IMG-LOGO

पे्रमबारे माओत्सेतुङ्ग

 मंगल, जेठ २२, २०८१  ---

               “कला साहित्यका लागि आधारभूत प्रस्थान बिन्दु प्रेम हो अर्थात मानव पे्रम” । पे्रम प्रस्थान बिन्दु त हुन सक्दछ, तर यस भन्दा ठूलो आधारभूत एउटा अर्को प्रस्थान बिन्दु छ पे्रम । एउटा धारणा या विचारका रुपमा वस्तुगत व्यवहारकै उपज हुन सक्छ । मुलत ः हामी आफ्नो धारणा र विचारलाई प्रस्थान बिन्दु बनाउँदैनौं, बरु वस्तुगत व्यवहारलाई बनाउँदछौं । हाम्रा लेखक र कलाकारहरु जो बुद्धिजीवीहरुकै माझबाट आउँदछन्, उनीहरु श्रमजीवी वर्गलाई माया गर्दछन् किनकि समाजले उनीहरुलाई यो अनुभव गराईदिएको छ कि उनीहरुको र श्रमजीवी जनताहरुको भाग्य एक दोश्रोसँग गाँसिएको छ । हामी जापानी साम्राज्यवादसँग घृणा गर्दछौं, किनकी जापानी साम्राज्यवादले हाम्रो उत्पोदन गर्छ । विना कारण पे्रम या घृणाको जस्तो बस्तु संसारमा हुँदै हुँदैन । जहाँसम्म तथकथित मानव—पे्रमको सम्बन्ध छ, मानव जातिको वर्गमा विभाजन हुनाको कारणले गर्दा सर्वव्यापी पे्रम जस्तो कुनै बस्तु रहन सकेन । विगतका सबै शासक वर्गहरुले ठूलो दिलचस्पी राखेर मानव पे्रमको वकालत गरेका थिए र यसै प्रकार तथाकित महात्मा र ज्ञानीहरुले पनि गरेका थिए । तर यसमाथि उनीहरु मध्ये कसैले पनि अलग गर्न सकेनन् किनकि वर्गीय समाजमा यस किसिमका वस्तुहरु असम्भव छन् । सच्चा मानव पे्रम त्यो बेला मात्र सम्भ हुन सक्छ । जुन बेला सारा संसारबाट वर्ग भेदको समाप्ती हुनेछ । वर्गहरुको समाजलाई यस्ता विभिन्न समूहहरुमा विभाजन गरेका छन् जसले आपसमा एक अर्काप्रति शत्रुता पूर्ण व्यवहार गर्छन् । जब वर्गको समाप्ती हुन्छ, त्यसबेला मात्र मानव प्रति पे्रम सम्भव हुन्छ, तर अहिले यस्तो हुन सक्दैन । हामी आफ्नो शत्रुसँग पे्रम गर्न सक्दैनौं, हामी सामाजिक खराबीहरुसँग पे्रम गर्न सक्दैनौं, हाम्रो उद्देश्य हो, त्यसलाई नष्ट गर्नु ।        

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्