IMG-LOGO

रोजर फेडेररका ‘जीवनका पाठहरू’

 मंगल, असार १२, २०८१  – यज्ञश

     सामाजिक सञ्जालले कहिलेकाहीं हामीबीच सुन्दर कुराहरू ल्याइपु¥याउँछ । यो साता मैले यसरी सञ्जालमार्फत भेटेको गजबको कुरा थियो– टेनिस लिजेन्ड रोजर फेडेररको दीक्षान्त सम्भाषण । लगातार २३७ हप्तासम्म नम्बर १ टेनिस खेलाडी रहेर कीर्तिमान बनाएका फेडेररका नाममा थुप्रै अरू विजयका कीर्तिमान छन् ।      फेडेररले गत आइतबार अमेरिकाको डार्टमथकलेजमा दिएको दीक्षान्त भाषण चर्चामा छ । आफूलाई मानार्थ विद्यावारिधिको उपाधि दिइएपछि उनले विद्यार्थी समक्ष गरेको २५ मिनेट लामो सम्बोधन सुने÷पढेपछि लाग्यो– यसलाई पछिल्ला वर्षहरूमा कसैले पनि गरेको सर्वाधिक सुन्दर सम्भाषण मध्ये एक मान्न सकिन्छ ।      प्रायः नेताका भाषण सुनेर र ती भाषणका समाचार पढेर दिक्क भएका पाठकलाई लाग्न सक्छ– फेरि के भाषणको कुरा ? तर, संसारको राजनीति र साहित्यको इतिहासमा केही भाषणहरूको महत्वपूर्ण स्थान छन् । चाहे मार्टिन लुथर किंगको ‘आइह्याभ अ ड्रिम’ भाषण होस् वा जवाहरलाल नेहरूको भारत स्वतन्त्र भएपछिको पहिलो भाषण होस् वा अमेरिकी राष्ट्रपति बाराक ओबामाको नोबल शान्ति पुरस्कार पाउने भाषण, केही भाषणले मानिसहरूलाई प्रेरित गर्ने गरेका छन् ।      टेनिस कोर्टमा जीवनका पाठ सिकेका फेडेरर यो शताब्दीका उत्कृष्ट÷ महान् खेलाडी मध्ये पर्दछन् । कुनै पनि खेलाडीलाई केवल मैदानमा देखाइएको कौशलले मात्रै महान् मानिंदैन । त्यसले ऊ सफल खेलाडी बन्न सक्छ । जसरी चुनावजित्ने सबै नेता महान् राजनीतिज्ञ बन्दैनन् । मानिस महान् बन्छन् त्यो सफलतालाई उसले कसरी र केका लागि प्रयोग गर्छ भन्ने कुराले । सफलताले दिने शक्ति, चाहे त्यो धनहोस् वा ज्ञान वा प्रसिद्धि, त्यसलाई कसरी प्रयोग गरिन्छ ? यो महत्वपूर्ण कुरा हो । उसको ज्ञान, शक्ति वा धनले धेरै मानिसको जीवनलाई सजिलो बनाउन कुनै पनि योगदान गर्दैन भने उसको सफलता केवल उसको मात्रै हुन जान्छ । जुन सफलतालाई अर्को कसैको कीर्तिमानले तोड्नासाथ त्यसको भाउ बासी अखबारको जस्तो हुनसक्छ ! फेडेररलाई पनि डार्टमथ विश्वविद्यालयले उनले गरेका परोपकारी कार्यका लागि मानार्थ विद्यावारिधि प्रदान गरेको हो ।      ज्ञान÷दर्शनको कुनै घोषित मुहान हुँदैन, वर्षाको मूल जसरी यो जसको अनुभवबाट पनि फुट्न सक्छ । त्यसैले होला, फेडेररको यो सम्भाषणलाई ‘मास्टर क्लास इन लाइफ लेसन्स’ भनिएको छ । ४२ वर्षीय यी स्वीस स्टार आइतबार मानार्थ पीएचडीको उपाधि लिन कलेज जाँदा आफ्नो जीवनमा दोस्रो पटक कलेज प्रवेश गरेका रहेछन् । आफूले आज दोस्रो पटक ‘कलेजमा पाइला हालेको’ भनेर उनले सम्बोधन सुरु गरेका थिए । उनले भने– ‘दोस्रो पटक कलेज आएको भएपनि म आज यहाँबाट फर्किंदा डा. फेडेरर भएर फर्किनेछु !’      