IMG-LOGO

चण्डेश्वरी मन्दिर परिसर सम्पदाका अभिलेखहरु

 मंगल, असार १९, २०८१  – अर्जुन कुमार अरे

       अभिलेख सम्बन्धमा डा. दिनेशचन्द्र रेग्मीले पूरालेखन र अभिलेखमा राजकीय र व्यक्तिगत गरि दूइ प्रकारमा बर्गिकरण गरेको छ । सामान्यतया राजकीय अभिलेखमा राजाको गुणगानमा लेखिएका प्रसस्ति, राजकीय धोषणा थितिबन्देज, भूमिदान जस्ता बिषयहरु समावेश गरि अभिलेख कुंदिएका हुन्छन भने व्यक्तिगत अभिलेख अन्तर्गत शाशक भन्दा भिन्न व्यक्तिले दान र संस्मरण स्वरुप अभिलेखहरु कुंदाउने गरेको पाइन्छ । राजकीय अभिलेख अन्तर्गतका लिच्छविकालिन रवटा अभिलेख मानदेवको चांगुनारायण स्तम्भलेख र जयदेबको पशुपतिअभिलेख राजकीय अभिलेख अन्तर्गतका प्रशस्तितर्फको अभिलेखहरुमा राम्प्र उदाहरणको रुपमा लिने गरेका छन । लिखित सामग्रिमा तिथिमिति उल्लेख भएको सामग्रिनै इतिहासको बढि भरपर्दो र प्रामाणिक स्रोत मानिन्छ । यस सम्बन्धमा डा. दिनेशचन्द्र रेग्मी लेख्नु हुन्छ घटना र तथ्थयका साथसाथ संवत र तिथि पाइने हुनाले अभिलेखहरु भरपर्दा तिथियुक्त र समसामयिक लिखित सामग्री हुन् ।      बनेपा नगरपालिकाबाट वि.सं २०५३ जेठ २० गते प्रकाशित बनेपा सातगाउँ (बनेपा नगरपालिकाको स्मारिका – ३) स्मारिकामा अभिलेखहरुको पूर्ण पाठ सहित बनेपा, सांगा, धुलिखेल, पनौती, नाला, श्रीखण्डपुर र नमबुद्धको समेतको अभिलेखहरु प्रकाशित गरेका छन् । उक्त स्मारिका ऐतिहासिक, सांस्कृतिक र पुरातात्विकको हिसाबले मेरो बिचारमा अति महत्वपूर्ण कृति लाग्यो । उक्त स्मारिकामा भोट देशको सातगाउँ र त्यहाँको अभिलेख शिर्षकमा श्यामसुन्दर राजवंशीको एउटा लेख प्रकाशित छ । उक्त लेखमा अभिलेखहरु निम्न स्थानको निम्न संख्याको अभिलेख प्रकाशित गरेका छन् । त्यसैगरी बनेपामा ५० वटा, नालामा १८ वटा, पनौतीमा १३ वटा, खोपासीमा १ वटा, धुलिखेमा ११ वटा, नमबुद्धमा ३ वटा, श्रीखण्डपुमा १ वटा र सागामा ९ वटा गरी जम्मा १०६ वटा अभिलेखहरु प्रकाशित गरेका छन् ।      उपरोक्त बिबरणले बनेपाको ५० वटा अभिलेख मध्ये २०वटा अभिलेहरु चण्डेश्वरी मन्दिर परिसरका सम्पदासंग सम्बन्धित अभिलेख रहेको छ । अभिलेखहरु मुख्यतया व्यक्तिगत प्रकारको अभिलेखनै समावेश छन । नित्य पूजा मरमत सम्भार, र भूमीको आयस्ताबाट बिबिधि कार्यगर्न भूमिको बिबरण सहितको गूठी कायमगरी मूलधन कहिल्यैि ननासिनेगरि जग्गा जमीनको दानगरेको अभिलेख रहेको छ । यस अभिलेखमा दात्ताको नाम र कुन राजाको पालाको हो तत्सम्बन्धि अभिलेख कुंडाएका छन ।      चण्डेश्वरी मन्दिर परिसरको प्रकाशित २० वटा अभिलेखहरु मध्ये हालको अवस्था निम्न रहेको छ । चण्डेश्वरी मन्दिरको उत्तर पटिको चण्डेश्वर महादेवका ढोकाको दायांपटि राखेको शिलालेख चण्डेश्वरी मन्दिर छाना सूधार समितिको स्टोर शाखामा मौजूद छ, चण्डेश्वरी मन्दिर पश्चिमपटिको पाटिको अभिलेख अज्ञात अवस्थामा छ, चण्डेश्वरी मन्दिरकोभित्रको मूल ढोकाको तोरणको अभिलेख अज्ञात अवस्थामा छ, चण्डेश्वरी प्रांगनको चण्डेश्वर महादेव मन्दिरको ढोकाको तोरणको अभिलेख काष्ठ) अज्ञात अवस्थामा छ, चण्डेश्वरी प्रांगनमा स्थापित अभिलेख हनुमान मूर्तिको अज्ञात अवस्थामा छ, चण्डेश्वरी मन्दिर पूर्व पटि पाटिको अभिलेख अज्ञात अवस्थामा छ, चण्डेश्वरी मन्दिर छाना सुधार समितिको स्टोर शाखामा मौजूद छ, ३ वटा शिलाअभिलेख एक बट्टा पढन सकिने अवस्थाको २ वटा पढन नसकिने अवस्थाको छ र चण्डेश्वरी मन्दिर भत्काउने कममा शिवसिह देवको पालाको बि.