IMG-LOGO

पोइल जाने र जोइटिङ्ग्रेबारे

 मंगल, असार ५, २०८१  – सरस्वती महरा

          शब्दको हकमाः बर्चस्ववादी वर्गको सत्ता, स्वर्थ र हैकम् प्रमुख कुरा हुन्छ र हुँदैछ । शब्दकोश र व्याकरणका कुरा त्यो व्यावहारमा, सामाजिक व्यावहार र चलनचल्तीसित सम्बन्धित त्यसैको अभिव्यक्तको रूप मात्रै हो । सामाजिक व्यावहार र चलनचल्ती भन्नाले निश्चय पनि त्यो प्रभुत्वशील, बर्चस्वशाली सत्ता, वर्ग, लिङ्ग, जात, जाति र यवस्थाकै अङ्गका रूपमा त्यसैको अभिव्यक्ति पनि हो । जस्तो कि स्त्रीपुरूषका सम्बन्धको सवालमा पोइल जानेू भन्ने शब्द हुन्छ ‘जोइल जाने’ शब्द हुँदैन ।           श्रीमती वा जोइको कुरा सुन्नेर मान्ने पुरुषलाई हियाएर भनिने ‘जोइटिग्रे’ शब्द, शब्दकोशमा पाइन्छ । श्रीमान वा पोइको सही र गलत सबै कुरा सुन्ने स्वीकार्ने मान्ने स्त्रीलाई त्यसरी नै हियाएर ‘पोइटिग्रे’ भन्ने शब्द न शब्दकोशमा पाइन्छ न व्याकरणले त्यसको प्रयोगको अनुमति दिन्छ । त्यसो र शब्द भन्ने कुरा प्रमुख होइन, न शब्दको हकमा शब्दकोश र व्याकरणको कुरा नै प्रमुख हो । बरू शब्द, शब्दकोश र व्याकरणको हकमा पनि सामजिक व्यावहार र चलन चल्तीमा कसको, कुन वर्गको हैकम् र बर्चस्व छ भन्ने कुरा चाँही प्रमुख हो । साहित्यकला शब्दका हकमा प्रभुत्वशाली वर्गको ‘बर्चस्ववाद र बर्चस्ववादी सोच’ नै प्रमुख कुरा हो ।    

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्