IMG-LOGO

अमेरिका–राष्ट्रपति चुनाव र ट्रम्पको दृष्टिकोण

 मंगल, असोज २०, २०७७  माधव रेग्मी

आजकल संसारको ध्यान दुई कुरामा केन्द्रित छ, पहिलो कोरोना महामारीले दुनियाँभरी पारेको असर । दोश्रो अमेरिकामा हुन् गईरहेको राष्ट्रपति चुनाव । वर्षको शुरूदेखि नै कोरोना सम्बधी समाचारले हरेक देशका अखवारका पानाहरु भरिएको छ  । अर्कोतिर अमेरिकी राष्ट्रपति चुनाव पनि विश्व राजनीतिमा चासो राख्नेहरुका लागि उत्तिकै महत्वको बिषय हुनेछ । यसपटकको चुनाव राष्ट्रपति डोनाल्ड़ ट्रम्प र डेमोक्रेटिक पार्टीका उम्मेद्वार जो बिडेनका बीच हुँदैछ । ट्रम्प र उसको पार्टी कन्जÞर्वेटिवले आफ्नो प्रतिद्वन्दी बिडेनलाई अनेकौं आरोपहरु लगाउँदै भनिएको छ–बिडेन र उनलाई समर्थन गर्ने वामपन्थीहरु हुन् र यिनीहरु अमेरिकी जीवन शैली समाप्त गर्न चाहन्छन् । यदि बिडेनले जितेमा अमेरिकामा कोही पनि सुरक्षित हुने छैनन्’। ट्रम्प र उसका समर्थकहरुको यस्तो कटाक्षले अमेरिकी चुनावी सरगर्मी यतिबेला तातेको छ र अमेरिकी जनताहरुको चासो आजकल कोरोना भन्दा पनि खास गरेर राष्ट्रपति चुनाव हुने गरेको छ । दुनियाँमा हुने चुनावहरुमध्य अमेरिकी राष्ट्रपति पदको निर्वाचन संभवत संसारले नै सबैभन्दा बढी हेर्ने र विश्लेषण गरिने बिषय भित्र पर्छ । किनभने विश्व राजनैतिक मानचित्रमा अमेरिकालाई व्यक्तिगत स्वतन्त्रता, जातीय र लैंगिक समानता, क्षेत्रीय एबं ध्रुवीय राजनीतिमा प्रभाव र नियन्त्रण राख्न चाहने मुलुकका रुपमा हेर्ने गरिन्छ । हालैका दिनहरुमा चुनावी अभियान यति ध्रुवीकृत भइरहेको छ की शिष्टताका नियमहरू पालना गर्न चुकेका घटनाहरु देखिन थालेका छन् । चुनावी अभियानमा ट्रम्प र विडेनले ब्यक्त गरेका अभिब्यक्तिलाई उनीहरुको पार्टीको धारणा मान्ने हो भने रिपब्लिकनले देशभक्ति र राष्ट्रिय सुरक्षाका बिषयमा बढ़ी जोड़ दिएको छ भने बिडेनको डेमोक्रेटिक पार्टीले नागरिक स्वतन्त्रता र राष्ट्रिय एकतामा बढ़ी जोड़ दिएको छ। यद्यपि यस्ता आक्षेपका घटनाहरु र संसारले अमेरिकालाई हेर्ने दृष्टिकोणमा हुने गरेको ध्रुविकरण रोनाल्ड रेगनको समयदेखि नै चुनावी अभियानको हिस्सा भएका छन् । तर रेगनको समयमा ध्रुविकरण विशेष गरेर सैनिक र सामरिक विषयमा कसरी दुनियँंलाई आफ्नो नियन्त्रणमा राख्ने भन्नेमा हुन्थ्यो । जसका कारण अमेरिकी जनतामा राष्ट्रिय भावना जगाउँथ्यो, बलियो अभिमत सैन्य र सामरिक विषयमा दिन सक्थ्यो उही राष्ट्रपति बन्थ्यो । तर आज समय फेरिएको छ । विश्व सैन्य एवं सामरिक क्षेत्रमा अमेरिका मात्र एक्लो बलियो छैन । उदाउँदो चीन, भारत, उत्तर कोरिया, खाड़ी मुलुक र वरिपरिको मुस्लिम बाहुल्य सैनिक गठबन्धन यी सबै समूह र मुलुक अमेरिकालाई टक्कर दिन जति नै बेला पनि तयार छन् । यसैले पनि अमेरिकी जनताको ध्यान विशेष गरेर आन्तरिक बिषयमा बढ़ी केन्द्रित हुने गरेको छ । यस्तै कारणहरुले गर्दा आन्तरिक विषय अहिले राष्ट्रपति चुनावी अभियानको मुद्दा बन्ने गरेको छ । यस्तै आन्तरिक मुद्दाहरु मध्य चीनलाई मुख्य मुद्दा बनाएर ट्रम्पले चुनावी अभियान आँफूपट्टी तान्ने प्रयास गरेका छन् । चाहे त्यो चीनिँया प्रविधिले अमेरिकी आन्तरिक सुरक्षामा खलल् पु¥याउँदैछ भन्ने मुद्दा निकालेर होस् या चिनिँया आप्रवासीहरुको मुद्दा उछालेर होस् । ट्रम्पले आफ्नो हरेक चुनावी अभियानमा यो विषय दोहो¥याउँदै आएका छन् की ‘चीनसँग मुकाविला गर्ने सामथ्र्य केवल मसँग मात्र छ । यदि पुनः म नै राष्ट्रपति भएमा चिनियाँ प्रभाव पूर्णरुपमा हटाउनेछु तर बिडेनले जीतेमा त्यो जीत चीनको जीत हुनेछ ।’ उता बिडेन र डेमोक्रेटिक पार्टी भने चुनावी अभियानमा अन्य घरेलु मुद्दाहरूमा बढ़ी केन्द्रित हुने गरेको छ। कोविड–१९ र अमेरिकी जनताले यो महामारीबाट ठूलो क्षति बेहोरेको र त्यसको कुशल व्यवस्थापन ट्रम्पले गर्न नसकेको  अमेरिकी जनताको अगाडि राखेका छन् । बिडेन र उनको पार्टीले १४० करोड़ हाराहारीको जनसंख्या भएको भारत र चीनसँग करीब ३३ करोड़ को जनसंख्या भएको अमेरिकालाई लाखौको संख्यामा भएको मृत्युको तथ्याङ्कसँग ट्रम्पको असक्षमता तुलना गरिरहेका छन् । उता ट्रम्प भने बिडेन र कमला ह्यारिसलाई बिदेशी इशारामा चल्ने ब्यक्ति र पार्टीका प्रतिनिधि भएकाले उनीहरुबाट अमेरिकी जनता र मुलुकको सुरक्षाको चासो सम्बोधन नहुने भन्दै चुनावी अभियान तताएका छन् । ह्यारिसका बारेमा ट्रम्पले अलि बढ़ी नै जातीय र यौन सम्बन्धी मुद्दा उछालेर उत्तेजक टिप्पणीहरू गर्न थालेका छन् । कहिलेकाँही त भारतमा सोनिया गान्धीको बारेमा त्यहाँका बिपक्षीहरुले विदेशी नागरिकता र मुलुकको नेतृत्व गर्न नमिल्ने संवैधानिक असक्षमतासँग कमलाको तुलना गरेको देख्दा र उनको नाम “कमला“ को बारेमा उपहास गरेको देख्दा ट्रम्प कति घटिया जातीय र लैंगिक विभेदमा उत्रने रहेछन् भन्दा अचम्म लाग्ने गर्छ । ट्रम्पको यस्तो रवैया चुनाबी प्रतिस्पर्धामा देखिनु सामान्य कुरा हुन सक्छ । ट्रम्प यस्ता हठी राजनैतिक खेलाड़ी हुन् जस्लाई  खेलको कुनै नियम पालना गराउन निकै कठिन छ । उनले ह्यारिसको सम्बन्धमा मात्र हैन समग्र अश्वेतहरूप्रति नै खराब दृष्टिकोण राख्छन् भन्ने दृष्टान्त त हालै अमेरिका चलेको ‘ब्लाक लाइफ म्याटर्स’ आन्दोलन दबाउन चालिएको कदम र गोरा प्रहरी अधिकृतहरुले कालाहरु प्रति गरेको क्रियाकलापबाट स्पष्ट हुन्छ । एउटा राजनैतिक नेतामा हुनै नहुने यस्तो रंगभेदी दृष्टि अहिलेमात्र हैन उनले बाराक ओबामा राष्ट्रपति पदका लागि समेत अयोग्य थिए भनेर त्यतिबेला पनि भनेका थिए । ट्रम्पको लागि अमेरिका भनेको सेता ब्यक्तिहरुको देश हो । ट्रम्पले आप्रवासीहरुलाई त यति सम्म भनेका छन् की ‘यदि तपाईं यहाँ खुसी हुनुहुन्न भने, आफ्नो मुलुक जान सक्नुहुन्छ’। आप्रवाशीहरुलाई ’उनीहरु यहाँ कामको लागि आएका हुन्, काम गर्ने बित्तिकै अमेरिकाको कागज लिन हतारिन्छन् तर उनीहरु आफ्नो जन्मभूमि प्रति नै बढ़ी बफादार हुन्छन्’ यस्तो भन्ने गरेका छन् ।  उनले ह्यारिसको देशप्रेमका बारेमा पनि प्रश्न उठाएर चुनावी माहौल अरु बढ़ी तताएका छन् । ट्रम्पको यस्तो दृष्टिकोण र बोलीले आज अमेरिकालाई गम्भीर सामाजिक र साँस्कृतिक विभाजन तिर लैजांदैछ । सबैको जय होस् ।  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्