फेडेररले यतिका वर्ष टेनिस कोर्टमा बिताएर सिकेका जीवनका केही महत्वपूर्ण ज्ञान विद्यार्थीहरूलाई केही वाक्यमा बताए ।      उनले १६ वर्षको उमेरमा टेनिस खेल्नका लागि पढाइ छोडेको उल्लेख गर्दै आफू कहिल्यै कलेज नगएको पनि बताए । तर आफूले हालै ‘ग्य्राजुयट’ गरेको उनले थपे । ‘रोजर फेडेरर, टेनिस ग्य्राजुयट’ अनिथपे, ‘रिटायर्ड भनेको राम्रो सुनिंदैन, ग्य्राजुयट मिठो सुनिन्छ ।’      २०२२ मा टेनिसबाट सन्यास लिएर रोजरले आफूलाई त्यसपछि सबैले ‘अबको योजना के छ ?’ भनेर सोधेको स्मरण गर्दै विद्यार्थीहरूलाई भने, ‘ग्य्राजुयट गरेका विद्यार्थीलाई पनि सबैले सोध्नेछन् अबको योजना के छ ? ’त्यसपछि उनले आफूले टेनिसबाट पाएको जीवनको शिक्षाबारे बताए । यसलाई उनले ‘टेनिस लेसन्स’ अर्थात्, टेनिसको पाठ भनेका छन् । त्यसका केही महत्वपूर्ण बुँदा यस्ता थिए ः १. ‘इफोर्टलेस’ (सजिलै) भन्नु एक मिथमात्रै हो      ज्ञान÷दर्शनको कुनै घोषित मुहान हुँदैन, वर्षाको मूल जसरी यो जसको अनुभवबाट पनि फुट्न सक्छ । त्यसैले होला, फेडेररको यो सम्भाषणलाई ‘मास्टर क्लास इन लाइफ लेसन्स’ भनिएको छ । ४२ वर्षीय यी स्वीस स्टार आइतबार मानार्थ पीएचडीको उपाधि लिन कलेज जाँदाआफ्नो जीवनमा दोस्रोपटक कलेज प्रवेश गरेका रहेछन् । आफूले आज दोस्रो पटक ‘कलेजमा पाइला हालेको’ भनेर उनले सम्बोधन सुरु गरेका थिए । उनले भने– ‘दोस्रोपटक कलेज आएको भएपनि म आज यहाँबाट फर्किंदा डा. फेडेरर भएर फर्किनेछु !’      फेडेररले यतिका वर्ष टेनिस कोर्टमा बिताएर सिकेका जीवनका केही महत्वपूर्ण ज्ञान विद्यार्थीहरूलाई केही वाक्यमा बताए ।      उनले १६ वर्षको उमेरमा टेनिस खेल्नका लागि पढाइ छोडेको उल्लेख गर्दै आफू कहिल्यै कलेज नगएको पनि बताए । तर आफूले हालै ‘ग्य्राजुयट’ गरेको उनले थपे । ‘रोजर फेडेरर, टेनिस ग्य्राजुयट’ अनिथपे, ‘रिटायर्ड भनेको राम्रो सुनिंदैन, ग्य्राजुयट मिठो सुनिन्छ ।’      २०२२ मा टेनिसबाट सन्यास लिएर रोजरले आफूलाई त्यसपछि सबैले ‘अबको योजना के छ ?’ भनेर सोधेको स्मरण गर्दै विद्यार्थीहरूलाई भने, ‘ग्य्राजुयट गरेका विद्यार्थीलाई पनि सबैले सोध्नेछन्–अबको योजना के छ ?’      