ज्ञान भन्ने शब्दको बिराट रुप छ, जसले हरेक मानव प्राणीलाई यो पृथ्वीमा रहेको र देखिएको विषयवस्तुलाई राम्ररी बुझी आफ्नो मानसपटलमा जीवन्त राखी ज्ञानी बन्नु नै ज्ञानको जागरण हो । संसारमा भेटिने र देखिने यावत् विषय छन् जुन एक अर्कामा भिन्न छन् । कोही र कुनै चिज कसैसँग मेल खाँदैनन् । प्रत्येक मानिस भगवानको अंशी भएकोले भगवानको सम्झना र गाँसमा पर्न जाने जस्तै प्रत्येक ज्ञानपनि यो भूमण्डलमा आबद्ध भइ नै रहेको हुन्छ । यो ब्रम्हाण्डमा र पृथ्वीमा करोडौं विषय छन् जसको बारे थाहा पाउनु एउटा ज्ञानको अर्थ बुझिन्छ । ज्ञानको सीमा हुँदैन । यो कुनै भौतिक रुपमा वजनदार पनि रहँदैन । भनिन्छ ज्ञान पानी भन्दा पातलो हुन्छ । तर यही ज्ञानले हरेक मानवलाई ज्ञानी बनाई समाज राष्ट्र र अन्तर्राष्ट्रमा प्रतिष्ठा प्रदान गर्दछ । आज ज्ञानको उदयले संसार झन्डै स्वर्ग बनेको छ । हरेक विधाको विकासले संसार झन्डै स्वर्ग बनेको छ । बिशाल पृथ्वी एउटा सानो गाउँ जस्तो देखिएको छ । ग्रीस, इटाली, भारत, युरोप, अमेरिका र अन्य विकसित मुलुकमा भएको विकासले सारा चिजको सुविधाहरु आज मानवले प्राप्त गरिरहेका छन् । भविष्यमा अझ कति र कुन उचाईमा प्राप्त गर्ने गर्ने हो त्यो अझै अज्ञात छ । आज यही पाएको ज्ञानले मानिसले डाँडाकाँडामा विद्युतीय मोटर र केवलकार निर्माण भइ भयानक सडक पूल पुलेसा र आलिसान गगनचुम्बी महल निर्माण भइसकेका छन् । यो ज्ञानको एक किसिमको पराकाष्ठा नै मान्नु पर्दछ । यसको साथै ज्ञानले परा भौतिक ज्ञानका लाखौँ शास्त्रहरु पनि निर्माण भइ सकेका छन् । भौतिक शास्त्रले लौकिक विषय वस्तुको भोग विलास र बिषय सुखकोमात्र ज्ञान दिलाउँछ भने पारभौतिक ज्ञानले यो सृष्टिको संरचना र यो सबै संचालन गर्ने एउटा अमुक सत्यकोबारे ज्ञान दिलाउँछ । जो सधैं चित्तआनन्दमा रहिबसेको हुन्छ । यसको निरन्तर ज्ञान र अनुभूतिले मानिस सधैं चिन्मयको संसारमा रमिरहेका हुन्छन्। भनिन्छ “ज्ञान मर्दछ हाँसेर रोइ बिज्ञान मर्दछ’ ज्ञानको श्रेणीबाट माथि उक्लेपछि बुद्धिको तहमा अवतरण हुन्छ । बुद्धि त्यो गुण हो जसले मानिसलाई ज्ञानको साथसाथै अनुभव र असल निर्णयको पनि मालिक बनाउँछ । यसले प्रत्येक मानिसको ज्ञानको योग्यताको मूल्यांकन गर्दछ । यसले आफ्नो संकलित ज्ञानद्वारा शुद्ध आचरण र अनुशाशनको पालना गराउँछ । यसले आफूमा भएको ज्ञानलाई कुन बेला र कहाँ र कसरी प्रयोग गर्ने भन्ने निर्देशन दिन्छ । बुद्धिलाई ज्ञानको एक उपल्लो सिँढीको तर्फबाट पनि आलोक गर्न सकिन्छ । हेर्दा ज्ञान र बुद्धि एकै जस्तो भएता पनि ज्ञान भन्दा माथि बुद्धिको तह रहेको कुरा सत्य छ । ज्ञानमा राम्रा नराम्रा दुवै कुराहरु संगठित भएर रहेको हुन्छ । तर बुद्धिले त्यसलाई शत र अशत छुट्याइ उपल्लो तहको ज्ञानको महिमा मात्र सिकाउँछ । ज्ञानले योग्यता, सतर्कता, शिक्षा, विज्ञता, प्रसिद्धता र अबलम्बन गर्ने शक्ति प्रदान गर्दछ भने बुद्धिमा सावधानी, अनुभव दूरर्दशीता र ठिक निर्णय गर्ने शक्ति र चलाखीपना दर्साउँछ । अन्त्यमा विबेकको चर्चा परिचर्चा गर्दा विबेक ज्ञान र बुद्धि भन्दा माथि देखिन्छ । विबेकमा माया लिप्त हुँदैन। जति ज्ञान र बुद्धिमा हुन्छ । बाटोमा देखिएको पैसा वा बहुमूल्य धातु ज्ञानी र बुद्धिमानीले मोहद्वारा उठाउँछ त्यो जोसुकैको होस् । तर बिबेकी पुरुषले उठाउँदैन र भन्छ बिबेकी त्यो मेरो होइन भनेर । अतः बिबेकलाई जागृत अवस्थामा ल्याउन बडो कठिन छ र हुन्छ पनि। यसको प्राप्तिमा झन्डै इश्वरको प्राप्ति हुन्छ । जबसम्म बिबेक प्राप्ति हुँदैन, तबसम्म इच्छा जाग्रित भइ नै रहन्छ । तर बिबेकमा इच्छारहित कल्पवृक्षको उदय हुन्छ । बिबेकमा ईश्वर सत्य अरु सबै असत्य मानिन्छ । बिबेक ज्ञान र बुद्धि भन्दा धेरै माथि छ र झण्डै प्राज्ञको रुपमा आउँछ । किनकि प्राज्ञ एक ज्ञान र बुद्धिको सगरमाथा हो जुन ज्ञानले आफू को हुँ” भन्नेको ज्ञान दिलाउँछ । यो विचारलाई अंग्रेजीमा स्टोइसिजम”पनि भनिन्छ, जसले परमात्माको दर्शनको अघिल्तिर पु¥याउँछ। तसर्थ ज्ञान, बुद्धिमाथि मानिसले आफूलाई उचाली बिबेक र प्राज्ञको तहमा पु¥याउँन सक्नु नै मानिसको जन्म सफल भएको मानिन्छ । साभार डिसीनेपाल डटकम
