IMG-LOGO

भौतिकवादबाट आध्यात्मिक

 मंगल, चैत २७, २०८०  – जयदेश श्रेष्ठ

       सुन्दा अचम्म लाग्न सक्छ तर देख्दा अचम्म मान्नु पर्दैन । लुम्बिनीमा विराट चक्र विज्ञान सप्ताह ! विश्वव्यापी आध्यात्मिक जागरण महा अभियान ऐतिहासिक कार्यक्रममा नेपालका सत्तासीन कम्युनिस्ट शीर्ष नेताहरूको लर्को लागेको छ । प्रधान मन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यमा भएको समापन कार्यक्रममा देशको विशिष्ट नेताहरूको उपस्थिति थियो । मानिसहरू धर्म र आध्यात्मिक कुरालाई चार प्रकारले हेर्दछ, आस्तिक (त्जभष्कत) अज्ञेय वादी (ब्नलयकतष्अ) नास्तिक (ब्तजभष्कत) र तर्कवादी (च्बतष्यलबष्कित) । अनुभवले मानिसमा ज्ञान जन्माउँछ, ज्ञानले अनुभव जन्माउँदैन । मेरो अनुभव अरूको लागि ज्ञान हुन सक्छ तर अरूको ज्ञान मेरो लागि अनुभव हुन सक्दैन । पुर्खाको अनुभव नै हामीले ज्ञानको रूपमा पाउँदै आएका छौँ । हामी पनि यही गर्छौ र गर्नेछौँ । मेरो अनुभवमा मानिस सुरुमा आस्तिक हुन्छन् । आफू जन्मिएको परिवारले अपनाएको धर्ममा जन्मिए पछि उसले सिक्ने जान्ने भनेको अभिभावक, नातेदार र वरिपरिको समाजबाटै नै हो, जहाँ उसलाई सोही परिबेसको रीतिरिवाज धर्मको बारेमा सिकाइन्छ, सोही अनुसारको आचरण गर्न लगाइन्छ, अर्थात् सोही धर्मको संस्कारमा हुर्काइन्छ । ऊ त्यही धर्म प्रति आस्तिक हुन्छ ।      अलिकति बुद्धि छिप्पिए पछि जब उसले धर्मको बारेमा खोतल्न थाल्दछ, तुलनात्मक अध्ययन, आफ्नो बिचारले हेर्न थाल्दछ, तब तर्कवादी हुन पुग्दछ । आफ्नो ज्ञानको बढोत्तरी सँगै त्यही व्यक्ति नास्तिक हुन पुग्दछ । जब धर्मका दर्शनहरूको बारेमा पनि गहिरिएर अध्ययन गर्छ तब भने ऊ अज्ञेय वादी हुन पुग्दछ । तर यदि मानिसलाई सानै देखि केवल उहीँ कुरा मात्रै सिकाइन्छ तब ऊ कट्टरपन्थी बन्छ, उसले त्यो बाहेक अरू सोच्न नै सक्दैन ।      कट्टरपन्थी युवाहरू यही सोचले कमनिष्ठ बनेका हुन्छन् । कमनिष्ठहरुले जात धर्म केही पनि मान्दैनन् । जनयुद्धको नारा आमूल परिवर्तनको लागी विद्रोह गर्नेहरू आज थकित अनुहार लिएर आफैमा परिवर्तनको बाटो समाउन खोजेका छन् । जे होस् सदमार्गमा परिवर्तन खोज्नु राम्रो हो तर योगीको भेषमा होइन । जोगिएको भेषमा पनि होइन । हाम्रा यी नेताहरूले सत्तामा बसेर नेताको भेषमा जवाफ दिनु पर्दछ । यो देशमा जनआन्दोलन र जनयुद्धको उपलब्धि के भयो ? १७ हजार नेपालीको बलिदान लाखौँ लाखको अङ्गभङ्ग र विस्थापित अथाह धन सम्पत्तिको सर्वनाशको जिम्मेवारी जवाफ देहिता कसले दिने ? यी नेताहरूले नेपाली जनताहरूको चित्त बुझाउन सक्छन् ? आज आफू सजिलै परिवर्तन भए जस्तै अरूलाई परिवर्तन गराउन सकिँदैन । कि न की नेपाली जनताहरू सँग राज्य र विद्रोहीको फेहरिस्त इतिहास छ । विकास र आर्थिक उन्नतिको पथमा यो देशलाई दोहो¥याउन नसके पछि नेताहरू परिवर्तन अरूबाट हैन,कमनिष्ठ नेताहरू आत्म आलोचना विश्रामको पथमा आफै लागेको देखिन्छ ।      लेखक विश्लेषक बिपुल सिजापति भन्नु हुन्छ “मानिस र मैनबत्ती उस्तै हो, बलुन्जेल मैनले जसरी उज्यालो र तातो छर्छ, मान्छेले पनि त्यसरी नै ज्ञानको उज्यालो छर्छ । जब मैन बत्ती निभ्छ तब उज्यालोको लागी छामछुम गदै अर्को शक्ति सलाईको खोजीमा लाग्नु पर्ने हुन्छ । बाटो बिराएका नास्तिकहरू लाचार बनेर बुढेसकालमा भगवानको शरण पुग्छन् आस्तिक बन्छन् । यसरी नै आज कमनिष्ठहरुको बिचार माहौल जता सजिलो उतै फर्किरहेका छन् । यो दैबिय शक्ति हो कि, गुरुदेवहरूको प्रभाव हो ! बुझ्न सकिरहेको छैन ।      प्रधानमन्त्री पुष्पकमल दाहाल ले लुम्बिनीमा पुगेर देश परिवर्तन र नागरिक रूपान्तरणको लागी देशमा क्रान्तिको होइन शान्तिको आवश्यक रहेको महसुस गर्नु भयो । जीवन विज्ञानका श्रद्धेय भानु गुरुदेव भन्नु हुन्छ । देशमा परिवर्तन सम्भव छ त्यसको लागी एउटै व्यक्ति सच्चिन आवश्यक छ त्यो हो “ म “ ! फुलको आँखामा फुलै संसार कार्यक्रममा गायिका आनी छोइङ डोल्माले काँढाको आँखामा पनि फुलै संसार बनाउने कोशिस गरिन् । चुनौनी आफैमा छ । दृष्टिकोण बनाउने हो । अरूको बिचार या दर्शन अनुसरण गरेर हिँड्नु भन्दा अगाडि आफ्नो ज्ञान विवेकले त्यसमा कत्तिको सत्यता छ भनेर जाँच्नु आवश्यक छ । मानिसले आफ्नो बिचार बोकाउन पहिले अरूको सोच्न सक्ने क्षमताको हत्या गरिदिन्छ । राजनीतिमा यो सत्य हो ।  सहिद हुने केवल अर्काको बिचार बोकेर बलिदान दिने मात्र हुन् । राज्य सत्ताको सुख त नेताहरूको लागी मात्र हो ।      अबको राजनीति देशमा सुशासन बुद्ध भूमि नेपाल, शान्ति क्षेत्र नेपाल ,विदेशीहरू नेपालमा आएर शान्त सुन्दर देशमा योग साधना गरेर ध्यानको पर्यटकीय स्थल बनोस् । ५ बुदें लुम्बिनी संकल्पपत्र सफल सराहनीय रहोस् । हरि ॐ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्