त्यसपछि उनले आफूले टेनिसबाट पाएको जीवनको शिक्षाबारे बताए । यसलाई उनले ‘टेनिस लेसन्स’ अर्थात्, टेनिसको पाठ भनेका छन् । त्यसका केही महत्वपूर्ण बुँदा यस्ता थिए ः १. ‘इफोर्टलेस’ (सजिलै) भन्नु एक मिथमात्रै हो      वर्षौं कोर्टमा ‘इफोर्टलेस’ खेल देखाएका फेडेररले भने, ‘जीवनमा सहज, सजिलो र विनाप्रयास केही पनि हुँदैन ।’ उनले भने, ‘मैले इफोर्टलेस भन्ने शब्द कैयौं पटक सुनेको छु । मानिसहरू मेरो खेललाई ‘इफोर्टलेस’ भन्थे । प्रायः मानिसहरूले यो मेरो प्रशंसामा भनेका हुन्थे, मेरो खेलबाट प्रभावित भएर भनेका हुन्थे । म मानिसहरूले ‘ल हेर त ऊ कस्तो आनन्दले खेल्छ, उसको पसिना सम्मपनि आएको छैन’ भनेको सुन्थें । उसले साँच्चिकै केही कोशिशै गरिरहेको छैन कि ? भनेको सुन्दामलाई दिक्क लाग्थ्यो ।’      ‘सत्य त के हो भने वर्षौंको कडा मिहिनेतपछि मैदानमा मेरो खेल यति सजिलो देखिएको हो । यसकालागि मैले वर्षौं कराउँदै, चिच्याउँदै, रिसाउँदै, कहिले ¥याकेट हु¥र्याउँदै, कहिले दाह्रा किटेर कसम खाँदै अभ्यास गरेको छु । वर्षौंको यस्तो मिहिनेत पछि मात्रै मैले शान्त रहन सिकेको हुँ । संसारमा कुनै पनि कुरा यति सजिलै शान्त र सहज देखिंदैन । म जहाँ छु, त्यहाँ केवल प्रतिभाले मात्रै पुगेको होइन । त्यसका लागि मैले हरेक प्रतिद्वन्द्वीले भन्दा बढी प्रयत्न र मिहिनेत गर्ने प्रयास गरेको छु’, उनले विद्यार्थीहरूलाई सुनाए ।      उनले आफूले करिअरको सुरु तिरै एउटा ‘वेकअप’ कल पाएको उल्लेख गरे । उनले भने, ‘इटालियन ओपन हुँदै थियो । मेरो एक प्रतिस्पर्धीले सार्वजनिक रूपमा मेरो मानसिक लय र अनुशासन माथि प्रश्न उठायो । उसले भन्यो–पहिलो दुई घण्टासम्म रोजर बलियो हुनेछ । त्यसपछिको सबै खेलमा म हावी हुनेछु । उसको कुराले सुरुमा म अचम्ममा परें । उसले के भनेको हो भन्ने बुझिनँ । विस्तारै उसले भन्न खोजेको कुरा मैले बुझें– खेलको पहिलो दुई घण्टा जसले पनि सुन्दर खेल्न सक्छ । किनभने शरीर फिट हुन्छ, हातखुट्टा छिट्छिटो चलाउन सकिन्छ, दिमाग पनि स्पष्ट हुन्छ‘ दुई घण्टापछि भने तपाईंका कदम डगमगाउन थाल्छन्, शरीर थाकेर गल्छ, दिमाग घुम्न थाल्छ अनि तपाईंको अनुशासन र लय हराउँदै जान थाल्छ ।’      यो प्रसंग सुनाएर रोजरले विद्यार्थीहरू समक्ष भने, ‘त्यस दिन मैले बुझें, मैले अझै कति धेरै मिहिनेत गर्न बाँकी छ । म त्यो यात्राका लागि तयार छु । मैले त्यो पाठ बुझें । मैले बेस्सरी मिहिनेत गर्न थालें । अनिबुझें– बल नगरेको जस्तो देखिएर, सजिलै (इफोर्टलेस्ली) जित्नु पो खास उपलब्धि रहेछ ! मानिसहरूले यसले खास दुःख नगरिकनै सजिलै खेलेको छ भनेर किनभन्नथाले भने टुर्नामेन्टमा मेरो वार्म अप पनि सारै सामान्य हुन्थ्यो । यो देख्दा मान्छेले मैले कति कडा प्रशिक्षण गरेको छु भन्ने बिर्सन्थे । मैले त टुर्नामेन्ट भन्दा धेरै पहिलेदेखि, त्यसबेलादेखि कडा मिहिनेत गरिरहेको हुन्थें, जुनबेला मलाई कसैले हेरिरहेको हुन्थेन ।’      