IMG-LOGO

टोपिको इज्जत हो की बेइज्जत

 मंगल, असोज १, २०८१  – तुयुकाजी ताम्राकार                भौगोलिक रुपमा नेपाल एउटा सानो देश हो । यो देशले विश्वलाई आफ्नो

छुट्टै मोलिक पहिचान दिन सकेको छैन । पृथ्वी नारायण शाहले नेपालको एकिकरण गर्दा, नेपाल अंग्रेज विच युद्ध हुँदा र पहिलो  र दोश्रो विश्वयुद्ध हुँदा नेपाली सेनाहरुले विरतापूर्व लडेको र युद्ध कौशलता देख्दा गोर्खालीहरु लडाकु जातीका हुन र उनीहरु बीरु योद्धा हुन भनेर तत्कालिन समयमा पहिचान बनाएका थिए । त्यस बाहेक नेपाल राष्ट्रले आफ्नो छुट्टै मौलिक पहिचान बनाई विश्वलाई चिनाउन सकेको पाइदैन । आज पनि नेपाल चिनाउन २५०० सय वर्ष पहिलेका गौतम बुद्ध जन्मेको देश भन्नु परेको छ । त्यस्तै गरी संसारको सबै भन्दा अग्लो हिमालय पर्वत एभरेष्ट नेपालमा छ भन्नु बाहेक अन्य प्रवल र सकारात्मक कुराहरु बताएर नेपाल चिनाउन पाएका छैनौँ ।                नेपाल घुम्न आउने पर्यटकहरुलाई ३ सय वर्ष अघिका मल्ल राजाहरुले निर्माण गरेका मठ मन्दिर, दरवार, पोखरीको साथै झ्याल ढोका, कुडिएका काष्ठ कला, धातुकला, ढुङ्गा माटोका कलाहरु देखाई आफै मख्ख पर्ने र साथै हिमाल देखाई चित्त बुझाउनु बाहेक अन्य छैन भनेमा अत्युक्ति नहोला । अझै अन्य भन्नु पर्दा नेपालका जाती जनजातीहरुले मान्ने कला, सँस्कृती, नाच, गान, पहिरण र जात्रा पर्वहरु नै हो । भन्दा नमज्जा लाग्ने तर नेपालीको बेइज्जतीहुने पहिचान बनाएका कुराहरुमा भाडाका सिपाही जन्माउने देश, सस्तो श्रमिकहरुको देश, इमान नभएकाहरु, भ्रष्टहरुको देश, चोर र असभ्यहरुको देश भनेर बदनाम कमाएका भनिन्छ । यस्ता कुराहरुले सोझासिदा, इमान्दार, मेहनती र देशभक्तहरुको निम्ति असहय र निको नलाग्ने कुराहरु हुन ।                उपरोक्त कुराहरुको अतिरिक्त मैले भन्न खोजेको कुरा के भने हाम्रो राष्ट्रिय पोशाकले पनि अन्तराष्ट्रिय जगतमा नेपाली हो भनेर चिनाउन सक्छौँ भन्ने हो । पुरुषहरुले लाउने टोपीले मात्र पनि यो नेपाली हो भन्ने चिनाउन सक्छौ भन्ने हो । उक्त कुरा आफैले अनुभव गरेको हो । २०८० सालको फागुण महिनामा भित्र सप्रकाजी बुद्धाचार्य र वहाँ की धर्म पत्नी म र मेरो पत्नी हामी चार जनाको टोली भारतको विभिन्न १०–१५ वटा शहरहरु भ्रमणमा गएका थियौँ । कुशीनगर, अयोध्या, बनारस, दिल्ली, ऋषिकेश, हरिद्वार, चण्डिगड, हरियाना, जम्मु, कश्मिर, शिमला लगायतका ठाउँहरुमा घुम्दा हामीले (सप्तजी र मैले) ढाका टोपी लाएर हिडेका  थियोँ । फागुण महिनामा ति ठाउहरुमा विहान बेलुका चिसो पनि थियो । हामी घुमेको प्राय सबै ठाउँहरुमा हामीलाई देख्दा नेपाली नभनि नेपाल नेपाल मात्र भन्ने गरेको धेरै ठाउमा मैले सुन्थे । अझ वैष्णोदेवी जाने पास कार्ड लिने कार्यालयका एक स्टाफ केटिले सिधै टोपीकै भरमा आपलोग नोपलसे हैन ? भनेर सोधेथी , टोपीले नेपालको पहिचान दिएकोमा मलाई गर्व लाग्यो । अघिल्लो पटक दिल्लीमा जाँदा मलाई चाइनिज भन्ठानेका थिए । मेरो जिउडाल र अनुहार चाइनीज जस्तो थिाये र ? हुन त मित्र गोपाल संैँजुले मलाई चाइनीज भनेर उपनामले बालाउँथे, म चैँ जिस्काएको भन्ठान्छु । हुन त अनुहार चाइनिजको जस्तो भएपनि मन त मेरो नेपाली नै हो ।                