सं.१६६४ को जिर्ण ताम्रपत्र अज्ञात अवस्थामा छ ।      बि.सं. १६५२ मा शिवसिंह मल्लका पालामा स्वयम्भूको जीर्णोद्धार भएको थियो भनि धनवज्र बज्राचार्यले गोपाल राजबंशावलीको ऐतिहासिक विवेचनामा शमसुद्धिनको आक्रमण अन्तर्गत उल्लेख गरेको पाइएबाट शिवसिंह देब नभइकन शिवसिंह मल्ल हुनु पर्दछ ।      उपरोक्त तालिकामा उल्लेखित अभिलेखहरु मध्य सि.नं. १ को शिलाअभिलेख अति महत्वको र प्रामणिक स्रोतका छन । उक्त शिलाअभिलेखमा शाहकालीन राजा राजेन्द्र बिक्रम शाहको पालामा वि.सं. १८८६ सालमा चण्डेश्वर महादेवको मन्दिर र चण्डेश्वरको देवल जग देखि प्रारम्भ गरि नयां देवल बनाइ नित्य पूजाकोलागि खेत गूठी लगाएत अन्य बिबिध बिषय अभिलेखमा कुंदिएको छ । अभिलेखको अभावमा सो भन्दा पहिलाको मन्दिर कहिले कसले बनाएको हो प्रश्ननै बाकि रहन्छ । तर त्यस पछिको मन्दिर राजेन्द्र बिक्रम शाहको पालामा बनाएका प्रमाणित भएको र कालान्तरमा १९९० को भुइचालोले भत्किय पछिको जिर्नोद्धारको अभिलेख पनि अज्ञात अवस्थाको छ । प्रमाणित अभिलेखको अभावमा माइ चण्डेश्वरीको मन्दिर कसको पालामा कसले बनाएको भन्ने सम्बन्धमा अनुमान गर्नु बाहेक तथ्यगत रुपमा भन्न सकिने अवस्थामा हामी रहेनौ ।      ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक महत्वका सम्पदाहरुको अभिलेखहरु हराउनु, नासिनु र भएको अभिलेखहरुको संरक्षण गर्न नसक्नु र मौजूद रहेको शिलाभिलेखहरु यथा स्थानमा पुनस्थापना गर्नुको अतिरिक्त पढन नसकिने अभिलेखलाइ लिपि विशेषज्ञहरुबाट पढन सकिने गरि पुनलेखन गरेर भएतापनि पुनरस्थापना गर्ने तर्फ सरोकारवाला, स्थानीय निकाय तथा सम्बन्धित समितिहरुमा अनुरोध गर्दछु । परिसर भित्रका ऐतिहासिक महत्वका अभिलेखहरु कहिंकतै छ भने जानकारी वा प्रकाशित गरिदिन हुनपनि अनुरोध छ ।      द्रष्टव्यः छाना सूधार समितिको स्टोरमा रहेको शिलाभिलेख र अन्य मूर्तिको चित्र यसै साथ संलग्न गरिएको छ ।      यो लेख मेरो अप्रकाशित लेख चण्डेश्वरी मन्दिर र मन्दिर परिसरका सम्पदा एक जानकारी शिर्षकको एक अंश हो । यस लेखमा सम्पदाको अभिलेखलाई मात्र प्राथमिकतामा राखि चर्चा गर्न खोजिएका छ । यसै सन्दर्भमा सामग्रिहरुमा बनेपा सात गाउाका सम्पादक हरिराम जोशी र प्रकाशक बनेपा नगरपालिकाका मार्फत २०५३ सालमा गरिएको थियो । पूरालेखन र अभिलेखका लेखक डा. दिनेहचन्द्र रेग्मी हिमाल बुक स्टल डिल्लिबजारमा प्रकाशक गरिएको थियो । गोपाल राजवंशालीको ऐतिहासिक विवेचना धनबज बज्राचार्यले नेपाल र एशियाली अनुसन्धान केन्द्र त्रिभुवन विश्वविद्यालय किर्तिपूर २०६४ सालमा गर्नुभएको थियो र श्री चण्डश्वरी महात्म्य श्री चण्डेश्वरी मन्दिर पुनः निर्माण तथा छाना सूधार समिति २०६२ सालमा बनेपामा गर्नुभएको थियो ।  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्