त्यसपछि रोजरले फेरि विद्यार्थी तिर फर्किएर भने, ‘कतिपटक तपाईंहरूलाई पनि लाग्दो हो– मैले यत्रो मिहिनेत गरेको छु, रातरातभर नसुतिकन पढेको छु तर त्यो मेरो साथीले केही नगरिकनै सजिलै हरेक विषयमा ‘ए’, ‘ए’ ल्याउँछ । मैले जस्तै तपाईंले पनि केही नगरी सजिलै कसैले केही पाउँदैन भन्ने बुझ्नुहोला !’      त्यसपछि रोजरले आफूमाथि विश्वास हुनु महत्वपूर्ण रहेको बताए र भने, ‘तर, त्यो विश्वास आफैंले आर्जन गर्नुपर्छ ।‘ पहिले म प्रतिद्वन्द्वीको कमजोरी पत्ता लगाएर त्यसैमा प्रहार गर्थें तर पछि मैले ऊ सबभन्दा बलियो भएको जेमा छ, त्यसैमाथि प्रहार गरें । जो जेमाबलियो छ, म उसलाई त्यसमै हराउने प्रयास गर्छु । यो गर्दा मेरो खेलको स्तर बढ्छ र मैले आफ्नो क्षमता विस्तार गर्ने मौका पनि पाउँछु । तपाईंसँग लड्नका लागिआफ्नो शक्ति र शस्त्रको भण्डार हुनुपर्छ‘ ताकि एउटा हतियार भाँचियो भने अर्को प्रयोग गर्न पाऊँ । एउटाको मात्रै भर पर्ने हो र त्यही भाँचियो भने के गर्ने ?’      रोजरले सिकेको अर्को पाठ थियो– ‘जीवनमा सबै दिन उस्तै हुँदैनन् ।’      ‘कुनै दिन आत्मविश्वास भाँचिन्छ । तपाईंको ढाड बेस्सरी दुख्छ, घुँडा चलाउन सकिंदैन‘ बिरामी परिन्छ‘ डर लाग्छ । तैपनि, तपाईंले जितको बाटो पत्ता लगाउनुहुन्छ । त्यसरी पाएको विजय सबभन्दा गर्विलो हुन्छन्, स्मरणीय हुन्छन् किनभने यो बेलातपाईं थाहा पाउनुहुन्छ– म बलियो र उत्कृष्ट नहुँदा पनि जित्न सक्दो रहेछु ।’ २. खेल केवल एउटा प्वाइन्टको कुरा हो, हार्न पनि सकिन्छ      फेडेररले आफ्नो सम्भाषणमा बोलेको अर्को वाक्यहो–‘तपाईंले आफूले सक्नेजति कडा मिहिनेत गरेर पनिहार्न सक्नुहुन्छ ।’ कोसिस गर्दैमा जितिन्छ भन्ने छैन भनेर उनले जीवनको सारलाई एउटा वाक्यमा व्यक्त गरिदिए ।      जसरी गीतामा ‘कर्म गर फलको आशनगर’ भनिएको छ, फेडेररले २५ वर्षको करिअरमाप्राप्त गरेको ज्ञान पनि लगभग यसकै नजिक रहेछ ।      उनले आफ्नो हार–जितको अनुभवको अलि विस्तारमा व्याख्या गरे ।उनले सम्भाषणमा अगाडि भने, ‘टेनिस क्रूर छ । हरेक टुर्नामेन्ट एकै किसिमले समापन हुन्छ । एक जना खेलाडी विजयी हुन्छ र ट्रफी लिएर जान्छ । बाँकीअन्य खेलाडीहरू जहाजको झ्यालनेरको सिटमा बसेर घर फर्किंदा बाहिर हेरेर सोचिरहन्छन् त्यो सटमा म कसरी चुक्नपुगें ?’      