी छ । लेखक माछापुच्छ्े बैंक लिमिटेड बनेपा शाखाकाा प्रमुख हुनुहुन्छ ।      

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्