भारतका प्रख्यात विद्वान राहुल सांकृत्यायनको एउटा अचम्मको बानि थियो। राहुल आफुले पढेका किताबहरु त्यतिकै छोडेर हिड्थे रे। कति चोटि चिनेजानेका मान्छेहरुले उनलाई सम्झाउथे–तपाई किन यसरी आफ्ना बहुमुल्य किताबहरु छोडेर हिड्नु हुन्छ ? जवकि तपाई त्यति धनि मानिस पनि हुनुहुन्न। यसरि किताब छोडेर हिंड्ने हो भने फेरी किताबमा आफ्नो धन किन खर्च गर्नु हुन्छ ? राहुल सांकृत्यायनले जवाफ दिए–म किताब आफ्नो ज्ञान बढाउनको लागि किन्छु। जव मेरो उदेश्य पुरा हुन्छ त्यो किताब मेरो लागि अनाबस्यक बोझ बन्ने गर्छ । मैले त्यो किताब सायदै फेरी पढ्ने कस्ट गरौला। यो भन्दा त बरु त्यो किताब लाई त्यसै कतै छोडिदिए भने आबस्यक्ता पर्नेले पढ्ने छन् । राहुल सांकृत्यायन भन्ने गर्थे किताबहरु र ज्ञानलाई कहिले पनि आफूमाथि गधाले भारि बोके जस्तो बोझको रुपमा बोक्नु हुदैन । जब पुस्तक बाट तपाइले ज्ञान आर्जन गर्नु हुन्छ त्यो ज्ञान तपाईमा आइसक्यो। अब त्यसलाई अरुकोमा जान दिनुहोस। शायद यसै कारणले होला राहुल सांकृत्यायनले आफ्नो ज्यान जोखिममा पारेर त्यत्रो दुख–कस्ट सहेर तिब्बत बाट लुकाएर ल्याएका बुद्ध धर्म सम्बन्धि अमुल्य र दुर्लभ ग्रन्थहरु पटनाको लाइब्रेरीलाई दान दिए । राहुलले भन्ने गर्थे–यदि तपाई आफुले पढी सकेका किताबहरु अरुलाई दिनुहुन् भन्ने यसको अर्थ हुन्छ तपाइले त्यो किताबको सार तत्व ग्रहण गर्नु भएको छैन । तपाइलाई अझै लागिरहेको हुनु पर्छ यो किताब अझै पढ्नु पर्ने छ । ईटालियन दार्सनिक तथा इतिहासकार अम्बेर्तो इको को घरमा रहेको निजि लाइब्रेरीमा लाखौं किताबहरु थिए। उनको लाइब्रेरीमा यति धेरै किताबहरु थिए कि आफुलाइ आवस्यक किताब खोज्न भ¥याङ लगाएर रयाकको माथिल्लो खण्डमा पुग्नु पर्थियो। उनलाई भेटन आउने साथीहरू उनको किताबको संग्रह देखेर छक्क पर्थे । प्राय जसो सबैले उनलाई सोध्ने गर्थे– के तपाईंले यहाँ भएका सबै किताब पढनु भएको छ ? इकोले जवाफ दिन्थे– यी मध्ये धेरै किताबहरु पढेको छु तर सबै पढेको छैन । तर कसैले आफुले संग्रह गरेका सबै किताब पढेको छ कि छैन भन्ने प्रश्नको कुनै तुक छैन । किनकी किताबहरु रिसर्च टुल पनि हुन् । किताबहरु पढ्नको लागि पनि हुन्छन् र रिसर्चका लागि पनि हुन्छन् । कुनै खास मौकामा तपाईंलाई कुनै पनि बेला कुनै किताबको आवस्यक्ता पर्न सक्छ । त्यस्तो बेला त्यो किताब तपाईं संग उपलब्ध हुनुपर्छ । किनकि किताबमा जुन कुरा भेटिन्छ त्यो कहिँ पनि भेटिदैन । यदि त्यो किताब तपाईंसंग छैन भने संभव छ तपाईंले ठुलो महत्वको कुरा छुटाउनु हुनेछ । यसैले गर्दा तपाईंले आफ्नो संग्रहमा रहेका सबै किताबहरु नपढेपनि तपाईंलाई यति चाहिँ थाह हुनुपर्छ कुन किताबमा के छ र त्यो कहाँ राखिएको छ भनेर ! जापानिज भाषामा एउटा शब्द छ सुनडोकु (त्कगलमयपग) । जसको अर्थ हुन्छ किताब किन्ने तर कहिले नपढ्ने बानी। सुनडोकुले ग्रस्त मानिसहरु किताबहरु त किनछन् तर पढ्दैनन् । उनीहरुले घरको दराजमा, रयाकमा र टेबलमा ति किताबहरुलाई चांग लगाएर राखेका हुन्छन् । यो पनि एक किसिमको मनोबिकार नै हो । जापानिजहरुले भन्ने गर्छन रे यदि तपाइको घरमा १० वटा भन्दा बढी किताब छन् भने त्यो लाइबेरी होईन त्यो फोहोरको थुप्रो हो । यो कुरा सोच्दै जादा हो जस्तो पनि लाग्छ । तर तत्काल नपढे पनि पछी काम लाग्छ भनेर किताब किन्ने लोभ चाहि छोड्न सकिदैन रहेछ ! मलाई पनि केही बर्ष यता किताबहरु किन्ने तर सबै नपढने रोग लागेको थियो। यो किताब थुपार्ने लत कसरी छोडने भन्ने खुब चिन्ता लागि रहन्थियो। तर अम्बेर्तो इकोको बारेमा सुनेपछी किताब नपढे पनि संकलन र थुपार्ने काम खासै नराम्रो चाहिँ रहेनछ जस्तो लाग्यो !
