२०८१ सालको बनेपा चण्डेश्वरी माईको जात्रा यस वर्ष जेठको दश्रो हप्ताको प्रारम्भ भएसँगै हुन्छ । जेठ ३ गते भोछिभोया खलकको वार्षिक देवाली पूजा हुन्छ । परम्पर अनुसार ७ गते यो ः क्वाह विज्यायके हुन्छ । त्यस दिन पिलाख माई चण्डेश्वरीलाई जात्रामा पहि¥याउने विषेश गहना बनेपाको लायकुमा सर्वसाधारण समक्ष पूजा गरी धोई पखाली गरिन्छ । पिलाखमा उक्त कार्य गरेको गहना पिलाख ः मा नै राखी फर्काउने कार्य हुन्छ । ९ गते राती तक पूजा हुन्छ । पूजामा १२ वटा निख्खर कालो बोकाको वली पूजा हुन्छ । तक पूजा फर्किएपछि बिहान भोरमा बनेपाबाट मताः पूजाको प्रस्थान हुन्छ । मता पूजामा बनेपा बासीको प्राय सहभागिता रहेको हुन्छ । त्यसैले मता पूजा भव्य तथा परम्परागत रुपमा मनाइन्छ । मता पूजा बनेपाबाट चण्डेश्वरी माई परिक्रमा गरी जलेश्वरमा विसर्जन हुन्छ । “उक्त पूर्णिमाको दिन जलेश्वरमा नुहाउने तथा भव्य मेला लाग्छ । मेलामा काभे्र जिल्ला मात्र नभई अन्य जिल्लाका भक्तजनहरु पनि सहभागिता जनाउने गरेको पाइन्छ । जलेश्वरीमा नुहाउनाले गर्भ विगे्रका महिलाको गर्भ सफल हुने जनविश्वास रहेको छ । पूर्णिमाका दिन विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मोत्सव मनाइन्छ । बनेपामा पनि विशेष जात्रा गरिन्छ । गौतबुद्धको जात्रा बिहान गरेर अपरान्ह् बनेपको ३ धारा बजार डबलीमा जात्राको लागि रथ बनाइन्छ । सो रथ बनाई जुगीचक्रको पूजा कार्य गरिन्छ र द्धारे मार्फत टिका लगाई मसला बाड्ने कार्य सकेपछि प्वंख जात्रा सुरु हुन्छ । रथ काँधमा राखी बोक्ने गरिन्छ । सो रथ चण्डेश्वरी सम्म लगि देवता विसर्जन गराई पुन ः बनेपा ल्याई जात्रा गर्ने गरिन्छ । पूर्णिमाको दिन सुरु गरेको जात्रा रथ भैरव कुण्डमा पुगेपछि रथ छोडी देवतालाई अर्को मन्दिरमा लाने जात्रा सुरु हुन्छ ।” उक्त जनत्रनमा देवताका अघि व्रतालुहरुद्धारा सिन्दुर जात्रा गरिन्छ । जब प्वंखलाई चण्डेश्वरी पु¥याइन्छ तव प्वंखमा माई चण्डेश्वरीलाई विराजमान गराई पूृर्णिमाको भोलिपल्ट बिहान देखि बाजागाजाका साथ बनेपा बजार भरि सिन्दूर जात्रा गरिन्छ । भैरव कुण्डमा पुगेपछि माईलाई नुहाइदिने भनि खोलाको जल छर्कने गरिन्छ । बनेपा बजार पुगेपछि भोछिभोयाको दुधे बालकबाट माईलाई लशकुस पूजा र ढकिं खोल्ने पूजा गरि रथ बजार हुँदै लायकुली पगी त्यहाँ हंश बली पूजा गरी रथलाई फर्काउने कार्य हुन्छ । लशकुस गरेको स्थान भन्दा केहि पर कलंदान गरिन्छ । कलंदान गरेको मासु भेट्टाउन असंख्य समूहको भीड लाग्ने गर्दछ । मासु भेट्टाउने भाग्यमानी मानिन्छ । त्यसपछि माईलाई जात्रा गरी चण्डेश्वरी नै लाने काम हुन्छ । देवतालाई बोकेर लगेकेलाई छो लंफ यने भनिन्छ । जात्राको भोलिपल्ट दिनभर द्यो क्षेमा बनेपालीहरुको देवतालाई पूजा गरिन्छ । उक्त दिनको पूजालाई द्यो सँग सञ्डन दिने भनिन्छ । सगुन पूजा साथै चण्डेश्वरीमा भोज खाई आफन्त बोलाई जात्राको उत्सव मनाउने र जात्राको रमाइलो गर्ने गरिन्छ । त्यसको भोलिपल्ट १२ बजेतिर पमां पूजा गरिन्छ र त्यसपछि वर्षदिनको लागि सर्वसाधारणबाट दर्शन कार्य बन्द गरिन्छ । यसरी चण्डेश्वरी माईको भव्य जात्रा हुन्छ । पिलाख माईलाई पहि¥याएको गर गहना टुटफुट भए नभएको जाँच गरी प्रहरी नगरपालिाकाका प्रतिनिधी तथा सर्वसाधारणको रहोवरमा टिप्प्णी उठाई समापन गरिन्छ । जात्राको इताहाँसलाई बुझ्दा जगतकेसरी पूजा लिखित परनाम चाङा गुरु सके आज्ञाफोनेको आधारमा जात्रा गर्ने गरेको बुझिन्छ । चण्डासुर दानवको वध गरी चण्डेश्वरी माईले देव र मानवको भय र दुःख मुक्त गरेको संघर्षको चलाएको जात्रा हो । यसको सुरुवात सत्य युगमै भएको भनाई रहेको छ । यस जात्रा चण्पिूपर्णमाको दिन हुने गर्दछ । यस जात्रा भक्तपुर र अन्य स्थानमा पनि हुने गर्दछ । काभे्रको पलाञ्चाक भगवतीको जात्रा पनि सोहि समयमा नै गर्ने गरिन्छ ।
