– भारत दर्शन यात्राको सोह्रौ दिनमा हामी सिमला पुगेका थियौं । सिमलाको केहि दर्शनीय स्थानहरुको अवलोकन गर्न बिहानै उठेर निस्केका थियौं । त्यहँको नयाँ र पुरानो घरबस्ती बजार अवलोकन गर्दै सिमलामो सिरमा रहेको प्रसिद्ध मठमन्दिरको पनि दर्शन ग¥यौं । हाम्रा यात्राका दिनहरु सकिदै आएकाले अबको अन्तिम गन्तब्य हरिद्धार मात्र बाँकी रहेको थियो । समयमै हरिद्धार पुग्न हाम्रो मन बेचैन थियो । सिमलाको बसाँइ छोट्याउँदै बसपार्क तर्फ नै हान्नियौं । बसको जानकारी लिने सिलसिलामा बसपार्कमै हिडिरहेकी एकजना भद्र महिलासँग कुराकानी गर्दा उनी नेपालकी नै रहिछिन् । उनलाई एकछिन कुर्न सके उनकै साथीको जिपले हिरिद्धार पु¥याईदिने सल्लाह दिइन् । बस भन्दा जीप नै ठिक होला भन्ने सोचेर जीप नै पर्खियौं । नभन्दै जीप आइपुग्यो । दिउँसो बाह्र नबज्दै ड्राईभरका केहि आफन्त घरमै पुगी लिन जाने भन्दै गाडी अगाडी बढ्यो । सिमलाको हाइवेबाट नभई छोटो बाटो भन्दै दुरदराजको गाउँ बस्ती पहाडको बाटो हुँदै जीप कुदिरह्यो । किन यति असजिलो ठाउँबाट ल्याएको तपाईंहरु भारत घुम्न आउनु भएकाले यहाँका मानिसको जनजीवन, खेतीपाती, पशुपालन, ग्रामिण घरेलु उद्योगहरुको बारेमा बुझ्नुहोस भनेर यो ठाउँ हुँदै ल्याएको ड्राईभरले बताए । वास्तवमा निक्कै अफ्ट्यारा बाटाहरु हुँदै उनका आफन्त चढाउन सो बाटो आएको हामीले नबुझ्ने कुरै थिएन । निक्कै समय गुडेपछि बल्ल हाइवे पुगियो । हरिद्धार पुग्दा रात परे हामी बिचमै पर्छौं समयमै हामीलाई लजमा छोडिदिनुहोस भन्ने अनुरोध गर्दै जीपको स्पिड १०० भन्दा बढाइएको थियो । फलस्वरुप रातको ९ बजे हरिद्धार पुगि एउटा धर्मशालामा कोठाको व्यवस्था गरि उहाँ हिड्नुभयो । खानपानको निम्ति पारीपट्टिको भोजनालय देखाउनुभयो । खाना खाइवरी धर्मशालाको कोठमा हामी मज्जाले निदायौं । हरिद्धार र ऋषीकेस दुवै स्थानहरु गंगा नदिको कारणले पवित्र तीर्थ र धार्मिकस्थल भएका हुन् । त्यहाँ पुगेपछि ति धर्मिक स्थल नपुग्ने कुरै भएन । त्यहाँ घम्यौं, दर्शन ग¥यो र लगत्तै ऋषिकेस पुग्यौं । अबको शाम्रो लक्ष्य भनेको महत्वपूर्ण तिहरी डैमा पुग्ने थियो । तिहरी डैमको आर्कषण यसकारण थियो कि उक्त डैम एसियाकै सबैभन्दा अग्लो २६०.५ मि अग्लो बाँध र चौं ११२८ मिटर थियो । २४०० मेगावट विद्युत हने डैममा पहाडमा टनले खनेर , सिंचाई खानेपानी तथा बाँधबाट बनेको जलाशय बोटिङ् इत्यादिबाट सरकारले प्रशस्त फाइदा पाईरहेको छ । दुईवटा नदिहरु भागिरथी र भीलगंगाको दोभानमा डैम बनाउँदा एउटा विशाल ताल जमेको रहेछ । मानव निर्मित यो ताल निर्माण गर्दा धेरै विरोध र संघर्ष झेलेर पार गर्नुपरेको थियो । कयौं घर बस्ती र बजार नै तालमा डुबेका रहेछन् । ति वस्तीका मानिसहरुका निम्ती अर्कै टिहरी शहर नै बनाएर वस्ती सरकारले बनाइदिएको हामीले देख्यौं । तिहरी डैम कहाँ छ ? कति टाढा छ हामीले देखेका थिएनौं । मनमा केवल तिहरी डैम हेर्न जाने हुटहुटी थियो । ऋषिकेसबाट ८६ कि.