IMG-LOGO

पाँच बानी त्यागौ, सफलता हात पारौं

 मंगल, असोज १, २०८१  ---

– मिलन शर्मा कौशिक                जीवनलाई सफलताका लागि पहिला मानसिक रूपमा तयारी हुनुपर्छ अनि यी पाँच बानी त्याग गर्नु पर्छ । यदि तपाईं पनि सफल हुने हो भने त्यागौँ  ती बानी । डरः कुनै पनि काम सुरु गर्न लाग्दा मनमा डर उत्पन्न हुन सक्छ । त्यो नै सफलताको लागि बाधक हुन आउँछ । कहाँबाट सुरु गर्ने, कसरी गर्ने, अवरोध पो आउने हो कि भन्नेजस्ता कुरा मनमा खेल्न थालेपछि समस्या हुन्छ । त्यसले अगाडि बढ्ने बाटो बन्द गरिदिन्छ । यस्तै डरका कारण अधिकांश मानिसले काम थाल्नै सक्दैनन् र थाले पनि बीचमै छाडिदिन्छन् । सुरुवाती डरबाट मुक्ति पाउन सफल मानिसहरूको जीवन नियाल्नु पर्छ, जसले सुरुवातमा तपाईंको जस्तै लक्ष्य लिएका थिए र अनेकन चुनौतीको सामना गर्दै सफल बने । सफल व्यक्तिहरूका बारेमा पढ्न, बुझ्न र जान्न जरुरी हुन्छ ।                आत्मविश्वास नहुनु ः कुनै पनि काम सुरु गर्नुअघि आत्मविश्वास नहुँदा अगाडिको मार्ग खुल्दैन । यो विषयमा जानकार छैन भनेर सानो मन बनाउने मानिसले काम थाल्नै सक्दैनन् । कामै नगरेपछि कसरी हुनु सफल ? जानकारी छैन भनेर बढ्न नखोज्नु व्यापारमा मुर्खता हो । अत्यन्त सफल मानिस मध्ये अधिकांश आफू सफल भएको पेसाका विज्ञ हुँदैनन् । यही नै सत्य हो । यही सत्यलाई आत्मसात् गर्न आवश्यक छ । आफ्नो उत्पादन र सेवाको विषयमा काम गर्दै जाँदा जानिने हो । आत्मविश्वासलाई मर्न दिनु हुन्न र बिस्तारै आफूले सुरु गरेको कामको विषयमा अपडेट हुँदै जानुपर्छ ।                अनावश्यक शंका ः नयाँ खालको काम गर्दा कतै कुरा काट्ने पो हुन् कि, सन्की पो भन्ने हुन् कि, घमन्डी पो भन्ने हुन् कि भन्ने जस्ता अनावश्यक शंकाले मानिसलाई सफल बनाउँदैन । मनमा अनेकखाले कुरा खेलाउँदा काम नहुन पनि सक्छ । कुनै नयाँ काम थाल्दा दुनियाँले कुरा काट्न सक्छन् । अनेक आरोप पनि लगाउन सक्छन् । तर, जब मानिस सफल हुन्छ तब पहिला कुरा काट्नेहरू नै प्रशंसा गर्न थाल्छन् । त्यसकारण मनमा अनेक कुरा खेलाएर सफलताको बाटोमा तगारो हाल्नु हुँदैन ।                लगानीको चिन्ताः कारोबार सुरु गरेपछि सबैभन्दा ठूलो डर लगानीको हुन्छ । कैयौँ पटक मानिस यही डरका कारण अगाडि बढिसकेको आफ्नो पाइलालाई रोक्छन् र उल्टो पछाडि हिँड्न थाल्छन् । थप लगानी हातमा नभए पनि तपाईं आँटका साथ आफ्नो व्यवसाय सुरु गर्नुस् । यदि तपाईंले सफल व्यवसाय गर्न थाल्नु भयो र केही नयाँपन दिनुभयो भने लगानीको विषय त्यसै समाधान भएर जान्छ, लगानी तपाईंको दैलोमै आइपुग्छ ।                हीनताभावः अनुभव, लम्बाइ, लिंग र छालाको रङसँग जोडिएको हीनताबोधले मानिसलाई अगाडि बढ्नबाट रोक्छ । आफ्नो उचाइ, लिंग र छालाको रङका कारण कतिपय मानिस नयाँ काममा हात हाल्न डराउँछन् । जसले गर्दा उनीहरू माथि उठ्न सकिरहेका हुँदैनन् । तपाईंले यस्तो विषयवस्त ुप्रति कुनै वास्ता नगर्नुहोस् । जेको व्यवसाय सुरु गर्दै हुनुहुन्छ त्यसको राम्रो सेवा र गुणस्तरीय प्रोडक्ट बजारमा लैजानतर्फ ध्यान लगाउनुहोस् । मानिस कसैको राम्रो बडी वा पर्सनालिटीबाट मात्र प्रभावित हुन सक्लान् । उसको सुन्दर अनुहार र कसिलो ज्यानकै कारण उसले उत्पादन गरेको कम गुणस्तरको प्रडक्ट खरिद गर्दैनन् । व्यवसायका लागि सेवा तथा प्रोडक्ट नै गुणस्तरीय हुन् आवश्यक हुन्छ । (सफलताका सुत्रहरुबाट)    

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्