IMG-LOGO

गणेशमान बा ः शव्द संझना

 मंगल, असोज १, २०८१  – किशोर नेपाल

                 बा अहिले क्षेत्रपाटीको चाक्सीबारीमा बनेको, यो पुरानो मोडेलको स–सानो दरबारजस्तो, घरमा हुनुहुन्न । एकासी बर्षको उमेरमा, बिना पदचाप, कसैलाई सुईंकोसम्म नदिइ, बा यो घर छाडेर अनन्त यात्रामा लीन हुनुभयो । उहाँ यो लोकमा नहुनु भएको तीन दशक बित्न लागि सक्यो । तर, आभाश अहिले पनि यस्तो हुन्छ ः बा अहिले बिहान पनि, टाउकोमा घरबुनाको गम्छा वेरेर, चाक्सीको बोटमुनी राखिएको वेंतको कुर्सीमा वसी रहनु भएको छ ।                आपूm शहरबाट वाहिर गएको वेलामा पनि बा त्यसरी नै चाक्सीको बोटमुनी वसी रहनु भएको होला जस्तो लाग्थ्यो हामीलाई । ‘वहम’ त यो पक्कै थिएन । यसलाई झझल्को भन्नु पर्ला । बाको झझल्को भन्दा अझ राम्रो सुनिएला । अहिलेपनि बा यो घरमा प्रत्यक्ष उपस्थित हुनुहुन्न भन्ने सोच्नै मन लाग्दैन । किन हो किन । बाका निकट रहेका ब्यक्तिहरुलाई बा कि त बगैंचामा, कि वैठकमा, हुनुहुन्छ होला जस्तो लागि रहन्छ । अथवा, बा घरको नयाँ लंगपट्टी बनेको ट्वाइलेटको कमोडमा आरामसंग वसेर अखवार पढदै पेट खलास तुल्याउने प्रयत्न गर्दै हुनुहुन्छ कि ?                बा सँधै काठमाडौबाट प्रकाशित हुने प्रायः सबै अखवार पढनु हुन्थ्यो । कहिलेकहीं पढेर एक्लै मन्द मन्द हाँस्ने गर्नुहुन्थ्यो । त्यो घरमा पुग्दा अहिले पनि अनायास लाग्दछ ः कतै बा अखवार पढदै पो हुनुहुन्छ कि ? प्रायः उहाँलाई कब्जियतले सताएको समयमा अक्षर पढन जान्ने केटाहरुले वाथरुम वाहिर वसेर बालाई अखवार पढेर सुनाउथे अलिकति चर्को स्वरमा । उहाँको आनीवानी थाह पाउनेहरु भन्थे ः बाको त्यस्तै हो ।                अखवार पाएपछि अरु केही चाहिँदैनथ्यो बालाई । अखवारमा लेखिएका समाचार र बिचारमा बाको विश्वास एकदमै धेरै भएर होइन । राज्य आफैले चलाएको अखवार मार्फत भूmठा कुरा फैलाउने हुनाले उहाँ नियमित निस्किने सवै अखवार पढने गर्नुहुन्थ्यो । सानो आकारको, ठूलो आकारको, साप्ताहिक र मासिक । हाँस्नका लागि पनि बालाई कुनै वहाना चाहिदैनथ्यो । अतीतका कुरा सम्झेर हाँस्नु, अतीतका घटनामा रमाउनु बाको वानी थियो । त्यो पनि, फिस्स । तर, बाको फिस्स हाँसो बडो चमकदार हुन्थ्यो । कहिलेकाहीं मात्र निस्किन्थ्यो ।                पचहत्तरौं जन्मदिन मनाउँदासम्म बाको आँखा निकै चम्किला र तीखा थिए । अलि टाढैको रंगीन साइनवोर्ड पनि सजिलै पढन सक्थे बाका तीक्ष्ण आँखाले । बालाई देवनागरी लिपिमा अंग्रेजी भाषाको शव्द लेखेको र अंग्रेजी लिपिमा नेपाल भाषाको शव्द लेखेको पटक्कै मन पर्दैनथ्यो । साहित्य चेतना प्रचूर थियो बामा । भाषा बिगारिएको देखेपछि भन्नुहुन्थ्यो, “यो के गाइजात्रा गरेको होला ।”                