IMG-LOGO

प्रतिभा पराजुली उर्फ देवी प्रतिभा

 मंगल, सावन १५, २०८१  – दीपशिखा शर्मा

      उमेरले २३ बसन्त पार गरेकी, सर्लक्क परेकी गोरी, सुन्दरी, नेपाली मुलकी कथा बाचिका प्रतिभा पराजुली उर्फ ‘ देवी प्रतिभा’ लाई हालसालै पशुपतिनाथको बनकाली परिसरमा आयोजना गरिएको कोटिहोममा कथा बाचन गर्नको लागि भारतबाट झिकाईयो । उनी आफ्नो शानबानका साथ नेपाल आईन् ।       मञ्चमा आसिन हुँदै काम, क्रोध, लोभ,लालच सबै त्यागेपछी मात्रै मानिसहरुलाई वास्तविक सुख शान्ति प्राप्त हुन्छ भन्दै कोटिहोममा उपस्थित भक्तजनहरुलाई केही काल्पनिक कथा सुनाइन् । आखिर नेपालीहरुको बुद्धि पछि आउँछ भने झैँ कोटिहोममा सहभागी भएका लाटासोझा नेपाली दाजुभाइ दिदीबहिनीहरु उनको काल्पनिक कथामा त्यसै त्यसै सम्मोहित भए, मख्ख परे र आवेगमा आई धमाधम आफ्नो भएको सिरिखुरी सबै दान गर्न थाले ।       कोटिहोम सकेर जब उनी ५० लाखको बिटो बाटो खर्च स्वरूप लिएर आफ्नो जम्बो दलबलसहित भारततर्फ लागिन् त्यसपछि मात्र झल्यास्स आँखा खुलेका नेपालीहरुले अहिले आएर धेरै गुनासो र चर्को बिरोध गरेको सुनिएको छ । स्वाभाविक हो ,त्यति पैसापनि नलिए उनका अगाडि पछाडि हिंड्ने दक्षिण भारतीय चलचित्रका खलनायक जस्ता एमानका ठूला ठूला राक्षसजस्ता भुसतिघ्रे बाउन्सरलाई तलब भरपाई कहाँबाट हुन्छ त महोदय ? तपाईंहरु एकपटक ठण्डा दिमागले सोच्नुहोस् त ?       आश्चर्यको कूरा त के देखियो भने उनी नेपालमा जन्मेकी चेली रे ! तर नेपालमै उनलाई यस्तो अचाक्ली सुरक्षा चाहिने ? त्यो पनि दक्षिण भारतीय चलचित्रका खलनायक जस्ता भयानक बाउन्सरहरुबाट ? पशुपति परिसरमा चलेको कोटिहोममा त्यत्रो थामिनसक्नु भीड पनि खासै देखिएन । भारतबाटै आएका रामदेव, सदगुरु, श्री रविशंकर लगायतका गुरुहरूले समेत यस्तो आँखै बिझाउने सुरक्षा गार्ड राखेको देखिएको थिएन । कथित देवी प्रतिभाको प्रवचन उत्पातै विलक्षण पनि थिएन, सामान्य नै हो । बरु यिनको चर्चा त यिनै भुसतिघ्रे सुरक्षा दस्ताको कारणले पो भइरहेको देखियो त ? कि कसो ?       अन्य देशहरू विकासको हिसाबले कहाँ पुगिसके तर हामीहरु भने  ज्यूँ का त्यूँ छौँ,अझै पूजापाठ गरेर नै सम्पूर्ण जीवन सिध्याउन तयार छौँ । कथित धर्म प्राप्तिको आशामा बिहान खाए बेलुका के खाउँ ? बेलुका खाए बिहान के खाउँजस्तो अवस्थामा पनि लोक लाजको डरले आफ्नो सन्तानको गाँसगलो कटाएर दान दक्षिणा गर्न तयार छौँ । यस्तो रुढीबादी अभ्यासले हामी कहिले सुध्रिने ? हाम्रो सद्बबुद्धि कहिले पलाउने ? मुलुक समृद्धिको मार्गमा कसरी अगाडि बढ्ने ? शुभ प्रभात साथीहरू  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्