IMG-LOGO

कृष्ण दमाईको सम्मान

 मंगल, सावन २९, २०८१  – प्रा. राम लोहनी

           कृष्ण दमाइले पशुपति कोटीहोमको पुराण वाचनको व्यासासनमा बसेर आफूलाई यो अवस्थामा पुर्याउने “गुरु” हरूलाई सम्झिएको अलिकति प्रवचन सुन्न पाइयो । यति सुनेपछि मैले त्यो क्लिप पुरै सुन्ने इच्छा गरिनँ । आफूलाई पढाउने शिक्षकहरूलाई सम्झिनुलाई अन्यथा मान्न मिलेन । तर कृष्ण दमाइलाई व्यासासनमा पु¥याउने श्रेय चाहिँ ती “गुरु“ हरूलाई जान्न । एउटा दमाइको छोरालाई संस्कृत पढ्न पाउने गराएको ती गुरुहरूले होइन । गुरुहरूको चल्दो हो त संस्कृत पढ्छु भनेर एउटा दमाइले भनेको सुन्ने बित्तिकै त्यसलाई मुखमा डामिदिन्थे । त्यो दमाइको छोरो भएको कक्षामा पढाउन ती गुरुहरू बाध्य भएका हुन्, पढाउँदिन भन्न नसकेर । उनीहरूको चल्थ्यो भने त्यो केटोलाई कक्षामा देख्नासाथ उसलाई कक्षाबाट निकालेर कक्षा कोठालाई “चोख्याउने” र शान्तिस्वस्ति गर्ने काम गर्थे होलान् ।           नेपालमा संस्कृत विश्विद्यालय खुलेको कति भयो ? आजका दिनसम्ममा दलित समुदायबाट संस्कृतमा स्नातक एउटै मात्र विद्यार्थी पैदा हुनु नै त्यसको प्रमाण हो। कृष्ण दमाइको संस्कृत ज्ञानको श्रेय ती गुरुहरूलाई जान्न । त्यो वातावरण बनाउन योगदान गर्ने तमाम व्यक्तिलाई जान्छ । तर शिक्षाले मूलत मान्छेलाई आफूले पढेको कुराको दास बनाउँछ । कृष्ण पनि आफ्नै विद्याको दास बनेका हुन् । पढेको मान्छेले नपढेको कुरा जान्दैन ।    

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्