अनि उनले विद्यार्थीहरूसामु फेरि अर्को पाठ पढाउने परिस्थिति राखिदिए– ‘सोच्नुस्, त आज तपाईंहरू मध्ये एक जनाले मात्रै डिग्री पाउने भएको भए !’      ‘मेरो हर प्रयास कुनै पनि हालतमा पराजितनहुने नै हुन्थ्यो । म सधैं जित्न चाहन्थें । तर, म पराजित पनि भएको छु । कहिलेकाहीं ठूलो हार पनि व्यहोरेको छु । २००८ को विम्वल्डनको फाइनलमा राफेल नाडालसँग पराजित हुनु मेरो जीवनको सबभन्दा ठूलो पराजय मध्ये एक थियो । कसैले यसलाई सर्वकालको उत्कृष्ट खेल पनि भन्छन् । राफा (राफेल) प्रति पूर्ण सम्मानका साथ म भन्न चाहन्छु‘ मैले जितेको भएत्यो खेल कता हो कता अझै सुन्दर हुनेथियो‘ ।’      उनले फेरि अर्को पाठ बताए, ‘विम्वल्डन हार्नु भनेको ठूलो कुरा थियो किनभने विम्वल्डन जित्नु भनेको सबै कुरा थियो ।’      २००८ को त्यो विम्वल्डन जितेको भए त्यस वर्ष रोजरले लगातार छैटौं उपाधि जित्ने थिए जुन आफैंमा कीर्तिमान हुने थियो । राफेलले दुई सेट जिते, रोजरले दुई सेट । पाँचौं सेट जितेर राफेलले उपाधि जिते । रोजरले भने, ‘त्यस दिनमैले बुझें‘ मान्छेहरूले किन अन्त्य सब भन्दा महत्वपूर्ण हुन्छ भन्छन् ।’      ‘केहीहारहरूले अरूले भन्दा बढी पीडा दिन्छन् । त्यो हारसँगै मेरो नम्बर १ को स्थान पनि गुम्यो । मानिसहरूले भन्नथाले– ‘उसको खेल गज्जब थियो । तर, अब त्यो समय गए जस्तो छ !’ मैले के गर्नुपर्छ भन्ने मलाई थाहा थियो । त्यो थियो– आफैंमाथि अझ मिहिनेत गर्नु । आफ्नो खेललाई अझै निखार्नु र प्रतिस्पर्धा गरिरहनु ।’      एउटा खेलाडीका लागि खेल जित्नु ठूलो कुरा हो । जित उसको लक्ष्य हो । तर, जित जस्तै हार पनिखेलको उत्तिकै महत्वपूर्ण पक्षहो । जीवनको खेलमा पनि यही नियम लागू हुन्छ । हरेक पटक तपाईंले जितें भन्ठानेको खेल जितिएको नहुन सक्छ !      यो कुरा बताउन रोजरले एउटा तथ्यांक अघि सारे । उनले विद्यार्थीलाई भने, ‘मैले आजसम्म खेलेका १ हजार ५२६ सिंगल खेलहरूमध्ये ८० प्रतिशत जितेको छु । तर, मैले यी खेलहरूमा जितेका प्वाइन्ट चाहिं कति प्रतिशत थिए होलान् ?अनुमान गर्न सक्नुहुन्छ ? केवल ५४ प्रतिशत । अर्को शब्दमा भन्ने हो भने शीर्षस्थानको सबभन्दा उत्कृष्ट भनिएको टेनिस खेलाडीले पनि जम्माजम्मी आधाभन्दा केही बढी मात्रै प्वाइन्ट जित्न सक्दो रहेछ ।’      