बा कहिलेकहीं खिचा पोखरीको एउटा रेष्टुराँमा जाने गर्नुहुन्थ्यो मम खान । उहाँका एकजना शेरचन मित्रको थियो यो रेष्टुराँ । महिनाको यति गते यति साथीभाइ समेतलाई मम खुवाउने । रेष्टुराँवाला बाको खूव इज्जत गर्दथे । उनी बालाई नेता मान्दथे । बा उनलाई साथी भन्नुहुन्थ्यो । बाले ममको अर्डर दिएको बेला स्पेशल कीमा तयार पारिन्थ्यो । डेजर्टका रुपमा दुइ पीस खुवाको मम वन्थ्यो बाका लागि । बाको पछि लागेर आउने सवैका लागि स्पेशल मम वन्दथ्यो । बाको अघिपछि लागेर संगसंगै हिंडने आधा दर्जन साथीहरु हुन्थे । त्यसपछि सरकारले बा कहाँ जानुहुन्छ, के गर्नुहुन्छ, कस कसलाई भेटनुहुन्छ भन्ने जानकारी बटुल्न दुइजना सीआइडी पनि उहाँको पछि पछि खटाएको हुन्थ्यो । बाले आपूmसंग आएका जत्ति सवैका लागि खाजा मंगाउनु हुन्थ्यो मम । सरकारको कामगर्ने गुप्तचरलाई समेत खाजा ख्वाउने भनेपछि वुभ्mनुपर्छ ः बाको शान नै अर्को थियो ।                बाको आनीवानी पनि अचम्मलाग्दो थियो । बा ब्रम्हमूहूर्तमा देखिने वागमती छेउमा अल्झिएका छायाँहरुसंग एकाकार हुनसक्ने शक्ति राख्नु हुन्थ्यो । उहाँ मौन मिर्मिरेको आनन्दमा डुव्न सक्नु हुन्थ्यो । मानिसहरुको स–सानो हूलमा पनि अलप हुन सक्नुहुन्थ्यो । कहिलेकहीं बा मेरो विछ्यौनामा पल्टिएको जस्तो लाग्दथ्यो मलाइ । हामी परिवारका मानिसका लागि मात्रै होइन, सवै शहरियाका लागि बा शक्तिशाली हुनुहुन्थ्यो । कीर्तिपुर, भक्तपुर, ललितपुर र कान्तिपुर ः यी चारै शहरमा बा चीनका माओत्सेतुंग जत्तिकै शक्तिशाली हुनुहुन्थ्यो । माओ किन शक्तिशाली थिए भने उनले आफनो विछ्यौना कहिल्यै कसैका लागि प्रयोगगर्न दिदैनथे । उनलाई आफनो विछ्यौना छाडनुपर्ने परिस्थितिको सामना पनि कहिल्यै गर्नु परेको थिएन । बा पनि माओ जत्तिकै शक्तिशाली हुनुहुन्थ्यो । किनभने उहाँले आफनो विछयौना कहिल्यै, कसैका लागि छाड्नु भएन । माओत्सेतुंग आफनो घर छाडेर कतै जानु परेको अवस्थामा आपूmसंगै आफनो खाट र विछ्यौना लिएर हिंडथे । माओको खाट र विछ्यौना उठाउन पाएर गदगद भएका कार्यकर्ताहरु सारै चर्को आवाजमा नारा लगाउँथे “माओत्सेतुंग जिन्दावाद ।” नारा जति चर्को लाग्दथ्यो त्यति नै वढी पूँजीवादको भित्तो चीरा चीरा परेर चर्किन्थ्यो । ती मध्ये जुनसुकै चीराबाट सूर्यका राता किरणहरु छिर्ने गर्दथे । कुनैबाट घामका पहेलिंदै गरेका छाँयाहरु चम्किने गर्दथे ।                बा पनि घर छाडेर वाहिर जाँदा गुण्टा कसेर लैजानु हुन्थ्यो । यो अत्यधिक आनन्दको समय हुन्थ्यो मेरा लागि । बा वेलावेलामा आपूm ‘लौह’ पुरुषबाट खुइलिएर ‘लौहभष्म’ पुरुष भएको कथा हाल्नुहुन्थ्यो । आफनो नियतिमाथि आफैं हाँस्नु हुन्थ्यो र भन्नुहुन्थ्यो, “देखो भाई कुदरतका खेल, पढे फारसी और वेचे तेल ।”                