१.संघीय लोकतान्त्रिकगणतन्त्रको स्थापनापछि नेपालका सतहत्तरजिल्लाका सर्व स ाधरणले स्थानीयसरकारको अनभुव गरेको पनि साढेतीन वषपूरा भैसक्यो । लामो समय स्थानीय तहकाउपस्थिति नभएको र दलीय संयन्त्रकानमिठो अभ्यासबाट आजित सर्वसाधरणआफ्नै मतद्वारा निर्वाचित जनप्रतिनिधिलाइसरकारको रुपमा पाउँदा शुरुमा अतिउत्साहित थिए । बीचमा जनप्रतिनिधिहरुकासुविधाभोगी प्रवृत्ति, तलबभत्ता लगायतकाद्रव्यमोह र आयवृद्धिका लागि भनी पर्याप्तआधार र कारणबिना बढाइएको उच्चकरले जनतालाई केही खिन्न बनाएको थिया। तर समयक्रममा आफ्ना कतिपय दैनन्दिनकार्यालयगत व्यवहार वडा (भलै तत्कालीनगा.वि.स.÷न.पा.को तुलनामा दूरीगतहिसाबले केही टाढा भएता पनि ) र वडाबाटनहुने काम गाउँपालिका÷नगरपालिकाबाटसहज सम्पन्न गर्न पाएकोमा सर्वसाधरणतुलनात्मकरुपमा खुसी नै रहेको पाइन्छ ।दैविक÷प्राकृतिक÷मानवीय प्रकोप पीडितहुनुपर्दा तुरुन्तै जनप्रतिनिधिको साथ रसहयो ग मिल्ने आश्वस्तता पनिसर्वसाधरणमा रहेको पाइन्छ । उपल्ला तह (प्रदेश, संघ) स्थानीय तहबाट आवश्यकपरेको बखत आवश्यक सहयोग रसमर्थनमा कतिपय अवस्थामा अपेक्षितसकारात्मक योगदान नभए पनि संघीयताकामर्मलाई आत्मसात् गर्दै स्थानीय तह गरेरसिक्ने क्रममा रहेका छन् । अपवादलाइछाड्ने हो भने उनीहरुको कामकार्वाहीलसंघीयताको सुखद् भविश्यको सब्केतगरेको छ भन्न सकिन्छ ।२.सं घ ÷प्र द े श ÷स्थानीय सबस्थानमा वहुदलीय पद्धतिको अङ्गीकारगरिसकेपछि दलको तहमा जनतासामस्थापित हुन स्वस्थ र रचनात्मक प्रतिष्पधास्वभाविकै हो । तर, सरकारको तहमारहनेले भने कुनै दलविशेषबाट निर्वाचितभए पनि व्यवहार र कामकार्वाहीबाट आफसबैको साझा जनप्रतिनिधि भएको अनुभूतिगराउन सक्नुपर्छ । सरकारको कुर्सीमा बसरदलविशेषको डिब हाँक्दै पक्षपातपूणव्यवहार नहोस् भन्ने तथ्यमा सचेत रहनपर्छ । यसो गर्न सकिएन भने सरकार हुनुकामर्म र धर्म पालना नगरेको ठहर्छ । प्रारम्भिकअभ्यासमा रहेका स्थानीय र प्रदेशसरकारका प्रतिनिधिहरुले अझ बढी यसतथ्यमा ध्यान दिनुपर्छ । अतः निर्वाचनकासिलसिलामा पराजित दलको समेतमानमर्यादा रहने, स्थानीय प्रबुद्धवर्गकाअपेक्षा संबोधन गर्ने तथा तल्लोतहका जनताले राहतमहसु स गर्नजनोपयोगी कार्यमा ध्यान दिनुपर्छ ।जनताकोसँग निकटता र जनअपेक्षाअनुसारको आम वा अधिकको सहमतीमाअत्योपयोगी जनकार्यको विस्तार नै स्थानीयसरकारको लोकप्रियताको विशेष आधार हो ।३.यस आलेखमा विकासात्मककार्य अगाडि बढाउँदा बढी नै ध्यान दिनुपनकेही महत्वपूर्ण विषयको संबन्धमा चर्चा गनप्रयास गरिएको छ ।