यसपछि उनले अर्को महत्वपूर्ण कुरा बताए– ‘जब कुनै खेलाडी एक प्वाइन्टको लागि खेलिरहेको हुन्छ, उसका लागि त्यस क्षण त्यो एक प्वाइन्ट संसारको सबभन्दा महत्वपूर्ण हुन्छ । तर, जब यो क्षण गुज्रिन्छ, यसको महत्व पनि सकिन्छ‘ यो पछाडि छुटि सकेको हुन्छ । दिमागमा यो कुरा राख्नु निकै महत्वपूर्ण छकिनभने यो ‘माइन्डसेट’ले तपाईंलाई फेरि अगाडिको अर्को प्वाइन्टतिर ध्यान दिनलाई स्वतन्त्र बनाउँछ । त्यसपछि फेरि अर्को प्वाइन्ट, अझै अर्को प्वाइन्टतिर स्पष्ट र तीक्ष्ण नजर‘ ।’      ‘सत्य के हो भने, तपाईं जीवनको जुनसुकै खेल खेल्नुस्‘ कहिलेकाहीं तपाईंले हारको पनि सामना गर्नुपर्नेछ । कुनै प्वाइन्ट, कुनै खेल, कुनै सिजन वा कुनै जागिर‘जीवन एउटा रोलर–कोस्टर हो, जुन धेरै आरोह र अवरोहले भरिएको छ ।’      आफू कमजोर भएका बेला आफ्नै क्षमतार सम्भावनाबारे द्विविधा उत्पन्न हुनु पनि प्राकृतिक कुरा हो । आफैंलाई आफैं दयनीय लाग्न पनि सक्छ । र, यहीं भनिहालुँ– तपाईं मात्र होइन, तपाईंको प्रतिद्वन्द्वीलाई पनिआफ्नो क्षमतामाथि शंका भइरहेको हुन्छ । यो कुरा नबिर्सनु !’ फेडेरर उवाच ।      रोजरले अर्को पाठ यसरी पढाए–‘‘संसारमा जतिपनि मानिसहरू उत्कृष्ट भएका छन् ती सबै प्वाइन्ट वा सबै खेल जितेर उत्कृष्ट भएका होइनन् बरु म पराजित हुनसक्छु भन्ने उनीहरूलाई थाहा छ‘ फेरि फेरि जहिले पनिहार्न सकिन्छ भन्ने उनीहरूलाई थाहा छ‘ तर, उनीहरूले यो पराजयलाई कसरी स्वीकार गर्ने, यसको असर कसरी कम भन्दाकम लिने भन्ने कला जान्दछन् ।’      फेडेररको गुरु मन्त्र छ, ‘पराजयलाई स्वीकार गर‘ परिस्थितिलाई स्वीकार गर‘ प¥यो भने रोऊ, आँसु बगाऊ‘ अनि अनुहारमा जबर्जस्ती भएपनि मुस्कान ल्याऊ । नथाकी अघि बढ । कठोर बन । परिस्थितिसँग एकाकार होऊ र आफ्नो सम्भावनालाई बढाउँदै जाऊ ।’      रोजरले अर्को पाठ यसरी पढाए–‘‘संसारमा जतिपनि मानिसहरू उत्कृष्ट भएका छन् ती सबै प्वाइन्ट वा सबै खेल जितेर उत्कृष्ट भएका होइनन् बरु म पराजित हुनसक्छु भन्ने उनीहरूलाई थाहा छ‘ फेरि फेरि जहिले पनिहार्न सकिन्छ भन्ने उनीहरूलाई थाहा छ‘ तर, उनीहरूले यो पराजयलाई कसरी स्वीकार गर्ने, यसको असर कसरी कम भन्दा कम लिने भन्ने कला जान्दछन् ।’      फेडेररको गुरु मन्त्र छ, ‘पराजयलाई स्वीकार गर‘ परिस्थितिलाई स्वीकार गर‘ प¥यो भने रोऊ, आँसु बगाऊ‘ अनिअनुहारमा जबर्जस्ती भएपनि मुस्कान ल्याऊ । नथाकी अघि बढ । कठोर बन । परिस्थितिसँग एकाकार होऊ र आफ्नो सम्भावनालाई बढाउँदै जाऊ ।’ ३. जीवन कोर्टभन्दा धेरै ठूलो छ      फेडेररको तेस्रो वाक्य थियो– ‘जीवन कोर्टभन्दा धेरै ठूलो छ ।’      भाषणमा आफूले सिकेको तेस्रो पाठबारे फेडेररले यहीभने– ‘टेनिस कोर्ट सानो स्थानहो । ठ्याक्कै भन्ने हो भने एउटा सिंगल खेलिने कोर्ट २,१०६ स्क्वायर फिटको हुन्छ ।’      