विगत २ महिना देखि काभ्रे जिल्ला रोशि गाउँपालिका वडा नं १ मा पर्ने महाभारत लेकबाट झरेको तीन धारे झरना निकै चर्चित र भाइरल पनि रहेको छ । फागुन महिनामा एउटा यू–टयूवरले ड्रोन क्यामराले खिचेर झरनाको भिडियो यू–टयूवमा राखेपछि लाखौँ आन्तरिक पर्यटकहरूको ध्यान यो झरनाले खिचिरहेको छ । लक डाउनले घरभित्र बस्न वाध्य भएका मानिसहरूको लागि अहिले यो झरना मुड फ्रस गर्ने माध्यम बनेको छ । बाहुबलि फिल्ममा देखिएको जस्तो झरना भएकोले पर्यटकहरूले यो झरनाको नाम नै बाहुबली झरना राखेका छन् । हिजो आज दैनिक सयौँ मानिसहरूको रोजाईमा परेको यो झरनामा शनिबारको दिन हजारौँको संख्यामा मानिसहरू पुग्छन् । समुन्द्री सतहबाट १८०० मिटर उचाइमा रहेको यस झरनाको मुहान महाभारत लेक नै हो । प्रकृति प्रेमिहरूको लागि त यो झरना इश्वरीय बरदान नै हो । परापूर्व कालदेखि निरन्तर झरिरहेको यो झरना मिडियाकर्मीहरूको आँखा पुगेपछि सबैतिर चर्चित भएको हो । दुर्गम गाउँमा रहेको यो झरनामा यसरी लाखोँ मनिसहरू आइपुग्लान र यो झरनाको नाम राष्ट्रिय स्तरमा चर्चित होला भनेर हामीले कल्पना नै गरेका थियनौँ । स्थानिय बासिन्दाहरू भन्छन् । राजधानी काठमाण्डौबाट ६० किमि पूर्व दक्षिणमा अवस्थित झरनासम्म पुग्ने २ वटा मोटर बाटोहरू छन् । काभ्रेको धुलिखेल, नमोबुद्ध, दाप्चा, खहरे पागुँ, नारायणटार तथा काफल डाँडा हुँदै पुगिने यो बाटो बाटै अहिले पर्यटकहरू मोटर तथा बाइक मार्फत पुग्ने गरेका छन् भने अर्को बाटो बनेपा, पनौती, भुग्देउ, थापाडाँडा, कोप्तील हँुदै पुग्ने मोटरबाटो वर्षादको पहिरोले गर्दा लगभग बन्द जस्तै छ । कच्ची बाटो भएकोले पानी परेको समयमा मोटर बाटोको यात्रा अझ बढि जोखिमपूर्ण देखिएको छ । रोशि गाउँपालिका वडा नं १ का वडा अध्यक्ष श्रीदास लामा झरना तथा अहिलेको बस्तु स्थितिको बारेमा भन्नुहुन्छ । “पुरानो किम्बदन्ति अनुसार यो झरनाको माथि एउटा तलाउ छ र अहाँ एउटा ठुलो गुञ्र्घर गानो रहेको छ जसलाई मणिधारी नागले बेरेर बसेको छ । पहिला पहिला राति १२ बजे झरनामा बत्ति बलेको देखिन्थ्यो रे , देशमा कुनै संकट आउनु पूर्व यो तिनधारे झरनामा गएर महादेब र देविको पुजा गर्थे रे, अहिले तिनधारे झरनासम्म पुग्ने मोटर बाटो निर्माण भइरहेको र निकट भविष्यमा नै तिनधारे महोत्सव गरेर झरनालाई प्रमुख पर्यटकिय क्षेत्र बनाउन लागिएको कुरा पनि अध्यक्ष लामाले बताउनु भयो । बेथानचाक गाउँपालिकाले पनि आफ्नो क्षेत्रबाट तिनधारे झरना सम्म पुग्नको लागि थापाडाँडा देखि कोप्तिल हुदै रु ५,००,००० पाँचलाख योजनाको पैदल मार्ग बनाउँदै छ ।” थापा डाँडाका समाजसेवि केशव सापकोटा झरनाको बारेमा रोचक कथा बताउनु हुन्छ “पहिला पहिला झरनाको पिधँमा रहेको खडकुलो आकारको पोखरीमा गएर आफूलाई आवश्यक परेको भाँडाकुडाँ मागेमा भोलिपल्ट झरनाको नजिक उक्त भाँडाकुडाँ पाइन्थ्यो रे”सम्पूर्ण राष्ट्रिय टेलिभिजन तथा पत्रपत्रिका मिडियाकर्मीहरूले उक्त झरनाको बारेमा समाचार तथा लेख प्रकाशित गरेपछि झरना नजिकका बासिन्दाहरू निकै खुसी देखिएका छन् । दैनिक सयौको संख्यामा यात्रीहरू आउने र कतिपय यात्रीहरू झरना नजिकै रात विताउने गर्नाले पनि स्थानीय व्यापार निकै फस्टाएको छ । ९–१० घण्टाको पैदल यात्रा गर्दै तिन धारे झरनामा आइपुगेकि गायिका गरिमा हुमागाई बाटो निर्माण हुँदै भएकोले पैदल यात्रा कठिन भएको तथा झरना र बरपरका प्राकृतिक दृश्यले आफ्नो थकाई पुरै मेटेको बताउँछिन् । राम्रो पैदल मार्ग निर्माण गर्न सके झरना सम्म हाइकिङको मनोरञ्जनको लागि आन्तरिक तथा बाह्य पर्यटक भित्रियाउन सकिने राय ब्यक्त गर्छिन । अर्को बनस्पति विज्ञ अनिल हुमागाई तिन धारे झरना नजिक रहेको लेकमा आखौको जडिबुटि रहेको र त्यसलाई सहि सदुपयोग गर्न सके राष्ट्रिय ढुकुटी भरिने कुरामा कुनै दुई मत नभएको भनाइ ब्यक्त गर्छन । जे होस “तिनधारे झरना प्रकृतिको बहुमुल्य उपहार हो । प्रकृतिक प्रेमीहरूको लागि त इश्वरको बरदान नै हो । महाभारत लेकका उच्च चुचुराहरू र उचाईबाट फिजारिएर झरेको निर्मल झरनाले कस्को पो मन मोहित नबनाउला ?” हामी सबै मिलि तिन धारे झरनाको संरक्षण र सर्वद्र्धन गरौँ ।