३.१विगतको स्थानीय निकाय वादलीय संयन्त्रले झै अहिलेको स्थानीयतहको पनि विकासको सिलसिलामा अधिकजोड सडक निर्माणमा नै रहेको देखिन्छ ।समग्र विकासको मेरुदण्ड मान्न सकिनसडक निर्माण हुनु खुसीकै कुरा हो । तरसडक खन्दा प्राविधिकको नियमित रेखदेखर परामर्शबिना बलजफ्ति पहाडका भित्ता,खेतबारीका कान्ला, रुखपातका जरामानिर्मम प्रहार गर्दा निकट तथा सुदूर भविष्यमायसले ल्याउन सक्ने अनेकानेक समस्यालाइख्याल गर्दै दिगो विकासको अवधारणासँगमेल खाने र पर्यायवरणीय सन्तुलन खललनहुने तथ्यमा ध्यान दिन सकिएन भने यस्तासडक कालान्तरमा विपद्वाहक पनि बन्नसक्छन् । जताततै बढेबढे सडकभन्दा पनिआवश्यकता अनुसारको परिपूर्तिको निमित्तध्यान दिनु उपयुक्त हुन्छ ।३.२कृषियोग्य भूमिलाई भूमाफियामार्पmत सदासदाको लागि सखाप पानकामलाई पनि कुनै पनि तहको सरकारलमान्यता दिन हु न् न । भौ ग ो िलकअध्ययनसमेतको आधारमा आधारभुतआवश्यकता उपलब्ध गरेर आवासक्षेत्रकिटान गर्नु पर्छ । कृषियोग्य भूमिलाई घडेरीवा अन्य प्रयोजनको लागि कित्ताकाट गर्ने,सुक्रिबिक्रीका लागि सिफारिस दिने कामलाइयथोचित नियमन गरी रोक लगाउनु पर्छ ।कृषि सडकको बाहेक अन्य स्तरको सडकखन्ने कामलाई पनि रोक लगाउनु पर्छ ।सानो परिमाणका बाँझो जमिनलाई सहकारीमार्फत प्राविधिक सेवा र परामर्श दिई कृषिप्रयोजनमा ल्याउने। स्थानीय सरकारलसहकारीसँग आवश्यक समन्वय तथासहकार्य गरेर कृषि, घरेलु तथा सानाउद्योगको क्षेत्रमा स्थानीयस्तरमा रोजगारीकाअवसर सिर्जना गर्न सकिन्छ । यसो गनसकियो भने कोभिड–१९ को कारणलवैदेशिक रोजगारीबाट स्वदेश फर्कनयुवाहरुलाई स्वदेशभित्र नै अड्याउनसकिन्छ । सहकारीहरुले वचत सब्कलनतथा ऋणप्रवाह जस्ता कारोवार मात्र नगरेरस्थानीय आवश्यकतालाई उचित संबोधनगर्ने प्रयास गर्न सक्नुपर्छ ।३.३अहिले नेपालमा सामुदायिकवन नमूना योग्य समुदायको संरक्षणमा रस्थानीय बासिन्दाको चरनबाहेकका अन्यआवश्यकता स्थानीयस्तरमा वनबाट नै पूराभएका छन् । विशेष गरेर नेपालका पहाडीजिल्लाका सामुदायिक वनहरु सल्लाकाबाहुल्यता रहेको छ । सल्लाको कारणपानीमैत्री वनस्पतीहरु नासोन्मुख बन्दै गइसमाप्त हुने चरणमा छन् । यस तथ्यलाइमनन गर्दै स्थानीय सरकार एवं वन उपभोक्तासमितिले भौगोलिक अवस्थिति अनुसारकाउच्च मूल्यका जडिबुटी ÷फलफूल÷मसलाजन्य वनस्पती लगायतका अन्यवनस्पतीहरु लगाउने तर्फ उत्पे्ररितगराउनेतर्फ ध्यान दिनु पर्ने देखिन्छ । स्थानीयवन उपभो त्त mा समितिहरु बीचकासहकार्यबाट यसलाई वृहद पैमानामादुरदृष्टिका साथ सञ्चालन गर्न सकिनसंभावना देखिन्छ ।