यात्राको क्रममा होटल, लज, बजार, बगैँचा, पार्क, म्युजियम जता पुग्दा पनि “आपलोग नेपालसे आए है” भनेर बोल्थे स्वागत गर्थे, सम्मान र माया दिन्थे । भारतको केन्द्रिय सरकारले नेपाल माथी थिचोमिचो र मिचाहा व्यवहार गर्ने गर्दा दुःख लाग्नुको साथै होम क्रोद उत्पादन हुनु स्वभाविक हुन्छ । स्वतन्त्र र सर्वभौमसत्ता सम्पन्न राष्ट्र माथी कसैले पनि गिद्दे दृष्टिले व्यवहार गर्नु स्वाभिमानी जनताले सहन सक्ने कुरा होइन । सन्दर्भ टोपीको थियो । टोपीको कपडा र गुणस्तर फरक फरक पाइन्छ । ढाका टोपी, भादगाउँले टोपी, खछरको टोपी आदी । टाउकामा टोपी लगाउने तरिकाबाट पनि उक्त व्यक्तिको स्तर, स्वभाव आदि पहिचानको अन्दाज  गर्न सकिन्छ । धनी, शिक्षित, हाकिम, गरिव र माग्ने आदी टोपी लगाउने स्टाइलबाट मान्छेहरुले अन्दाज  गरी पहिचान गर्छन । अन्दाज मिल्न वा नमिल्न सक्छन् तर अन्दाज गर्नेहरुको कमी छैन । नेपालीको पहिचान मात्र हौइन टोपीले वर्गिय पहिचान पनि बनाएका छन्  ।                भारत यात्राको क्रममा सिमला पनि पुग्यौ । मजाले घुम्यौ । रमाइलो मान्यौँ । यात्रा टुङ्गयाउँदै  अर्को गन्तव्य हरिद्वार जान बस पार्क पुग्यौँ । बस पख्र्यैँ । सिमला पहाडी बस्ती भएपनि ठूलो शहर रहेछ । त्यहाँ साना ठूला थ्ुप्रै गाडीहरु चल्ने रहेछ । पहाडमा बस पार्कको निम्ती ठूला चौर कहाँ पाउनु तर पनि सरकारले सयौँ गाडीहरु पार्किङ गर्न ठुला र अग्ला  भवनहरु बनाएका रहेछन् । त्यस्तै अर्को एक वस पार्क भवनमा हामी बस पर्खिरहेका थियौँ । उक्त बस पार्क भवनको भित्रपट्टि सपिङ्ग मल पनि रहेछ । त्यहाँ अनेकथरी पसलहरु थिए । चिया पसलहरु पनि  थिए । बसपार्क वरपर कामको खोजीमा गएका र फर्किने थ्ुपै्र नेपालीहरु पनि बसिरहेका थिए । कोही टहल्दै थिए  । ति सबै नेपाली दाजुभाइहरुसित  नबोे पनि टोपीबाट चिनेका हुन ।                सिमलामा भेटिएका नेपालीहरुमा एकजना भद्र र सम्पन्न देखिने नेपालीसित बस या जीप मिलाउने कुराकानीमा सप्तजी लागिरहनु भएको थियो । होटल, लज र गाडीहरुमा भाडा मिलाउने सम्बन्धमा हाम्रा सहयात्री सप्तकाजी साह्रै सिपालु हुनुहुन्छ । हामी ३ जना चाहीँ सपिङ्ग मल स्थित एउटा होटल बाहिर राखिएका मेचमा बसिरहेका थियौ । त्यतिकै लामो समय बसिरहनु मेरो मनले मानेन । त्यसैले चियाको अडर गरी मेचमा अधिकार बनाई रहेका थियौँ । त्यसैवेला कसैले मेरो काँधमा हातले छोएर चिनेर बोलाए झैँ ग¥यो । को रहेछ चिन्न ंंंंंंंंंंंंंउनितिर फर्केर हेरें । एकजना सुकिला लुगा लगायका भद्र देखिने झन्डै ८० वर्ष लाग्ने बुढा रहेछन् । मैले शिष्टता दिेखाउँदै सोधे के हो कता हिड्नु भाये ? उनी अलमल असमज्जस् देखिए । मेले टोपी लाएको देखेर कतै यी मान्छेहरु भारतमा काम खोज्न आएको त होइनन् भन्ने ठानेको रहेछ । तयसैले उनले भने मैले त घरमा काम गर्ने मान्छे खोजेको भने  । नेपाली नै चाहिने हो ?  हो वृद्धले भने । घरमा काम गर्ने नेपाली नै चाहिने भए त्यता बाहिर बस्ने जालान कि ? हामी चै इन्डियामा घुम्न आएको हौँ भने पछि अप्ठ्यारो मै उनि बाहिर गए । मलार्य भने टोपीले नेपालको पहिचान बनायो भारतमा भने टोपी लाएकाहरु काम खोज्नै मात्र पुगेका हुन्छन भन्ने भारतीयमा शोच बनाएको रहेछ भन्ने लाग्यो । उक्त शोच भारतमा मात्र हाइन । विश्वव्यापी नै बनेको होला भनेमा फरक नपर्ला की भन्ने पनि लाग्यो । किनकि टोपी लाउने होस या नलाउने नेपालीहरु कामको सिलसिलामा विश्वभरी छरिरहेका छन् । ती नेपालीहरुले इज्जत पनि कमाएका होलान । कसैले बइज्जत पनि पारेका होलान् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्