एउटा टेनिस खेलाडीका लागि टेनिस कोर्ट सबभन्दा महत्वपूर्ण स्थल हुन्छ, जहाँउसले जित्छ, हार्छ । सफलता, असफलता र अनुभव बटुल्छ । उसलाई यही कोर्टले परिचय र प्रसिद्धि दिन्छ । टेनिस कोर्टले नै स्विट्जरल्यान्डको ठिटोलाई विश्वप्रसिद्ध रोजर फेडेरर बनायो । तैपनि, फेडेरर भन्छन्, ‘जीवन कोर्टभन्दा धेरै ठूलो छ ।’      उनले भने, ‘मैले निकै अभ्यास गरें, अनगिन्ती कुरा सिकें, त्यो सानो जमिनको टुक्रा (टेनिस कोर्ट) भित्र कैयौं माइल दौडिएँ तर जीवन त यो भन्दा कता हो कता ठूलो छ ।’ विद्यार्थीका माझ उनले भने, ‘टेनिस खेल्न थाल्दा मलाई थाहा थियो, टेनिसले मलाई संसार देखाउने छ तर यो संसार कहिल्यै पनिबन्ने छैन । म सफल हुँदापनि, टप पाँचमा हुँदा पनि मलाई टेनिसले मात्रै पुग्थेन । एउटा आफ्नो जीवन चाहिन्थ्यो, भरिपूर्ण जीवन । यात्रा, संस्कृति, मित्रता, परिवार भएको जीवन‘ । त्यसैले मैले कहिल्यै पनि आफ्नो जरालाई बिर्सिइनँ, त्यसको उपेक्षा र परित्याग गरिनँ । म को हुँ, म कहाँबाट आएको हुँ भन्ने कुरालाई मैले कहिल्यै पनि बिर्सिइनँ‘ साथै यो विशाल संसारलाई नियाल्ने भोकलाई पनि कहिल्यै मर्न दिइनँ ।’      आफ्नी दक्षिण अफ्रिकी आमाबाट प्रेरित भएर रोजरले बालबालिकालाई शिक्षामा मद्दत गर्ने फाउन्डेसन सुरु गरेछन् । सब–सहारन अफ्रिकामा ७५ प्रतिशत बालबालिकासँग प्रि–स्कुलको पहुँचन भएको उल्लेख गर्दै उनले आफ्नो फाउन्डेसनले अहिलेसम्म ३० लाख बालबालिकालाई गुणस्तरीय शिक्षादिन र ५५ हजार शिक्षकहरूलाई प्रशिक्षण दिन मद्दत गरेको उल्लेख गरे ।      फेडेररको अर्को ज्ञान थियो–‘परोपकार गर्नका लागि तपाईंले पैसा दिन, गैर नाफामूलक संस्था चलाउन पर्दैन । आफूभन्दा ठूलो कुनै मिसन (लक्ष्य) प्राप्तिका लागि आफ्ना विचार र उपायहरू, समय र ऊर्जा दिएर पनि यो काम गर्न सकिन्छ ।’      उनले विद्यार्थीहरूलाई भने, ‘दिनका लागि तपाईंहरू सँग धेरै चिज छ । म आशा गर्छु, संसारमा सकारात्मक प्रभाव पार्नका लागि तपाईंहरूले आ–आफ्नै भिन्न र अनौठा शैली पत्ता लगाउनुहुनेछ । किनभने, जीवन कोर्ट भन्दा साँच्चिकै धेरै ठूलो छ ।’      फेडेररका यी भनाइहरू सान्दर्भिक र प्रेरक लागेकाले यस पालिफ्रि–स्टाइलमा यसलाई प्रस्तुत गरें । अनुवादमा कुनै गल्ती भएको भए वा फेडेररका कुरामा मेरो भावना घुस्न गएको पाइएमा त्यो मेरै दोष हुनेछ ! यसको सक्कल अनुसार नक्कल छ कि छैन भनेर पत्ता लगाउन चाहने वा अंग्रेजीमै पढ्छु भन्न चाहनेले विश्वविद्यालयको वेबसाइटमा गएर हेर्न सक्नुहुनेछ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्