३.४नेपालका प्रत्येक स्थानीय तहकुनै विशेषताले भरिएका छन् । सो विशेषतानै त्यो स्थानविशेषको विशेष पहिचान रगौरवको आधार हुन । यस तथ्यलाइआत्मसात गर्दै स्थानीय सरकारले आफमातहतका शिक्षण संस्थाहरुमाऔपचारीक÷अनौपचारिक पाठ्यक्रम बनाएरस्थानीय विशेषताहरुको बारेमा पढाउने, त्यससंबन्धमा विद्यार्थीहरुलाई परियोजनात्मककार्य मार्पmत स्थानीय भुगोलको अध्ययनगराई विद्यार्थीको सोध र अध्ययनलाइस्थानीय स्तरमा प्रयोग गर्न सकिन्छ ।३.५अपवाद बाहेक अधिकांशस्थानमा पञ्चायतकाल तथा वहुदलीयशासनकालमा जस्तै टाठाबाठालसार्वजनिक जग्गा आफू र आफन्तकानाममा नापी गराएका छन् । कुनै बिक्री पनिभए होलान् । स्थानीय सर्वसाधरणको डरलगुपचुप ढब्गले तिरो तिरेर स्थानीयसरकारलाई पनि छक्याउने काम भनभित्रभित्रै भैरहेको हुन सक्छ । स्थानीयसरकारले सार्वजनिक जग्गाको अभिलेखसब्कलन गर्ने, तिनीहरुको लागतअद्यावधिक गर्ने, सार्वजनिक जमिन हडप्नविरुद्ध वा न्यायिक वा प्रशासनिक कार्वाहीगरी जग्गा फिर्ता गर्ने, तिनीहरुको संरक्षणकाउचित प्रबन्ध गर्नेतर्फ भने पर्याप्तजागरुकताका साथ गहकिलो कदम अगाडिबढाउन पनि विलम्ब गर्नु हुँदैन ।४.यी प्रतिनिधि उदाहरण मात्र हुन। पूर्वाधारको विकासलाई समृद्धिसँगसमन्वय गरी यसलाई बहुउपयोगी बनाउनध्यान दिनुपर्छ ।स्थानीय सरकारसर्वसाधरणले देख्ने र भोग्ने सबैभन्दानजिकको सरकार हुन । स्थानीयसरकारलाई हेरेर सर्वसाधरणले प्रदेश रसंघीय सरकार तथा राजनीतिक दलकासंबन्धमा धारणा बनाउने न हुन् । तसर्थ,स्थानीय सरकारले सर्वसाधरणलाई ज्यादसकारात्मक सन्देश दिने र आफ्ना राम्रा रनिष्पक्ष कामबाट प्रभाव छाड्ने विषयमागम्भीर बन्नु पर्छ । योजनाको अधिकमूल्यांकन गर्ने, आफ्ना कार्यकर्ता संलग्नउपभोक्ता समिति बनाएर काम फत्ते गनप्रवृत्तिले परियोजना पाउँने र नपाउँनकार्यकर्ताबीच दूरी बढ्दै गएको छ ।अगुवाहरु सुविधाभोगी बन्दै निस्वाथर््ा खट्ननेता, कार्यकर्ता तथा सार्वभौम जनताभन्दाआफू एकहात माथि भएको दम्भ पालेर,राजनीति धार हेरर च्याँखे थापी गुटगतगतिविधिका मतियार बन्ने जस्ता कार्यलसार्वभौम स्थानीय मतदाता, दलका लागिइमान्दाररुपमा खटीरहने कार्य क र्ता ,जनवर्गीय सब्गठनहरु र स्थानीयसरकारका अगुवाबीचको दूरी बढ्नभविष्यका लागि सुखद् सब्केत हैन ।अर्कातिर कार्यकाल करीब करीबबिसौनीतर्फ आइसकेकोले निर्वाचनताकाजारी गरिएको घोषणा–पत्रको आधारमासमेत स्व–मूल्यांकनमा जुटीआत्म–समीक्षामा जुट्न पनि ढिला गर्नु हुन्न। (लेखक काभ्रे सेवा समाज, काभ्रेकाअध्यक्ष हुन्