उहाँले जे भनेपनि उहाँ खुइलिनु भएको पक्कै थिएन । बाको मनमा असन्तोषको आगो दनदनी बलेर रातो फिलिंगोमा परिणत भै रहेको हुन्थ्यो । त्यत्रो इज्जतदार पुर्खाको सन्तान भएर पनि बाको मनमा “आफनै” भन्ने कुनै कीर्ति आर्जन गर्न नसकेको ‘खीज’ थियो । अन्ततः बाको मनको त्यो ‘खीज’ बाको आफ्नै कारणले उड्यो । राणाहरुको कुशासन विरुध्द छाती फुकाएर उभिएपछि बा रातारात प्रसिध्द हुनु भो । शहरमा जताततै उहाँको शौर्यको कथा सुनिन थाल्यो । उहाँको टोपी गर्वको अग्लो सगरमाथा वन्यो । शहरका नानीचाहरु बाको आँखामा एकपटक चम्किनका लागि भ्mयालबाट चियाउन थाले । कतिको मनमा गुनकेशरीको गीत गुन्जियो होला । बाको चित्र इतिहासको पानामा चम्कियो ।                बा अहिले हुनुहुन्न । तर, समय समयमा उहाँ मानिसको तर्कनामा भेटिनु हुन्छ । वेलावेलामा उहाँका आवाजहरु प्रतिध्वनित हुन्छन । बा शहरमा अलिकति अवेरसम्म हिडनुहुन्थ्यो । बाले सँधै टेक्ने गरेको कटवाँसको लौरोको “ट्वाक ट्वाक” निकै चटकिलो र निकै टडकारो सुनिन्थ्यो । त्यो सुनेपछि शहरियाहरु भन्दथे – हो । उ... हाम्रो देशमा लोकतन्त्र ज्यूँदो छ ।                पहिले पहिले बा लेख्नु हुन्थ्यो पनि । अचेल लेख्नुहुन्न । मूड हुँदैन रे वूढाको । त्यसवखतको हिराकाजी अलि वदमास थियो । जवानीको हावाले अलि वढी नै छोएको । संझिने शक्ति कमजोर भै नसकेका बूढापाकाहरु सम्झिन्छन ः पहिले पहिले आधा धार्नी वँदेलको मासु खूव मीठो मानेर एक्लै खानुहुन्थ्यो रे बा । त्यो वाहेक दुइवटा कुखुरा र डेढमाना च्यूरा त उहाँलाई खाजा नै चाहिने । पछि संघर्षमा लागेपछि उहाँका तृष्णाहरु त्यसै मेटिएर गए रे । ठाँटिएर हिंडने कलामा पोख्त हुनुहुन्थ्यो बा । सातसालमा मन्त्री हुनुभयो । त्यसवेला कसैले उहाँलार्ई “कम्प्लिमेण्ट” दिएको थियो – यू आर दि वन्ली मिनिष्टर हुम आइ अल्वेज सी इन पर्फेक्ट ड्रेस । बालाई थाह थियो, देशका मानिस वलेको आगो ताप्छन । बालाई थाह थियो, देशका वहुसंख्यक मानिस सत्ताकै पक्षमा लाग्छन । बालाई थाह थियो, तानाशाहले मूर्दामाथि शासन गर्दछ । बालाई थाह थियो, लोकतन्त्रमा जनताले आफ्नो शासन आफै गर्दछ । बालाई थाह थियो, वलेको आगो ताप्ने राजधानीको प्रवृत्तिले डेमोक्रेसीको खिल्ली उडाउँछ ।                बाले कहिल्यै पनि “आजको दिन सजिलैसंग वित्यो” भन्न पाउनु भएन । प्रजातन्त्र आएपछि उहाँलाइ लाग्यो, ‘छोरा नपाउन्जेल कसरी पाउँ, पाएपछि कसरी हुर्काउँ ?’ बाले नेताको ‘पोज’ त लिनु भयो । तर, त्यो पोज नै विस्तारै उहाँका लागि बोझ हुन थाल्यो ।                बालाई थाह थियो, लोकतन्त्रका विरोधीहरुका लागि अव्यवस्था एकदमै उपयोगी हुन्छ । यो अवस्थामा फष्टाउनेहरु कि फासिष्ट हुन्छन कि एकाधिकारवादी । बालाई आफनो लट्ठी भुईंमा ठोकिएपछि त्यसबाट आउने आवाजको महत्व थाह थियो । बा त बा हुनुहुन्थ्यो । बा साँच्चैको बा हुनुहुन्थ्यो । सबैका बा ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्