संसारको सृष्टि र यसको नियमहरू दैविक विधानले चलेका छन्। यो विधान प्रकृतिको आधारमा स्थापित छ, जसलाई कुनै पनि कृत्रिम व्यवस्था वा मानवले बनाएको नियमले बदल्न सक्दैन । आधुनिक युगमा विज्ञान र प्रविधिको विकासले मानिसलाई धेरै ज्ञान दिएको छ । तर, केही मानिसहरू क्रमिक विकासको सिद्धान्तलाई नै जीवको उत्पत्तिको आधार मान्छन् र नयाँ नियमहरू बनाउन खोज्छन् । यस्तो सोचले वास्तविक सत्यलाई बेवास्ता गरिरहेको छ । यसलाई युगानुकुलको सोच भनेर बुझ्नु मूर्खता ठहर्छ । वास्तविक ज्ञान भनेको नै सास्वत सत्य र विधीका नियमहरूलाई बुझ्नु हो । मानिसले प्राचीन ज्ञान र संस्कृति विर्सेर, नयाँ यान्त्रिक विज्ञानमा मात्र अड्किरहने हो भने, समाजले गति गुमाउँछ । आत्माविनाको शरीरजस्तै, केवल प्रविधिमा अड्किएको ज्ञानले मानिसलाई सही दिशा दिन सक्दैन । आजको संसारले सास्वत ज्ञान र आधुनिक विज्ञानको समन्वयको खाँचो महसुस गरिरहेको छ । दुवैको सन्तुलनले मात्र मानव जातिलाई स्थिरता र शान्ति दिन सक्छ । प्राचीन सभ्यता र संस्कारहरू, जुन हजारौँ वर्षदेखि पुस्तान्तरण हुँदै आएका छन्, त्यी सवै लाई आज सम्मलाई मात्र होईन भोली लाई पनि जोगाएर राख्नुपर्छ । मात्र यान्त्रिक विज्ञान र परम्परागत कथामा अड्किएर समाजले सही विकास गर्न सक्दैन । सनातन धर्म र संस्कृतिमा आधारित ज्ञान र आस्था आज पनि जिवित छ । यसलाई नष्ट गर्न खोज्ने कार्यहरू समाज र राष्ट्रको विरुद्धमा हुन्छन् । सतीको श्रापले ग्रसित भनिएको संसारमा आज पनि अशान्ति व्याप्त छ । तर, यो समस्याको समाधान सनातन सभ्यता र संस्कारलाई आत्मसात गरेर मात्र सम्भव छ । अन्ततः, कृत्रिम विधानले कहिल्यै पनि विधिको विधान बदल्न सक्दैन । जो कोहीले आफ्नो स्वार्थका लागि नियमहरूलाई बदल्न खोज्छन्, उनीहरू आफैँ असफल हुनेछन् । प्रकृतिको न्यायिक विधानमा पुनरावलोकनको कुनै स्थान छैन ।