मी टाढा रहेछ । सोधपुछ गर्न बसपार्कको काउन्टरमा जानुभएको सहयात्रीलाई झन् घुमाउरो टाढाको बाटो बताइएछ । केहि पनि जानकारी नहुँदा उहाँहरुकै कुरा सुन्न प¥यो । हामीले खाना खाएकै थिएनौं । बिचमै खानेपनि हो हामीले पनि खाएका छैनौ भन्दै स्टाफहरुले बस चढाए । झण्डै ९० किमिको बाटो भनेको टाढै हो । समय घर्कदै गयो । दिउसो २ बजेतिर खाना खाने ठाउँमा पु¥याए । बल्ल ४ बजेतिर टिहरी डैम मज्जाले देखिने ठाउँमा पु¥एर छोडे । पहाड र खोंचहरुको बिचमा विशाल बाँध , कन्च पानीको विशाल तलाउ देख्दा मन त्यसै रमायो । हे¥यौं चारैतिर । हर्ने सुरक्षित ठाउँ बनएको रहेछ । बाँध हेर्न र रमाउन सधैं मानिसहरु आउने रहेछन् । तर हामी पुग्दा त्यहाँ कोहि थिएन । सबै हिडिसकेका रहेछन् । त्याहा मात्र चिसो सोडा बेच्ने होटल साहु रहेछन् । । सोडा पियौं । र साहुलाई सोध्यौं अब हामी फर्कने बस कहाँ मिल्छ ? यहाँबाट सिधा २ किमि हिडेपछि बस्ती बाट बस आउँछ त्यहि जानुस भने । उनले देखाएको सडक हुँदै हामी गयौं । भनेजस्तै दोबाटोमै पुग्यौं ।। दोबाटमै धेरै बस कु¥यौं तर आएन । कुनै मान्छे थिएन । चहल पहल बन्दा भइसकेको थियो । त्यहाँ दुईवटा छाप्राहरु थिए त्यो पनि बन्द गरिसकिएको थियो । त्यहि बेलामा एउटा कार्यालयजस्तो घरबाट एकजना मान्छे निस्किएर आएको देख्यौं । उनलाई साध्यौं बस कतिबजेतिर आउँछ भाई ? बस आउने समय सिमित भयो भनेपछि भने हाम्रो मनमा छटपटि भयो । किनकि न त्यहाँ खाने ठाउँ थियो न बस्ने । बस्ती बजार कहँ कति टाढा छ केहि अत्तोपत्तो थिएन । बिरानो ठाउँ आज चाँहि अलपत्र पर्ने भयौं, सडकमै सुत्नु पर्ने हुन्छकी भन्ने भएकाले हामी सबै अक्रान्त भयौं । फर्कने कुनै उपाय छ की भनेर हे¥यौं । त्यहि बखत एउटा खाली जिप आएछ । जीप राक्यौं म जीप छेउ गएँ । तपाइंको गाडी खाली रहेछ । हामीलाई हरिद्धार जाने बस या अन्य कुनै गाडी भएको ठाउँसम्म पु¥याईदिनुहोस् भनि अनुरोध गरें । तपाई हरु नेपाली हो भनेर उनले सोधे । हामी नेपाली नै हौं र १५ दिनदेखि हामी इण्डियाको विभिन्न ठाउँहरु घुमेर आज यहाँ टिहरी डैम हेर्न आएको भनी उत्तर दिएँ । मेरो गाडी चाँहि हैन अफिसको गाडी हो तर पनि म सहयोग गरिदिउँला भन्दै गाडी बाट ओर्ले । हाम्रो सकस फुकाउन युवक तयार भएको हामी खुसी भयौं । नभन्दै अर्को खाली बोलेरोजीप आइपुग्यो । हाम्रो सहयोगी ड्राईभर भाइले चिनेकै ड्राईभर परेछ , गाडी रोकर उनीहरुले हाम्रो समस्याको बारेमा छलफल गरे । ७०० रुपैंया दिए बस मिल्ने एउटा पहाडी बजारमा पु¥याउने सम्झौता भयो । हामी खुसी भएर गाडीमा चढ्यौं । पहिला ड्राईभर भाईलाई धन्यवाद दियौं । त्यहाँबाट १७ किमि बजार साँझको ५.३० मै पु¥याई ऋषिकेस जाने लास्ट बस भेट्टाइदियो । हाम्रो खुसीको ठेगाननै भएन । धर्मशालाको सञ्चालकलाई हामी आउने खबर दियौं । जस्तोसुकै हतार र स्पीडले गाडी कुदाए पनि हाम्रो बसास्थानमा पु¥याउँदा रातको १० बजिसकेको थियो । हाम्रो यात्रा तिहरी डैमको यात्रा पनि रोचक, घोचक, र सकरपूर्ण भएकोमा हाम्रो दुईमत छैन । तिहरी डैमको झझल्को दिने किसिमको नेपालमा पनि काली गण्डकी र आँधी खोलाको दोभानमा बाँध बाँधेर तलाउ बनाई विद्युत उत्पादन गरिएको छ ।
