आफूलाई बिक्रीको माल र वस्तुमा रुपान्तरण गर्ने केटीहरुको पक्षमा नारीवादीहरुले बोल्नै पर्छ भन्ने लाग्दैन मलाई । होइन हो सुधा त्रिपाठी दिदिले यस्तो के लेखेको ? आमाको गर्भबाट जन्मदा त सबै बच्चा जन्मने हो । लालपूर्जाको सत्ताले उत्पादन गरेको पितृसत्ताले न हो स्त्रीलाई माल देख्ने । पितृसत्ताका आँखाले मात्र स्त्रीको नाइटोमुनि माल देख्छ । पितृसत्ताका आँखाले मात्र स्त्रीको नाइटोमाथी माल देख्छ । नारीवादी आँखाले त समग्र स्त्री देहमा स्त्रीत्व मात्र देख्नु पर्ने होइन र ? रेस्टुरेन्टमा खाना सर्भ गर्न आउने टिनएजर बहिनीहरुको नाइटो तलमाथि नियाल्ने आँखाहरु कहिल्यै नियाल्नु भाछ ? दिदी, ती आँखा भनेका सत्ताधारी सिंहदरबारका आँखा हुन । यो लालपूर्जाको सत्ता संरचनामा कोही स्त्री यौनकर्मी हुन् कि, कोही प्रोफेसर हुन् कि । कोही प्रधानमन्त्री, रास्ट्रपति, बैज्ञानिक, लेखक, कवि, दार्शनिक आदि इत्यादि स्त्री हुन् । सबै स्त्रीहरुलाई मेरा आँखाहरुले समान देख्छ । किनकी हेर्ने दृष्टिकोण विचारले निर्धारण गर्छ । त्यसैले त सबै कुराको छिनोफानो विचारले गर्छ भनिन्छ । अरु स्त्रीको बारेमा चाहिँ माल धारणा रहेछ सुधा दिदिको । कवि माया एन्जोलोको बारेमा चाहिँ सुधा दिदिको के धारणा रहेछ कुन्नि ?
